लागु औषध सहित मो.सा. पक्राउ
२०८०-०२-२३
- A
- A-
- A+
१.
सिरहा, मिति २०८०/०२/२२ गते अं. २१:४५
बजे जिल्ला सिरहा नरहा गा.पा.३ चोहर्वा चौक स्थित पुर्व पश्चिम लोकमार्गमा पुर्वबाट
पश्चिम तर्फ आउँदै गरेको मधेश प्रदेश १-०५-००१ प.७६०८ नं को मो.सा. ई.प्र.का.
मिर्चैया सिरहाबाट पिकेटमा खटिएको प्रहरी टोलीलाई
देख्ना साथ भाग्न खोज्दा मो.सा.लड्न गई (मो.सा.चालक तत्काल नाम, थर, वतन
नखुलेको, खुट्टामा चोट लागी घाईते भएको हुन सक्ने) मो.सा. छाडी चालक फरार भएकोमा, उक्त
मो.सा.मा राखिएको कालो झोला खोली हेर्दा झोला भित्र प्लाष्टिकको बोरामा राखिएको
निम्न परिमाणमा ला.औ. फेला परेकोले ई.प्र.का. मिर्चैयाबाट मुचुल्का टोली समेत खटी
गई रित पुर्वक बरामद गरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको, मो.सा.चालक
फरार रहेकोले खो.त.तथा पहिचान लगायका अन्य अनुसन्धान कार्य भईरहेको ।
निम्न:-
१.
Codiwell
(100 ML) को - २०० बोतल
२.
Dilex
Dc (100 ML) को - ५० बोतल
३.
Spaxmo
proxyvon plus ट्याबलेट - ४ पत्ता
(३१ पिस)
४. Nitravet ट्याबलेट -२ पत्ता (६०पिस)