प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ला.औ.गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०२-३१

  • A
  • A-
  • A+
Share


१.      बारा, मिति २०८०/०२/३० गते अ.०८:०० बजेको समयमा जि.बारा निजगढ न.पा. ८ Fast Track स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डको नजिकै रहेको कल्बट नजिकै प्र.स.नि. को कमान्डमा खटिएको चेकिङ टोलीले नारायणगढबाट बिराटनगर तर्फ आउँदै गरेको बा ५ ख २८६० नं. को यात्रु बाहक बसलाई ऐ. ०८:३० बजे रोकि चेकजाँच गर्दा उक्त बसमा सवार जि. सर्लाही बिष्णु गा.पा. ३ बस्ने अं. बर्ष ४९ को बिरेन्द्र चौधरीले आफु बसेको सिट मुनि लुकाएको पछाडि भिर्ने कालो झोलामा ला.औ. गाँजा अं. १० के.जी. फेला परेकोले उक्त बस, बस चालक, कन्डक्टर र गाँजा धनि समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि ई.प्र.का.निजगढ बारामा ल्याईएको ।

 

२.      धनुषा, मिति २०८०/२/३० गते अं. १२:३० बजेको समयमा जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका २४ सिक्स लाईन स्थितमा ऐ. २३ बिन्दही बस्ने अं. बर्ष ३५ को फेकन मण्डल र ऐ.ऐ. बस्ने बर्ष १८ को मुकेश मण्डललाई जि.प्र.का. धनुषाबाट खटिएको प्र.स.ह.को कमाण्डमा २ जनाको टोलिले शंकालागी चेकजाँज गर्दा निजहरुको साथबाट नाईट्रोभेट २ पत्ता (३० पिस) र एक वटा साईकल सहित नियन्त्रणमा लिई जि.प्र.का.धनुषामा ल्याई राखेको ।

 

३.      सिरहा, मिति २०८०।०२।३० गते अं. १८:०० बजे जिल्ला सिरहा गोलबजार न.पा. २ गुरुधाम स्थितमा जि. सिरहा गोलबजार न.पा.१ कोरियानी बलडाँडा बस्ने रामअवतार यादवको छोरा अं. वर्ष १७ को श्रवन कुमार यादव र ऐ.ऐ. बस्ने जय नारायण यादवको छोरा अं. वर्ष १९ को सरोज कुमार यादवलाई ई.प्र.का. गोलबजार सिरहाबाट प्र.स.ह.को कमाण्डमा खटिएको सिभिल टोलीले शंका लागी चेकजाँच गर्दा  श्रवन कुमार यादवले हातमा बोकेको कालो प्लाष्टिकको झोलामा ला.औ. NITRAVET-10 लेखिएको ३ पत्ता (९० ट्याबलेट) र सरोज कुमार यादवले लगाएको पाइन्टको पछाडीको खल्तीबाट NITRAVET- 10 लेखिएको १५ ट्यावलेट, NITZACARE -10 लेखिएको २० ट्याब्लेट जसमा २ ट्याब्लेट नभएको गरी जम्मा १२३ ट्याब्लेट सहित निजहरू दुवै जनालाई पक्राउ गरी ई.प्र.का.गोलबजार सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३१

सिरहा, औरही गाउँपालिका १ स्थितबाट लागु औषध Nitrazepam Tablets IP 10 mg नामक २ पत्तामा २० पिस ट्याब्लेट सहित  गोलबजार नगरपालिका १२ बस्ने कासिन्द्र मुखियाको छोरा बर्ष १७ को राकेश मुखिया, सोही स्थान बस्ने दुखरन मुखियाको छोरा बर्ष १८ को मनिष मुखिया र सुखिपुर नगरपालिका ६ जगिपुर बस्ने रामदेव रायको छोरा बर्ष २० को सोनेलाल रायलाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी हर्कटीबाट खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा दरहैयाबाट हर्कटी तर्फ आँउदै गरेको म.प्र.०१-००५ प ०५१४ नम्बरको मोटरसाइकललाई शंका लागी चेक जाँज गर्दा मोटरसाइकलमा सवार निजहरुलाई उक्त लागु औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३१

बारा, आदर्शकोतवाल गाउँपालिका ४ हर्नैहिया चोकमा दुई वटा आँपको क्यारेट बेवारिसे अवस्थामा छ भन्ने खबर मिति २०८२-०३-२९ गते साँझ प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय  बारागढी र इलाका प्रहरी कार्यालय महेन्द्रजयनगरबाट संयुक्त प्रहरी टोलि खटिगई दुवै आँपको क्यारेट बरामद गरी चेक जाँच गर्दा लागु औषध १५०० सय पिस फेनार्गन, १५०० सय पिस नोर्फेन र १५०० सय पिस डाइजोपान गरी जम्मा ४५०० (चार हजार पाँच सय) पिस लागु औषध ईन्जेक्सन बरामद गरी प्रहरीले थप अनुसन्धान गर्दै जाने क्रममा मिति २०८२-०३-३० गते साँझ CCTV क्यामेरामा देखिएको फोटोमा नम्बर नखुलेको भारतीय मोटरसाइकलमा उक्त क्यारेट लोड भएको मोटरसाइकल चालकले रातो रंङगको भेस्ट लगाएको र लागु औषध बोकेको मोटरसाइकललाई  BR05AZ4572 नम्बरको कालो रातो रङको १५० सि.सि.को भारतीय नम्बरको पल्सर मोटरसाइकलले स्कटिङग गरेको फोटो समेत देखिएकोले निजहरुको खोजतलास गर्दै जाँदा मिति २०८२-०३-३१ गते साँझ CCTV क्यामेरामा देखिएको  फोटोमा भएको हुलिया अनुसार लागु औषध ओसारपसारमा संलग्न देखिएको देश भारत जिल्ला मोतिहारी ग्रामपञ्चायत बिजवनि बन्कटवा टोल बस्ने ईन्द्रजित रायको छोरा बर्ष २५ को बलिराम कुमार यादव र निजको भाई बर्ष १८ को कन्हैया यादव, सोही स्थान बस्ने रंगिलाल यादवको छोरा बर्ष २१ को वकिल कुमार यादवलाई BR05AZ4572  र BR05BC9501 नम्बरको कालो रातो कलरको १५० सि.सि.को दुई वटा पल्सर मोटरसाइकल सहित पचरौता नगरपालिका २ चतुरी चोकबाट नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।