प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ला.औ.गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०२-२८

  • A
  • A-
  • A+
Share


१.      सर्लाही, मिति २०८०।०२।२७ गते अं.०९:३०     बजेको समयमा जि.सर्लाही मलंगवा न.पा.२ स्थित दसगजा नजिक जि.प्र.का.सर्लाहीबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको टोलीले नेपाल तर्फबाट ऐ.३ बस्ने अ.बर्ष ४० को रामअधिन रायले BR 06 AZ 7956 को मो.सा.मा अं.१० के.जी. ५०० ग्राम ला.औ. गाँजा लोड गरी लुकाई छिपाई भारत तर्फ जाँदै गरेको अवस्थामा फेला पारी ला.औ.गाँजा,मो.सा र मो.सा.चालक निज रामअधिन राय सहित नियन्त्रणमा लिई जि.प्र.का.सर्लाहीमा ल्याई अनुसन्धान कार्य भई रहेको ।

२.      सिरहा, मिति २०८०।०२।२७ गते अं. १९:०० बजेको समयमा जिल्ला सिरहा लहान नगरपालिका वडा नं. १ स्थित लोकतन्त्र चोक स्थित भारतबाट ठुलो मात्रामा प्रतिबन्धित लागु औषध ल्याउदै छ भन्ने लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय जनकपुरमा गोप्य सुचना प्राप्त भई सो सुराकीको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय जनकपुरमा कार्यरत प्र.ना.नि. को टोलि १९:०५ बजे खटि चेकजाँच गर्ने क्रममा,ऐ. लोकतन्त्र चोक स्थित ऐ. १९:३० बजेको समयमा जिल्ला सिरहा लहान न.पा. वडा नं. ५ बस्ने मो. कासिम मियाको छोरा बर्ष २६ को मो.एकवाल मियाको शरीर तथा निजले बोकेको बोराको झोला खानतलासी गर्दा उक्त बोराको झोला भित्र ३ वटा कालो प्लाष्टिकको झोलाको पोकाहरु रहेको,उक्त ३ वटा प्लाष्टिकको पोकाहरु खोली हेर्दा १ वटा प्लाष्टिकको पोकामा प्रतिबन्धित लागु औषध Buprenorphine-लेखिएको ५०० एम्पुल, दोस्रो प्लाष्टिकको पोकोमा Phenergan-लेखिएको ५०० एम्पुल र तेस्रो प्लाष्टिकको पोकामा Diazepam-लेखिएको ५०० एम्पुल गरी जम्मा १५०० एम्पुल प्रतिबन्धित लागु औषध फेला परेको र निजले लगाएको पाईन्टको अगाडीको दाहिने खल्तिमा ९८२८२३४२७५ र ९८२४७०६३८३ नं. को सिम कार्ड प्रयोगमा रहेको OPPO A77S मोडलको स्क्रिन टच मोबाईल थान -१  समेत बरामद भएको,उक्त बरामद समान र निज मो. एकवाल मियालाई नियन्त्रणां लिई ई.प्र.का.लहानमा ल्याई राखिएको । साथै, मिति २०८०।०२।२७ गते अं.१७;३० बजेको समयमा जिल्ला सिरहा  बरीयारपट्टी गा.पा.३ दुर्गा मन्दिर स्थित ई.प्र.का.बरियारपट्टीबाट प्र.ब.ना.नि.  को कमाण्डमा खटिएको गस्ति टोलीले चेकजाँच गर्दा  पैदल यात्री जिल्ला सिरहा लहान न.पा.१८ सोभाटोल बस्ने मो.सुकमार को छोरा अं.वर्ष १९ को मो.लियाकतको साथबाट नाईट्रोभेट १० लेखिएको ट्याबलेट पता मध्य ४ वाट निजले खाईसकेको र ११ वटा बाकी रहेको र नगद रु.१४००।– बरामद गरी मानिस सहित ई.प्र.का.बरियारपट्टी सिरहामा ल्याई आवश्य कार्वाहीको लागि जि.प्र.का.सिरहा पठाएको । 

सम्बन्धित समाचार
स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८१-०६-१६

महोत्तरी, मनरासिस्वा नगरपालिका २ भोल्ही चोकबाट स्रोत नखुलेको नेपाली रकम रु. ११,८१,३००/- (एघार लाख एकासी हजार तिन सय) र भा.रु. ५०/- (पचास रुपैयाँ) सहित जिल्ला महोत्तरी सम्सी गाउँपालिका ६ बस्ने बर्ष ४२ को शेष हसमत अलीलाई मंलवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ईटहर्वाकट्टी र जि.प्र.का. महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिषेश सुचनाको आधारमा प्र.२-०२-००५ प ५९९५ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त रकम सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध प्याज सहित भारतीय ट्रक नियन्त्रणमा
२०८१-०६-१४

१.     सर्लाही, मलंगवा नगरपालिका ८ गोरखकाली स्थितबाट अं.मुल्य रु. २८,००,०००/- (अट्ठाईस लाख रुपैयाँ) बराबरको ३५ टन प्याज सहित JH 02 BM 2981 नम्बरको भारतीय ट्रकलाई आईतवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गोरखकाली सर्लाहीबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको उक्त ट्रकलाई रोकी चेकजाँच गर्दा भन्सारको कागजपत्र नभएकोले उक्त ट्रकको अं. मुल्य रु. ६०,००,०००/- (साट्ठी लाख) र ट्रकमा लोड रहेको प्याज ३५ टन (पैंतिस टन) अ.मुल्य रु. २८,००,०००।–(अठ्ठाईस लाख) गरी जम्मा अ. मुल्य रु. ८८,००,०००/- (अठ्ठासी लाख) बराबरको सामान सहित ट्रक चालक देश भारत झारखण्ड प्रदेश जिल्ला कोडरमा ग्रामपंचायत संग्रमढी बस्ने बर्ष ३६ को उमेश यादबलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०६-१४

१.     पर्सा, बिरगंज महानगरपालिका १६ भानु चोक स्थितबाट २३ ग्राम ३०० मि.लि. ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित भारत बिहार जिल्ला मोतिहारी ग्राम पञ्चायत नकरदेही वडा नं. १ बस्ने वर्ष २० को फुल महम्द देवान र वर्ष २८ को अली अख्तरलाई आईतवार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्क, पर्सा र लागू औषध नियन्त्रण ब्युरो बिरगन्जबाट खटिएको  संयुक्त प्रहरी टोलिले नग्वाबाट बसपार्क तर्फ आउँदै गरेको BR05AA-4450 नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  २.     सिरहा, नबराजपुर गाउँपालिका १ भगवतीपुर टोल स्थित भित्री सडक खण्डबाट लागू औषध CODEINE PHOSPHATE WIXDIN CAUGH SYRUP - (कफ सिरफ) लेखिएको 100 ML को- ८४ बोतल, PHENERGAN -१०१ एम्पुल, DIAZEPAM- ९५  एम्पुल, BUPRENORPHINE- ९८ एम्पुल सहित जिल्ला सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुर टोल बस्ने बर्ष ४० को भगत यादबलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशवारी सिरहाबाट खटिएको प्रहरी गस्ति टोलीले गोप्य सुचनाको आधारमा भगवतीपुरबाट सितापुर तर्फ प्लाष्टिकको बोरा बोकी पैदल जाँदै गरेको निजलाई चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।