सवारी साधान दुर्घटना हुँदा ला.औ. गाँजा फेला
२०८०-०२-३०
- A
- A-
- A+
१.
सर्लाही, मिति २०८०।०२।२९ गते अं. १३:५० बजेको
समयमा जिल्ला सर्लाही वरहथवा न.पा. १७ नहरको बाटो स्थितमा उत्तरबाट दक्षिण तर्फ
जादै गरेको बा३८प ५२९६ न.को मो.सा. आफै अनियन्त्रित भई दुर्घटना भएको भनि ई.प्र.का.मुर्तिया
सर्लाहीमा जानकारी प्राप्त हुन साथ ऐ १३:५५ बजेको समयमा ई.प्र.का.मुर्तिया सर्लाहीवाट
प्र.ना.नि. अरबिन्द कुमार साहको कमाण्डमा ५ जनाको टोली र ई.प्र.का. बरहथवाबाट प्र.ना.उ. मकेन्द्र कुमार
मिश्रको कमाण्डमा ५ जनाको टोली खटि गएको,ऐ १४:०५ बजेको समयमा पुगि हेर्दा मो.सा.
चालक फरार रहेको, घटना स्थलमा मो.सा. र मो.सा.मा सवार अं. वर्ष ३१/३२ कि महिलाको टाउको, निधार,अनुहार
र शरिरको विभिन्न भागमा चोट लागेको अवस्थामा देखि उपचारको लागि भेनस अस्पताल
बरहथवा तर्फ पठाईएको अवस्था गम्भिर, प्रहरीको निग्रानिमा उपचार भई रहेको,(बोल्न
नसकने) सोही मो.सा.मा रहेको पछाडी भिर्ने कालो कलरको झोला र जेब्रा झोला खोली
हेर्दा एक/एक पोकाको दुई वटा झोलामा जम्मा दुई पोका (१० किलो) ला.औ.गाँजा फेला
परेकोले मो.सा. र गाँजा नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागि ई.प्र.का.वरहथवामा
पठाईएको ।