प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस पक्राउ

२०८०-०३-०५

  • A
  • A-
  • A+
Share


१.      रौतहट, मिति २०८०/०३/४ गते अन्दाजी १२:३५ बजेको समयमा जिल्ला रौतहट चन्द्रपुर वडा नं ४ स्थित पुर्व-पश्चिम लोकमार्ग सडक खण्डमा विशेष सुचनाको आधारमा प्र.नि.को कमाण्डमा खटिगएको प्रहरी गस्ती टोलीले आफ्नो कार्यालयको वडा एरिया तर्फ गस्ती गर्दै गईरहेको अवस्थामा ऐ. स्थित सडक खण्डमा चेक प्वाईन्ट खडा गरिएको स्थानमा शंकास्पद रुपमा हिंडडुल गरिरहेका मानिसहरु तथा सवारी साधनहरुलाई समेत चेकजाँच गर्ने क्रममा सोही समयमा भरतपुर चितवन देखि गाईघाट तर्फ आईरहेको ना ५ ख ४९६२ नम्वरको यात्रु वाहक बसलाई रोकी सोही बसमा रहेका मानिसहरुलाई भुईंमा झारी एक/एक गरी खानतलासी लिंदा जिल्ला मकवानपुर हेटौंडा हरीहरगढी गाउँपालिका वडा नं १ घर बताउने कृष्ण बहादुर बम्जनको छोरा वर्ष ३० को शिसिर बम्जनले बोकी ल्याएको पछाडी भिर्ने कालो झोला र निजको शरीर खानतलासी लिंदा निजले बोकी ल्याएको उक्त झोला खोली हेर्दा झोला भित्र रातो प्लाष्टीकले बेरी बाँधेको अवस्थामा लागू औषध गाँजा जस्तो देखिने पदार्थ रहेको र उक्त लागू औषध गाँजा जस्तो देखिने पदार्थ निज शिसिर बम्जनकै रोहबरमा तौल गर्दा प्लाष्टीक सहितको ५ (पाँच) किलो ३०० (तिन सय) ग्राम रहेको र प्लाष्टीक हटाई तौल गर्दा ५ (पाँच) किलो लागू औषध गाँजा जस्तो देखिने पदार्थ बरामद भएकोमा उक्त लागु औषध सहित निजलाई ई.प्र.का.च.पुर रौतहटमा ल्याई राखेको ।

 

२.      सप्तरी, मितिः २०८०।०३।०४ गते अं. १८:०० बजेको समयमा जिल्ला सप्तरी कञ्चनपुर न.पा. वडा नं. ७ बालुवा टोल बस्ने भटन साहको छोरा अं. वर्ष ४० को उमेश साहले आफ्नै घरमा संचय गरी राखेको लागु औषध गाँजा स्थानीय युवाहरुलाई बिक्री गर्ने गरेको भन्ने विशेष सुराकीको आधारमा ई.प्र.का. कंचनपुर सप्तरी बाट खटी गएको प्रहरी अधिकृतको टोलीले निज उमेश साहको घरमा गई कानुन बमोजिम खानतलासी गर्दा २ तले घरको माथिल्लो तल्लाको कोठाको दक्षिण-पूर्व कुनामा जस्ताको बक्सा भित्र कालो प्लास्टिकको पोकाहरुमा प्याक गरी लुकाई छिपाई राखेको १६ किलो ९३० ग्राम तौल भएको गाँजा जस्तो बस्तु र फलामको स-साना ढक थान ६ ।- (छ) फेला परेकोमा सोको खानतलासी बरामदी मुचुल्का गरी बरामद भएको लागु औषध गाँजा सहित निज उमेश साहलाई नियन्त्रणमा लिई ई.प्र.का.कञ्चनपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
नक्कली नेपाली नोट सहित मानिस नियन्त्रण्यमा लिएको सम्बन्धी ।
२०८३-०१-२५

१.      सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित तिलाठी बोर्डरबाट नक्कली नेपाली नोट १००० का ७ थान, प्रदेश ०६-००१ प ०९९५ नम्बरको मोटरसाईकल सहित २ जनालाई बिहिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका १ बस्ने अन्दाजी बर्ष २२ को सचिन कुमार यादव र सोहि स्थान बस्ने अन्दाजी बर्ष २५ को विवेक कुमार पण्डित रहेका छन् । तिलाठी बोर्डर आउट पोष्टबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतको कुनौलीबाट नेपाल आउदै गरेको मोटरसाईकल चेकजाँच गर्दा नक्कली नोटहरु फेला पारी उक्त नोट सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-२५

१.      सिरहा, धनगढीमाई नगरपालिका १ बाखैर स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन ३.६३ ग्राम, प्रदेश २-०१-००१ प ०३१२ नम्बरको मोटरसाईकल सहित २ जनालाई बिहिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका १३ वस्ने भुमिलाल चौधरीको छोरा अन्दाजी बर्ष ३५ को देव कान्त चौधरी र सोहि स्थान बस्ने धनश्याम फनेत (थारु) को छोरा अन्दाजी बर्ष ४३ को देव कान्त चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय सिरहाबाट खटिएको प्रहरीको संयुक्त टोलिले उक्त लागू पदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरी अनुसन्धान गरिरहेको छ । २.      सिरहा, गोलबजार नगरपालिका ४ क्याम्पस चौकबाट अवैध लागूऔषध Nitraze Pam Tablets ८१ पिस सहित १ जनालाई बिहिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला उदयपुर त्रियुगा नगरपालिका ९ मुस्गरनिया बस्ने धिरेन्द्र सिह राजपुतको छोरा अन्दाजी बर्ष २१ को लोक सिंह राजपुत रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले उक्त लागूऔषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खुद्रा मालसामान सहित २ वटा ट्रक नियन्त्रणमा लिएको सम्बन्धी
२०८३-०१-२४

१.      पर्सा, बिरगंज महानगरपालिका १४ गण्डक चौकबाट अन्दाजी रु. ३,६८,९२,१९९।- (तीन करोड अड्सठ्ठी लाख बयानब्बे हजार एक सय उनान्‌सय) मुल्य बराबरको बिल बिजक भन्दा बढी भएको खुद्रा मालसामान सहित म.प्र.०३-००२ ख ४७९१ र ना ५ ख ६९५९ नं. को २ वटा ट्रक मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीको संयुक्त टोलिले ट्रक रोकी चेकजाँच गर्दा बिलबिजक भन्दा बढी भएका खुद्रा मालसामान फेला पारी उक्त मालसामान सहित ट्रकहरु नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-२२

१.      पर्सा, ठोरी गाउँपालिका -१ चौतारा बजार नजिकबाट अवैध लागूऔषध LALORATE क्याप्सुल ४७५ पिस सहित १ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला चितवन माडी नगरपालिका ८ जीवनपुर बस्ने विनोद कुमार दर्जीको छोरा अन्दाजी वर्ष २० को विश्वास परियार रहेका छन् । इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      बारा, सिम्रौनगढ नगरपालिका -६ गोलगंजबाट अवैध लागूऔषध गाँजा ७ किलोग्राम सहित १ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बारा सिम्रौनगढ नगरपालिका ६ गोलागंज बस्ने छठु मलिक डोमको छोरा अन्दाजी बर्ष ३० को विश्वनाथ मलिक डोम रहेका छन् । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।