प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस पक्राउ

२०८०-०२-२२

  • A
  • A-
  • A+
Share

१.      पर्सा, मिति २०८०।०२।२१ गते अं. २१;०० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. वडा नं. १६ रजकजयन्ती चोक स्थितमा प्र.चौ. ईनर्वा पर्सा र ला.औ. नि.का. शाखा पर्साको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट बिरगंज तर्फ आउँदै गरेको पैदल यात्री जि. बारा जितपुर सिमरा उ.म.न.पा. वडा नं. ७ शान्तीटोल बस्ने शिव साहको छोरा अं. बर्ष २६ को रामकिशोर साहको साथबाट ला.औ. खैरो हिरोईन जस्तो पदार्थ ३पुरियामा ५०० मिली ग्राम फेला पारी ला.औ. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व.प्र.का. बिर्तामा पठाएको ।

२.      पर्सा, मिति २०८०।०२।२१ गते अं. १६:३० बजेको समयमा जिल्ला पर्सा जिराभवानी गा.पा. वडा नं.१ वरीया खोला स्थितमा प्र.चौ. माहदेवपट्टी पर्साबाट प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले प्रदेश -०३००५ प ४४२९ नम्बरको मो.सा.लाई शंका लागी चेक जाँच गर्दा मो.सा. चालक जिल्ला पर्सा जिराभवानी गा.पा. वडा नं. १ बस्ने राजिन्द्र दासको छोरा अं. वर्ष १८ को अनिल दासले पछाडी भिर्ने झोला भित्र अं. ७ के.जी ला.औ.  गाजाँ  बोकी हिंडिरेहेको अवस्थामा फेला पारी ला.औ.  सहित निजलाई नियन्त्रणमा लिई तालुक ई.प्र.का. पटेर्वासुगौलिबाट प्र.ना.नि.को कमाण्डमा मुचुल्लका सहितको टोलि  खटिगएको ।

३.      सर्लाही, मिति २०८०।०२।२१ गते अं. १६:३० बजेको समयमा ई.प्र.का. नवलपुर, सर्लाहीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको ४ जनाको गस्ति टोलीले जिल्ला सर्लाही लालबन्दी न.पा.१ पलार टोल स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको PB 67-B 2416 नं. को मो.सा.लाई शंका लागी रोकी चेकजाँच गर्दा मो.सा. चालक जिल्ला सर्लाही पर्सा गा.पा. ५ बस्ने राम पुकार राय यादवको छोरा अं. बर्ष २०को जयराम यादवले मो.सा.को सिट मुनी लुकाई छिपाई युवराज लेखिएको चामलको बोरा भित्र रातो प्लाष्टिकमा पोका पारी ५ के.जी. (पाँच) लागु औषध गाजाँ फेला परेकोले ला.औ.गाँजा , मो.सा सहित मानिस नियन्त्रणमा लिई ई.प्र.का. नवलपुरमा ल्याई राखिएको थप अनुसन्धान कार्य भैरहेको ।

४.      सिरहा, मिति २०८०।०२।२१ गते अं. १३:०० बजेको समयमा जिल्ला सिरहा भगवानपुर गा.पा.१ स्थितमा अ.प्र. पोष्ट भगवानपुर सिरहाबाट प्र.स.नि.को कमाण्डमा खटिएको चेकिङ्ग टोलिले चेकजांच गर्ने क्रममा ठाडिबाट आउँदै गरेको अटोलाई चेकजाँच गर्दा सोही अटोमा सवार जिल्ला उदयपुर त्रियुगा गा.पा.३ बस्ने दुखिलाल चौधरीको छोरा अं. वर्ष २०को अमित कुमार चौधरीलाई शंका लागी चेकजांच गर्दा निजको साथबाट निम्न ला.औ.बरामद गरी निजलाई ला.औ.सहित नियन्त्रणमा लिई अ.प्र. पोष्ट भगवानपुरमा ल्याई राखिएको ।

निम्न:-

(१) Ippl - २२  पिस एम्पुल

(२) डाइजोपाम - ६ पिस एम्पुल

(३) ऐवोट - १३ पिस एम्पुल गरी जम्मा -४१  पिस  एम्पुल ला.औ. नियन्त्रणमा लिएको ।

 

५.      सिरहा, मिति २०८०।०२।२१ गते अं. २०:३० बजेको समयमा जिल्ला सिरहा सुखिपुर न.पा. ५ लरकन्हा स्थितमा प्र.चौ. सिलौर्वापछवारी सिरहाबाट प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा साईकल यात्री ऐ.ऐ. ६ बस्ने दिलिप कुमार यादवको छोरा अं. वर्ष १९ को सनी यादवलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट diazepam injestion ml को २ पिस, Buprenorphine injestion 2ml को २ पिस, Promethajine hydrochloride  injestion ml को २ पिस, pheniraminnemaehte injestionml को  २ पिस गरी जम्मा ८ पिस ईन्जेक्सन, अवैध ला.औ.गाँजा अं. ५० ग्राम, साईकल सहित निजलाई नियन्त्रणमा लिई प्र.चौ. सिलौर्वापछवारी सिरहामा ल्याई आवश्यक कार्वाहीको लागि जि.प्र.का. सिरहातर्फ पठाउने तयारी भईरहेको ।

 

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३१

सिरहा, औरही गाउँपालिका १ स्थितबाट लागु औषध Nitrazepam Tablets IP 10 mg नामक २ पत्तामा २० पिस ट्याब्लेट सहित  गोलबजार नगरपालिका १२ बस्ने कासिन्द्र मुखियाको छोरा बर्ष १७ को राकेश मुखिया, सोही स्थान बस्ने दुखरन मुखियाको छोरा बर्ष १८ को मनिष मुखिया र सुखिपुर नगरपालिका ६ जगिपुर बस्ने रामदेव रायको छोरा बर्ष २० को सोनेलाल रायलाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी हर्कटीबाट खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा दरहैयाबाट हर्कटी तर्फ आँउदै गरेको म.प्र.०१-००५ प ०५१४ नम्बरको मोटरसाइकललाई शंका लागी चेक जाँज गर्दा मोटरसाइकलमा सवार निजहरुलाई उक्त लागु औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३१

बारा, आदर्शकोतवाल गाउँपालिका ४ हर्नैहिया चोकमा दुई वटा आँपको क्यारेट बेवारिसे अवस्थामा छ भन्ने खबर मिति २०८२-०३-२९ गते साँझ प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय  बारागढी र इलाका प्रहरी कार्यालय महेन्द्रजयनगरबाट संयुक्त प्रहरी टोलि खटिगई दुवै आँपको क्यारेट बरामद गरी चेक जाँच गर्दा लागु औषध १५०० सय पिस फेनार्गन, १५०० सय पिस नोर्फेन र १५०० सय पिस डाइजोपान गरी जम्मा ४५०० (चार हजार पाँच सय) पिस लागु औषध ईन्जेक्सन बरामद गरी प्रहरीले थप अनुसन्धान गर्दै जाने क्रममा मिति २०८२-०३-३० गते साँझ CCTV क्यामेरामा देखिएको फोटोमा नम्बर नखुलेको भारतीय मोटरसाइकलमा उक्त क्यारेट लोड भएको मोटरसाइकल चालकले रातो रंङगको भेस्ट लगाएको र लागु औषध बोकेको मोटरसाइकललाई  BR05AZ4572 नम्बरको कालो रातो रङको १५० सि.सि.को भारतीय नम्बरको पल्सर मोटरसाइकलले स्कटिङग गरेको फोटो समेत देखिएकोले निजहरुको खोजतलास गर्दै जाँदा मिति २०८२-०३-३१ गते साँझ CCTV क्यामेरामा देखिएको  फोटोमा भएको हुलिया अनुसार लागु औषध ओसारपसारमा संलग्न देखिएको देश भारत जिल्ला मोतिहारी ग्रामपञ्चायत बिजवनि बन्कटवा टोल बस्ने ईन्द्रजित रायको छोरा बर्ष २५ को बलिराम कुमार यादव र निजको भाई बर्ष १८ को कन्हैया यादव, सोही स्थान बस्ने रंगिलाल यादवको छोरा बर्ष २१ को वकिल कुमार यादवलाई BR05AZ4572  र BR05BC9501 नम्बरको कालो रातो कलरको १५० सि.सि.को दुई वटा पल्सर मोटरसाइकल सहित पचरौता नगरपालिका २ चतुरी चोकबाट नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।