लागु औषध गाँजको धुलो र चरेश पक्राउ
२०८०-०२-३१
- A
- A-
- A+
पर्सा, मिति २०८०।०२।३० गते अं. राती ०३:०० बजेको समयमा
जिल्ला पर्सा पटेर्वासुगौली गाउँपालिका वडा नं.५ स्थित देउरी भन्ने स्थानमा लागु
औषध बोकी आउँदै गरेको विशेष सूचनाको आधारमा प्रहरी चौकी रंगपुरटाँडीबाट खटिएको
प्रहरी टोलीले उक्त लागु औषध खोजतलासको क्रममा भतौरबाट देउरीतर्फ पैदल आउँदै गरेको
३/४ जना मानिसहरूले टाउकोमा बोकी ल्याउँदै गरेको २ वटा बोरा खटिएको प्रहरी टोलीलाई
देख्नासाथ बोकी ल्याएको लागु औषध छाडी भागी फरार भएकोमा उक्त बोरालाई कानूनी
रीतपुर्याई खानतलासी गर्दा सो बोराभित्र प्लाष्टिकले बेरिएको लागु औषध गाँजाको
धुलो ३ पोकामा १२ के.जी.२३० ग्राम र लागु औषध चरेश २२ प्याकेटमा २० के.जी. ८०
ग्राम फेला परेको हुँदा उल्लेखित परिमाणको लागु औषध बरामद गरी थप अनुसन्धान भैरहेको
।