लागु औषध सहित मानिस नियन्त्रण
२०८०-०२-२९
- A
- A-
- A+
1. पर्सा, मिति २०८०।०२।२८ गते अं.२०:१५ वजेको
समयमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चौक स्थितमा प्रहरी चौकी ईनर्वा पर्साबाट प्र.ब.ना.नि. र
लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय विरगंज पर्साको प्र.ना.नि. समेतको संयुक्त
टोलीले चेकजाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज तर्फ आउदै गरेको पैदल यात्री जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.०८
कमाने टोल बस्ने ईन्द्र बहादुर खड्काको छोरा वर्ष २८ को राज कुमार खड्कामाथी शंका
लागी चेकजाँच गर्दा निजको साथबाट लागु औषध PHENARGAN 2ml लेखिएको१८ एम्पुल,
DIAZEPAM 2ml लेखिएको १८ एम्पुल र NOOPHIN 2ml लेखिएको १८ एम्पुल समेत गरी जम्मा ५४ (चौवन्न) एम्पुल फेला परेकोमा उक्त
लागु औषध सहित निजलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी व.प्र.का.विर्ता पर्सामा पठाईएको ।