ला.औ.सहित मानिस नियन्त्रणमा
२०८०-०३-०७
- A
- A-
- A+
पर्सा, मिति २०८०।०३।०६ गते अं. २०:४० बजेको समयमा जिल्ला
पर्सा बिरगंज म.न.पा.-१६ शंकराचार्य गेट स्थितमा प्र.चौ. ईनर्वा पर्साबाट
प्र.ब.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले भारत रक्सौलबाट बिरगंज तर्फ आउँदै
गरेको पैदलयात्री देश भारत घर भई हाल बि.म.न.पा.-२१ परवानिपुरमा डेरा गरी बस्ने
शम्भु रामको छोरा बर्ष-१८ को सन्तोष रामको साथबाट ला.औ. नाईट्रोभेट -१० लेखिएको १६
पिस ट्याब्लेट फेला पारी निजलाई उक्त ला.औ.सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको
लागी व.प्र.का. बिर्तामा पठाएको ।