लागु औषध सहित मानिस पक्राउ
२०८०-०३-०५
- A
- A-
- A+
१.
रौतहट, मिति २०८०/०३/४ गते अन्दाजी १२:३५ बजेको समयमा जिल्ला रौतहट
चन्द्रपुर वडा नं ४ स्थित पुर्व-पश्चिम लोकमार्ग सडक खण्डमा विशेष सुचनाको आधारमा
प्र.नि.को कमाण्डमा खटिगएको प्रहरी गस्ती टोलीले आफ्नो कार्यालयको वडा एरिया तर्फ
गस्ती गर्दै गईरहेको अवस्थामा ऐ. स्थित सडक खण्डमा चेक प्वाईन्ट खडा गरिएको
स्थानमा शंकास्पद रुपमा हिंडडुल गरिरहेका मानिसहरु तथा सवारी साधनहरुलाई समेत
चेकजाँच गर्ने क्रममा सोही समयमा भरतपुर चितवन देखि गाईघाट तर्फ आईरहेको ना ५ ख
४९६२ नम्वरको यात्रु वाहक बसलाई रोकी सोही बसमा रहेका मानिसहरुलाई भुईंमा झारी
एक/एक गरी खानतलासी लिंदा जिल्ला मकवानपुर हेटौंडा हरीहरगढी गाउँपालिका वडा नं १
घर बताउने कृष्ण बहादुर बम्जनको छोरा वर्ष ३० को शिसिर बम्जनले बोकी ल्याएको पछाडी
भिर्ने कालो झोला र निजको शरीर खानतलासी लिंदा निजले बोकी ल्याएको उक्त झोला खोली हेर्दा
झोला भित्र रातो प्लाष्टीकले बेरी बाँधेको अवस्थामा लागू औषध गाँजा जस्तो देखिने
पदार्थ रहेको र उक्त लागू औषध गाँजा जस्तो देखिने पदार्थ निज शिसिर बम्जनकै
रोहबरमा तौल गर्दा प्लाष्टीक सहितको ५ (पाँच) किलो ३०० (तिन सय) ग्राम रहेको र
प्लाष्टीक हटाई तौल गर्दा ५ (पाँच) किलो लागू औषध गाँजा जस्तो देखिने पदार्थ बरामद
भएकोमा उक्त लागु औषध सहित निजलाई ई.प्र.का.च.पुर रौतहटमा ल्याई राखेको ।
२.
सप्तरी, मितिः २०८०।०३।०४ गते अं. १८:०० बजेको
समयमा जिल्ला सप्तरी कञ्चनपुर न.पा. वडा
नं. ७ बालुवा टोल बस्ने भटन साहको छोरा अं. वर्ष ४० को उमेश साहले आफ्नै घरमा संचय
गरी राखेको लागु औषध गाँजा स्थानीय युवाहरुलाई बिक्री गर्ने गरेको भन्ने विशेष
सुराकीको आधारमा ई.प्र.का. कंचनपुर सप्तरी बाट खटी गएको प्रहरी अधिकृतको टोलीले
निज उमेश साहको घरमा गई कानुन बमोजिम खानतलासी गर्दा २ तले घरको माथिल्लो तल्लाको
कोठाको दक्षिण-पूर्व कुनामा जस्ताको बक्सा भित्र कालो प्लास्टिकको पोकाहरुमा प्याक
गरी लुकाई छिपाई राखेको १६ किलो ९३० ग्राम तौल भएको गाँजा जस्तो बस्तु र फलामको स-साना
ढक थान ६ ।- (छ) फेला परेकोमा सोको खानतलासी बरामदी मुचुल्का गरी बरामद भएको लागु
औषध गाँजा सहित निज उमेश साहलाई नियन्त्रणमा लिई ई.प्र.का.कञ्चनपुरमा ल्याई थप
अनुसन्धान कार्य भईरहेको ।