प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भन्सार छलीका सामान बरामद

२०८०-०२-२३

  • A
  • A-
  • A+
Share

१.      पर्सा, मिति २०८०/०२/२२ गते अं.१८;०० बजेको समयमा जिल्ला पर्सा विरगंज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चौक स्थित प्र.चौ. ईनर्वा, पर्साबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट विरगंज बजार तर्फ भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको निम्न उल्लेखित अं. मुल्य रु.८०,०००।- (असी हजार) बराबरको समानहरु फेला पारी वरामद गरी आवश्यक कारवाहीको लागी तालुक व.प्र.का.विर्ता पर्सामा पठाईएको ।

निम्नः-

१. चप्पल ३९ जोडी २.लुडो गोटी ४ बण्डल ३.ग्यास पाईप ३ बण्डल ४.मैदा २ वोरा ५.स्ट्रिङ डिउ १५० बोतल

६.एम्विसन रक्सी ४१ बोतल ७.ज्यास चुलो २ थान ८.सोफा सेटको कभर रमाजीन १ बण्डल

 

२.      पर्सा, मिति २०८०।०२।२२ गते अं. ०८:०० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. वडा नं. १ लचका गल्लीमा भारतबाट लुकाई छिपाई गरी निम्न किसिमका कपडाहरु ६ बोरा  ल्याउँदै गरेको अबस्था ई.प्र.का. छप्कैया पर्साबाट खटिएको चेकिङ् टोलीलाई देख्ना साथ उक्त कपडाहरु फाली भागेकोमा अं. रू. १,२०,०००/-  बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व.प्र.का. बिर्तामा पठाएको ।

निम्नः-

१)     सल दोशला-१८० पिसरेनकोट-१८ पिससुरुवाल-१२ पिस,बच्चाको कपडा-२४ पिस,कटु भेस्ट-३८ पिस

२)     सेन्डो-६ पिस ,गम्छा-४ पिस,जेन्स कुर्ता सुरुवाल-२६ पिस

 

३.      पर्सा, मिति २०८०।०२।२२ गते अं. ००:३० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. वडा नं. १६ स्थित बासघारी नजिक रहेको भत्केको घरभित्र भारतबाट चोरी पैठारी ल्याई निम्न किसिमको कपडा लुकाई छिपाई राखेको छ भन्ने सुचना प्राप्त हुनासाथ प्रहरी चौकी ईनर्वा पर्सा, तालुक व.प्र.का.बिर्ताको QRT प्रहरी टोली र जि.प्र.का.पर्साबाट QRT को संयुक्त प्रहरी टोलीले निम्न कपडाहरु गरी अं.मुल्य रु.१०,००,०००/- (दश लाख) बराबरको समान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि प्र.चौ. ईनर्वा पर्सामा ल्याई राखेको ।

निम्न:-

१)     साडी-१२९ पिस, २) कुर्था सुरुवाल-१२८ पिस, ३) टि-सर्ट-१९८ पिस, ४)जुत्ता-२६ जोर, ५) पाईन्ट-१६ पिस  ।

 

४.      रौतहट, मिति २०८०/०२/२२ गते अं. १८:०० बजेको समयमा जिल्ला रौतहट गौर न. पा. २ भन्सार ईलाका अगाडि भा.सु. गार्ड रौतहट चौकीबाट प्र.स.नि. को कमाण्डमा र स.प्र.गुल्म गौरबाट स.प्र.स.नि. को कमाण्डमा खटिएको संयुक्त गस्ति टोलिले चेक जाच गर्ने क्रममा अबैध रुपमा भन्सार छलि भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अं. मुल्य रु. १,०२,५८०।– बराबरको कस्मेटिक तथा लत्ताकपडा बरामद गरी भन्सार कार्यालय गौरमा पठाइएको ।

५.      सर्लाही, मिति २०८०/०२/०२२ गते अं.१३:०० बजेको समयमा जिल्ला सर्लाही बसवरिया गा.पा. ४ गोनर्वा स्थित विशेष सुचनाको आधारमा ई.प्र.का. बरहथवाका प्रमुख प्र.ना.उ मकेन्द्र कुमार मिश्रको कमाण्डमा खटिएको  टोलीले दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको BR 06 PA 7871 नं.को टाटा सुमो गोल्ड गाडीलाई रोकी चेकजाँच गर्दा उक्त गाडी भित्र अबैध रुपमा भन्सार छली गरी ल्याईरहेको २१ बोरा (१०५० के.जी) अं.मु. रु. ७५,०००/- बराबरको चिनी फेला परेकोले उक्त गाडी,गाडी चालक जिल्ला सर्लाही कबिलासी न.पा. ७ गैर बस्ने अं.वर्ष ४४ को राम सुदिल राय, सोही गाडीमा सवार ऐ.ऐ. बस्ने अं.वर्ष २६ को सुनिल यादव समेतलाई नियन्त्रणमा लिई ई.प्र.का. बरहथवामा ल्याई थप अनुसन्धान तथा भन्सार का.मा बुझाउने पहल भईरहेको ।

 

६.      सर्लाही, मिति २०८०।०२।२२ गते अं.२१:०० बजेको समयमा जि.प्र.का. सर्लाही तथा मातहत प्रहरी कार्यालयहरुले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको निम्न सर-सामानहरु नियन्त्रणमा लिई आवश्यक कारबाही भईरहेको ।

निम्न:-

१.      जि. सर्लाही मलंगवा न.पा. ४ स्थित अ.प्र.पोष्ट पेट्रोलपम्पबाट प्र.स.नि. राम निवास यादवको कमाण्डमा खटिएको टोलीले मलंगवा बाट बरहथवा तर्फ जाँदै गरेको नम्बर नखुलेको बसबाट रिपुराज चामल-६ बोरा, केवल चामल- ६,०००/-, पास्ता-१५ के.जि., खाने तेल-१० लिटर, भोज पाता आधि बोरा गरि जम्मा २२,७००/- बराबरको सामानहरु नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जि.प्र.का. सर्लाही पठाईएको, बस आफ्नो गणतव्य तर्फ गएको ।

२.      जि. सर्लाही पर्सा गा.पा. १ स्थित ई.प्र.का. संग्रामपुरबाट प्र.ना.नि. दिनेश पंडितको कमाण्डमा खटिएको टोलीले चिनी- १ बोरा, पतञ्जली बिस्कुट-२ कार्टुन गरि जम्मा अं.मु. रु. ४,०००/- बराबरको सानानहरु नियन्त्रणमा लिई ई.प्र.का. संग्रामपुरमा ल्याई राखेको ।  

३.      जि. सर्लाही ब्रहम्पुरी गा.पा. ४ स्थित प्र.चौ. त्रिभुवननगरबाट प्र.ब.ना.नि. को कमाण्डमा खटिएको टोलीले ना ८ ख ८३१० र ना ४ ख ५३९९ नं. बसलाई रोकी चेकजाँच गर्दा चिनी- ३ बोरा, धनिया- आधी बोरा, लाईनुल झोला-१२० पिस गरि जम्मा अं.मु.रु. २३,८५० बराबरको सामान नियन्त्रणमा लिई कार्यालयमा ल्याई राखेको बस आफ्नो गणतव्य तर्फ गएको ।

४.      जि. सर्लाही मलंगवा न.पा. ५ स्थित प्र.चौ. भाडसरबाट प्र.स.नि. राजाराम ठाकुरको कमाण्डमा खटिएको टोलीले  प्र.२-०३-०१५ प ३३५७ नं.को मो.सा. मा सल- ६० पिस, बच्चाको कपडा- ३६ पिस, बच्चाको कटु-१५ पिस, बच्चाको भेष्ट कटु- ६ पिस, बच्चाको भेष्ट- ३ पिस, बच्चाको भेष्ट पैन्ट- ३ पिस, बच्चाको कुर्ता- ११ पिस, बच्चाको सेन्डो- १४ पिस गरि मो.सा. सहित जम्मा अं.मु.रु. १६९,५०० ।- बराबर कपडाहरु नियन्त्रणमा लिई जि.प्र.का. सर्लाही पठाईएको ।

 

७.      धनुषा, मिति २०८०/०२/२२ गते अं.२२:०० बजेको समयमा जिल्ला धनुषा जनकनन्दनी गा.पा.३ महुवा स्थितमा प्रदेश २-०३-००४ प.४५४९ नं. को अपाचे मो.सा.मा  भारतबाट नेपाल तर्फ भन्सार छली चोरी निकासी गरी चिनी ५० के.जी.को ३ बोरा लोड गरी ल्याउँदै गरेको अवस्थामा ई.प्र.का. खजुरी धनुषाबाट गस्तिमा खटिएको प्रहरी टोलीलाई देखि उक्त मो.सा. सहित चिनी छाडि मानिस फरार भएको हुँदा उक्त मो.सा. सहित चिनी रितपुर्वक बरामद गरी नियन्त्रणमा लिई ई.प्र.का. खजुरीमा ल्याई तालुक जि.प्र.का. धनुषामा टे.फो. मार्फत जानकारी गराएको तथा मो.सा.को अं.मु. रू.२,५०,०००/- (दुई लाख पचास हजार)  र चिनीको अं.मु. रू.१०,०००/- (दश हजार) गरी जम्मा अं.मु.रू. २,६०,०००/- (दुई लाख साठी हजार) बराबरको मालसमान फेला परेको हुँदा आवश्यक कार्वाहीको लागी तालुक का.मा पठाइएको ।

सम्बन्धित समाचार
बिल बिजक भन्दा बढी खुद्रा तथा हार्डवेयर सामानहरू लोड रहेको ट्रक नियन्त्रणमा
२०८०-०६-१७

पर्सा, मिति २०८०।०६।१६ गते ०१:०० बजे राती बिल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट बाँकेतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ ब्रहमचोक स्थित सडकखण्डमा ना.६ ख ३३६९ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मू.रू. ७७,३६,०५७/- (सतहत्तर लाख छत्तीस हजार सन्ताउन्न रुपैयाँ) बराबरको ट्रक भित्र लोड रहेको हार्डवेयर तथा खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०६।१६ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।

अवैध भन्सार छलीका सामान नियन्त्रणमा
२०८०-०६-१७

१.      बारा, मिति २०८०।०६।१६ गते २१:३० बजेको समयमा जिल्ला बारा विश्रामपुर गा.पा. ४ बलिरामपुर स्थितमा भारतबाट नेपाल तर्फ अवैध रुपमा साईकलमा ल्याउँदै गरेको अं. मुल्य रु. ६०,०००/- (साट्ठि हजार) बराबरको अवैध १ बोरा कपडा (रेडिमेड लेडिज कुर्ता सुरुवाल) प्र.चौ. मुसर्हवा बाराबाट प्र.ब.ना.नि. को कमाण्डमा खटिएको गस्ति टोलीलाई देखी उक्त कपडा फालि मानिस साईकल लिई भागि गएको हुँदा उक्त कपडा बरामद गरि प्र.चौ. मुसर्हवा बारामा ल्याई राखिएको ।  २.      बारा, मिति २०८०/०६/१६ गते अ.२१:३० बजेको समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा.१ स्थित पथलैया चौकमा प्र.चौ. पथलैया, बाराबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.-०३-००१.ख.०१९० न.को बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसको डिक्किमा लुकाई छिपाई लैजाँदै गरेको कुनै पनि विल भरपाई नभएको खुद्रा सामान अं.मुल्य रु.८८,२५०/- (अठासि हजार दुईसय पचास) बराबरको नियन्त्रणमा लिई प्र.चौ. पथलैया बारामा राखिएको, बस आफ्नो गन्तब्य तर्फ गएको ।

भन्सार छली चोरी पैठारी गरी ल्याएका ८५६० के.जी.गहु सहित ट्याक्टर नियन्त्रणमा
२०८०-०६-१७

पर्सा, सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा मिति २०८०।०६।१७ गते ०७:४० बजेको समयमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राइ वीरगञ्जतर्फ ल्याउँदै गरेको छ भन्ने प्राप्त सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१९ केहुनिया तिलावे पुल स्थित सडकखण्डमा ना.१ त. ९६४२ नम्बरको ट्याक्टरमा गहुँ लोड गरी वीरगञ्ज ल्याउँदै गरेको अवस्थामा खटि गएको प्रहरी टोलीलाई देख्नासाथ ट्याक्टर चालक उल्लेखित नम्बरको ट्याक्टर छाडी भागी फरार भएको हुँदा सो ट्याक्टर बेवारिसे अवस्थामा फेला पारी बरामद गरी ट्याक्टर तथा उक्त ट्याक्टर सहित लोड रहेको गहु ८५६० के.जी. अ.मू.रू. ७,३९,६८०/- (सात लाख उनन्चालीस हजार छ सय असी रुपैयाँ) बराबरको ट्याक्टर र गहुँ थप अनुसन्धान तथा कारवाहीको लागि मिति २०८०।०६।१७ गते वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०६-१७

१.      पर्सा, मिति २०८०/०६/१५ गते राती अं. २३:०० बजेको समयमा जिल्ला पर्सा विरगंज म.न.पा.१० टाउन हल नजिक रहेको गल्लीमा ला.औ. सेवन भैरहेको भन्ने सुचनाको आधारमा व.प्र.का.बिर्ताबाट प्र.नि.को कमाण्डमा खटिएको गस्ती टोलिले ऐ.ऐ. ७ रामटोल बस्ने वर्ष २० को ओमप्रकाश साह र ऐ.ऐ. बस्ने वर्ष २३ को सुनिल सहनीलाई फेला पारी चेकजाँच गर्दा ओमप्रकाश साहले हाप पाईन्टको खल्तिमा ला.औ. ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ०.०१० मिलिग्राम फेला पारी दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कारर्वाहीको लागी मिति २०८०।०६।१६ गते जि.प्र.का. कन्ट्रोलमा बुझाएकोमा कन्ट्रोल मार्फत जानकारी प्राप्त भएको ।  २.      पर्सा, मिति २०८०/०६/१६ गते अं.११:०० बजेको समयमा जिल्ला पर्सा विरगंज म.न.पा. २१ बिरगंज पथलैया सडकखण्डमा ला.औ.ब्युरो शाखा कार्यालय बिरगंजबाट प्र.ना.नि. को कमाण्डमा खटिएको टोलिले ऐ.ऐ.२८ बगही बस्ने जंगी साहको छोरा वर्ष ४४ को फागु साहको साथबाट लुकाईछिपाई राखेको ला.औ. खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ १० ग्राम फेला पारी धुलो पदार्थ सहित  नियन्त्रणमा लिई प्र.चौ. परवानीपुर, पर्सामा बुझाएकोमा थप अनुसन्धानको लागी जि.प्र.का.मा पठाएको ।  ३.      पर्सा, मिति २०८०/०६/१६ गते अं. १७:०० बजेको समयमा जि.पर्सा पर्सागढी न.पा २ छटीओन टाडी स्थितमा प्र.चौ. बडनियार, पर्साबाट प्र.स.नि को कमाण्डमा खटिएको टोलिले जि .पर्सा पर्सा गढी न.पा २ छटोओन टाडि बस्ने बिश्वमान श्रेष्ठको छोरा वर्ष २३ को बिपिन श्रेष्ठ र ऐ. ऐ. ओरिमा टोल बस्ने दिपक थापाको छोरा अं. वर्ष २३ को दिपेन थापाको साथबाट नाईट्राभेट ३ पत्ता जम्मा ४५ पिस मध्य ८ पिस प्रयोग गरेको जम्मा ३७ पिस सहित फेला पारी  दुवै जना मानिसलाई नियन्त्रणमा  लिई ई.प्र.का.पटेर्वासुगौली पठाईएको ।  सर्लाही, मिति २०८०।६।१६ गते अं.१०:२५ बजेको समयमा जि.सर्लाही ईश्वरपुर न.पा. ५ बारान टोलमा बयलबासबाट फुलजोर तर्फ जाँदै गरेको BR30R9039 नं.को मो.सा.लाई ई.प्र.का. केशरगंज सर्लाहीबाट प्र.नि. को कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा जुटको बोरामा लुकाई छिपाई ल्याईएको १०० ml को २०२ बोतल Wincerext नामक लागु औषध सहित मो.सा. चालक जि.सर्लाही ब्रहम्पुरी गा.पा. ५ बस्ने तुल्सी पासवानको छोरा अं. वर्ष २७ को कारी पासवान र मो.सा. पछाडी सवार जि.सर्लाही ब्रहम्पुरी गा.पा.५ बस्ने गणेश प्रसाद पासवानको छोरा अं. वर्ष २०को अग्लेक्स पासवान सहित मो.सा.नियन्त्रणमा लिए ई.प्र.का. केशरगंजमा राखिएको ।