प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस पक्राउ

२०८०-०३-०३

  • A
  • A-
  • A+
Share


१.      पर्सा, मिति २०८०।०३।०२ गते अं. १९:३०बजेको समयमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.१६ रजत जयन्ती चौक स्थितमा प्रहरी चौकी ईनर्वा पर्साबाट प्र.व.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट नेपालको बिरगंज बजार तर्फ पैदल आउँदै गरेको जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.वडा नं.०२ बस्ने राम शरण कार्कीको छोरा अं.वर्ष १९ को राज कार्की माथि शंका लागी निजलाई रोकी जेकजाँच गर्दा निजको साथमा लागू औषध नाईट्राजेपाम लेखिएको ५ पिस ट्याब्लेट, लागू औषध (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ तत्काल तौल नखुलेको सानो दुई वटा पुरिया रहेको, सो मध्ये १ वटा पुरियामा लागू औषध कालो जस्तो देखिने धुलो पदार्थ र अर्को १ वटा पुरियामा लागू औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ समेत फेला पारी लागू औषध सहित निजलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागी वडा प्रहरी कार्यालय विर्ता पर्सामा पठाइएको ।

२.      सिरहा, मिति २०८०।०३।०२ गते अं. १७:३५ बजेको समयमा जिल्ला सिरहा भगवानपुर गा.पा.४ टेम्पु स्टेण्ड स्थित प्र.चौ.ठाडी सिरहाबाट प्र.ब.ना.नि. को कमाण्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको ऐ. लहान न.पा. ५ खुट्टिखोला बस्ने मोहमद अलीको छोरा अं. बर्ष २५ को मोहमद सोनुलाई शंका लागी चेकजाँच गर्दा निजले लगाएको कालो कलरको जिन्स पेन्टको अगाडिको बाँया साईडको भित्रि गोजीमा कालो प्लाष्टिकमा पोको पारी राखेको DIAZEPAM, BUPRENORPHINE PROMETHARZINE लेखिएको ११/११ पिसको दरले जम्मा ३३ पिस ला.औ. फेला परेकोले ला.औ. सहित निजलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको ।

३.      सप्तरी, मिति २०८०।०३।०२ गते अं. १६:०० बजेको समयमा जिल्ला सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका वडा न.१ भारदह चोक स्थितमा ई.प्र.का. कंचनपुर सप्तरीबाट प्रहरी अधिकृत सहितको टोलिले बिशेष सुचनाको आधारमा मस्जिद नजिक पुर्व पश्चिम लोकमार्गमा चेकजाँच गर्ने क्रममा पुर्ववाट पश्चिम तर्फ आउँदै गरेको भारतीय BR32R7703 नं. को मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक भारत बिहार राज्य जि. मधुवनी थाना जयनगर ग्रामपँचायत बेतौन्हा वडा न. ८ वस्ने कृष्ण साहुको छोरा अं. वर्ष २९ को सन्तोष कुमार साहले लगाएको पाईन्टको दाहिने खल्तीमा कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ४ ग्राम १९ मिली ग्राम र सोही मोटरसाईकलमा पछाडी सवार जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं. १७ ईनरवा टोल बस्ने नागेन्द्र पासवानको छोरा अं. वर्ष १९ को सुरज कुमार पासवान समेत लाई मो.सा. सहित पक्राउ गरी ई.प्र.का.कंचनपुरमा ल्याई राखिएको ।

 

सम्बन्धित समाचार
ट्रक सहित लागू औषध गाँजा नियन्त्रणमा
२०८१-०७-११

१.     धनुषा, जनकपुरधाम उपमहानगरपालिका १४ बाबा आयल सेन्टर नजिकबाट अन्दाजी २२१.३८ के.जी. लागू औषध गाँजा सहित जिल्ला मकवानपुर भिमफेदी गाउँपालिका २ बस्ने वर्ष २४ को प्रकाश लुङ्गवालाई कार्तिक १० गते शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा चेक जाँच गर्ने क्रममा ना.५ ख १७७ नं.को मिनी ट्रकलाई चेक जाँच गर्दा ट्रकमा फल्स बटन बनाई लुकाई छिपाई राखेको उक्त परिमाणको लागू औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बिलबिजक भन्दा बढी सामान लोड रहेको कन्टेनर नियन्त्रणमा
२०८१-०७-११

१.     सर्लाही, बागमती नगरपालिका ११ कार्यालय अगाडी चेक प्वाईन्टबाट अन्दाजी मूल्य रू. ५५,८३,३११/- (पचपन्न लाख तीरासी हजार तीन सय एघार रुपैयाँ) मुल्य बराबरको समान सहित ना.६ ख. ७१३ नम्बरको कन्टेनर गाडीलाई कार्तिक १० गते शनिवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बिरगंजबाट सुनसरी तर्फ जाँदै गरेको उक्त कन्टेनरलाई चेक जाँच गर्दा बिलबिजक शंकास्पद देखिएकोले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ ।

बिल बिजक भन्दा बढी सामान लोड रहेको ट्रक नियन्त्रणमा
२०८१-०७-०९

पर्सा, बिरगंज महानगरपालिका ८ घण्टाघर स्थितबाट अन्दाजी मुल्य रू. १,४६,०९,६७८/- (एक करोड छयालिस लाख नौ हजार छ सय अठहत्तर रुपैयाँ) बराबरको सामान सहित सु.प.प्र. ०१-००१ ख.२६६१ र सु.प.प्र. ०१-००१ ख २६९९ नम्बरको ट्रकलाई बिहीबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बिल बिजक भन्दा बढी सामानहरु लोड गरी लैजाँदै गरेको शंकालागी उक्त दुवै ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको ।  

चाँदी जस्तो देखिने धातु सहित मानिस नियन्त्रणमा
२०८१-०७-०९

बारा, जितपुरसिमरा उपमहानगरपालिका २१ स्थितबाट चाँदी जस्तो देखिने सेतो धातु १४ के.जी. (मुर्ति, जन्तर, कम्मरमा लगाउने पेच आदि) अं. मुल्य रु. २५,०४,९५० (पच्चिस लाख चार हजार नौ सय पचास रुपैयाँ ) सहित जि. बारा प्रसौनी गा.पा. वडा नं. ६ प्रस्टीका बस्ने नागेन्द्र साह सोनारको छोरा अं. बर्ष ३३ को सन्तोस साह सोनार र जि. बारा जितपुरसिमरा उ.म.न.पा. ८ गमरगावा टोल बस्ने हुसेनी महतोको छोरा अं. बर्ष २७ को सुरेश महतोलाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा पथलैयाबाट हेटौंडा तर्फ जाँदै गरेको ना ५२ प २५८४ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल र ना ५५ प ३९३२ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकलमा सवार निजहरुलाई उक्त धातु सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।