स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८०-०३-०६
- A
- A-
- A+
१.
सर्लाही, मिति
२०८०।०३।०५ गते अं. ०७:३० बजेको समयमा जिल्ला सर्लाही मलंगवा न.पा. वडा नं. ८
गोरखकाली चौक स्थितमा जि.प्र.का. सर्लाहीबाट प्र.व.ना.नि.को कमाण्डमा र प्र.चौ.
गोरखकालीबाट प्र.स.नि. समेतको प्रहरी टोलीले भारतको सोनबर्षाबाट नेपाल तर्फ आउँदै
गरेको BR 30 S 2086 नं.को
मो.सा. रोकी सोधपुछ गर्दा मो.सा. चालक ऐ. ४ बस्ने अं. बर्ष ३५ को विसुन्द्र प्रसाद चौधरी र मो.सा.मा पछाडी सवार ऐ. २ बस्ने
अं. बर्ष ४० को नागेन्द्र ठाकुर नामथर बताएकोमा निजहरुको जिउ शरीर खानतालसी गर्दा
पछाडी सवार रहेका नागेन्द्र ठाकुरले कम्मरमा बाँधेको खैरो कपडा सिलाई पैसा राख्ने
बनाएको पटुका भित्र जम्मा नेपाली रु. १५,००,०५०।– (पंन्ध्र लाख पचास रुपैयाँ ), भारतिया
रुपैयाँ रू.२,६४०/- (छब्विस सय चालिस) र ८ (आठ ) बोतल जुस (मजा) ९८६३४३०३२१ नं. को
रियल मी लेखिएको मोबाईल र मो.सा. चालक विसुन्द्र प्रसाद चौधरीको साथबाट ९८४४४४४२१७
नं.को रियलमी लेखिएको मोबाईल थान -१ (एक) समेत पेला पारी उक्त रकम, मो.सा. र मोबाईल
सहित बरामद निजहरुलाई पक्राउ गरी जि.प्र.का.सर्लाहीमा दाखिला गराएको ।