लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०२-२५
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०।०२।२४ गते अं.०३:०० बजेको
समयमा जिल्ला पर्सा पटेर्वा सुगौली गा.पा.वडा नं. १ गदीपानी गाँउ स्थितको पुर्व
पट्टि रहेको धान खेतमा ई.प्र.का. पटेर्वा सुगौली बाट प्र.नि. को कमाण्डमा ४ जना र
२ जनाको सुराकी टोली २४:०० बजे देखि २ वटा
फरक-फरक पोईन्टमा लुकी छिपि बसेकोमा दोस्रो पाईन्टमा ३ जना ऐ.०३:०० बजेको समयमा जंगलबाट ३ जना मानिसहरु
पैदल पिठिउँमा बोक्ने झोला र प्लाष्टिकको बोरा बोकी धान खेतको बाटोमा आईरहेको
अवस्थामा तत्काल प्रहरीलाई देखी उक्त झोला र प्लाष्टिको बोरा छोडी फरार भएको उक्त
बोराहरु बरामद गरी ऐ. ०४:०० बजे कार्यालयमा ल्याई नाप तौल गरी हेर्दा प्लाष्टिकले
बेरेको माथिबाट प्लाष्टिको टेप लागाएको सानो-सानो ६ वटा पोका भित्र गाँजाको धुलो
जास्तो देखिने पदार्थ ६ वटा पोका अं.९ के.जि. ४२० ग्राम, प्लाष्टिकले बेरेको बोरा
सहितमा रहेको गाँजा जस्तो देखिने पदार्थ अं.१२ के.जि. ५४० ग्राम रहेको, कालो पिठिउँमा
बोक्ने झोलामा ३ प्याकेट खोलेको चाउचाउ, ओड्ने प्लाष्टिक, गम्छा, लगाउने कपडा समेत
बरामद भएको ।
२.
बारा, मिति २०८०/०२/२४ गतेको अं. १२:४० बजेको
समयमा जि.बारा परवानीपुर गा.पा.५ गण्डक चेक पोष्ट स्थितमा ई.प्र.का. प्रसौनी बाराबाट प्र.ब.ह. को
कमाण्डमा खटि गएको चेकिङ्ग टोलिले फेटाबाट विरगंज तर्फ जाँदै गरेको ज ४ प ८८३५ नं. को मो.सा.लाई शंका लागी चेक
जाँच गर्दा मो.सा. चालक जि.पर्सा बहुद्र न.पा. ४ बस्ने अं. वर्ष २७ को जियालाल
यादव भन्ने दुखी: यादवले लगाएको पाईन्टको दाहिने खल्तीबाट codiwell सिरप थान-२, nitravet-10 (३० पिस) र spascore-von
plus लेखिएको ट्याब्लेट ८ पिस गरी जम्मा ३८ पिस लागु औषध फेला परेको
हुँदा, उक्त मो.सा. र लागु औषध सहित निज जियालाल यादव भन्ने दुखी: यादवलाई
नियन्त्रणमा लिई ई.प्र.का. प्रसौनी बारामा ल्याई राखिएको थप अनुसन्धान कार्य
भईरहेको ।
३.
सिरहा, मिति २०८०।०२।२४ गते अं. १४:४५ बजेको
समयमा जिल्ला सिरहा लहान न.पा. ३ मटियर्वा स्थित पोखरी डिलमा ला.औ. कारोबार
भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा ई.प्र.का. लहान सिरहाबाट प्र.स.नि. को
कमाण्डमा खटिएको गस्ती टोली ऐ. १४:५५ बजे पुगी पोखरी डिलमा बसिरहेको अवस्थामा
जिल्ला सिरहा लहान न.पा. ३ बस्ने शत्रुधन साफीको छोरा अं. वर्ष २१ को महेश साफीलाई
शंका लागी चेक जाँच गर्दा निजको दाहिने हातमा रहेको कालो प्लाष्टिकको झोला भित्र
पोका पारी लुकाई छिपाई राखेको डाईजोपाम ३० एम्पुल, ब्युप्रोनोरफिम ३० एम्पुल र फेनारगन
३० एम्पुल जम्मा ९० एम्पुल ला.औ. फेला परेकोले ला.औ. सहित निज महेश साफीलाई
नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहानमा ल्याई राखी थप अनुसन्धान कार्य
भईरहेको ।