प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा

२०८०-०३-०६

  • A
  • A-
  • A+
Share


१.      सर्लाही, मिति २०८०।०३।०५ गते अं. ०७:३० बजेको समयमा जिल्ला सर्लाही मलंगवा न.पा. वडा नं. ८ गोरखकाली चौक स्थितमा जि.प्र.का. सर्लाहीबाट प्र.व.ना.नि.को कमाण्डमा र प्र.चौ. गोरखकालीबाट प्र.स.नि. समेतको प्रहरी टोलीले भारतको सोनबर्षाबाट नेपाल तर्फ आउँदै गरेको BR 30 S 2086 नं.को मो.सा. रोकी सोधपुछ गर्दा मो.सा. चालक ऐ. ४ बस्ने अं. बर्ष ३५ को विसुन्द्र  प्रसाद चौधरी र मो.सा.मा पछाडी सवार ऐ. २ बस्ने अं. बर्ष ४० को नागेन्द्र ठाकुर नामथर बताएकोमा निजहरुको जिउ शरीर खानतालसी गर्दा पछाडी सवार रहेका नागेन्द्र ठाकुरले कम्मरमा बाँधेको खैरो कपडा सिलाई पैसा राख्ने बनाएको पटुका भित्र जम्मा नेपाली रु. १५,००,०५०।– (पंन्ध्र लाख पचास रुपैयाँ ), भारतिया रुपैयाँ रू.२,६४०/- (छब्विस सय चालिस) र ८ (आठ ) बोतल जुस (मजा) ९८६३४३०३२१ नं. को रियल मी लेखिएको मोबाईल र मो.सा. चालक विसुन्द्र प्रसाद चौधरीको साथबाट ९८४४४४४२१७ नं.को रियलमी लेखिएको मोबाईल थान -१ (एक) समेत पेला पारी उक्त रकम, मो.सा. र मोबाईल सहित बरामद निजहरुलाई पक्राउ गरी जि.प्र.का.सर्लाहीमा दाखिला गराएको ।

सम्बन्धित समाचार
अवैध समान सहित पिकअप नियन्त्रणमा
२०८३-०२-१२

१.      सर्लाही, बागमती नगरपालिका-१२ स्थित चेक प्वाईन्टबाट अबैध भन्सार छली (VCTS अनुसारको बिल बिजक नभएको ) कुरियरको सामानहरु गरी अन्दाजि मुल्य रु. ६,००,०००।- (छव लाख ) बराबरको समान सहित बा.प्र. ०१-०३० च.१५८० नम्बरको पिकअप सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीबाट खटिएको प्रहरी चेकिङ टोलिले काठमाण्डौंबाट झापा तर्फ जाँदै गरेको उक्त पिकअपलाई चेक जाँच गर्ने क्रममा बिल बिजक भन्दा फरक समानहरु भएकोले सामान सहित उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-११

१.      सर्लाही, बसबरिया गाउँपालिका ०२ ढापटोलबाट अवैध लागूऔषध ४३० ग्राम गाँजा सहित सोहि स्थान बस्ने जयलाल सहनीको छोरा अन्दाजी बर्ष २० को अभिषेक सहनीलाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बरहथवा र मानपुरबाट खटिएको प्रहरी टोलिले उक्त गाँजा सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   २.      पर्सा, पोखरिया नगरपालिका ०९ स्थितबाट अवैध लागूऔषध ५.५ ग्राम ब्राउन सुगर सहित सोहि स्थानको शिवबर्वा बस्ने बिजुल राउत कम्करको छोरा अन्दाजी बर्ष २० को बिशाल राउत कम्करलाई आइतबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलिले उक्त लागू पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।