लागु औषध (ईन्जेक्सन) सहित मानिस नियन्त्रणमा
२०८०-०३-०८
- A
- A-
- A+
सप्तरी, मिति
२०८०।०३।०७ गते अं. १९:०० बजेको समयमा जिल्ला सप्तरी सप्तकोशी न.पा. वडा नं. ११ भगनी मलेठ स्थित
त्रियुगा पुलमा ई.प्र.का.कंचनपुर सप्तरीबाट प्र.ब.ना.नि. को कमाण्डमा खटिएको
चेकिङ्ग टोलीले चेकिङ्ग गर्ने क्रममा उत्तर फत्तेपुर तर्फबाट दक्षिण कंचनपुर तर्फ
आउँदै गरेको प्रदेश १-०५-००१ प ०१६३ नं.को
कालो रातो रंगको पल्सर मोटर साईकल रोकी चेक जाँच गर्दा मो.सा.चालक ऐ.ऐ. न.पा.वडा
नं.७ ओद्राहा टोल बस्ने भुपेन्द्र चौधरीको छोरा वर्ष २४ को सुमन कुमार चौधरीको
मोटरसाईकलको सिट माथि सेतो प्लाष्टिकको झोलामा रहेको लागूऔषध ईन्जेक्सन LEEGESIC
लेखिएको ३५ एम्पुल, DIAZEPAM लेखिएको ३५ एम्पुल र PHENERGAN लेखिएको ३५ एम्पुल
गरी जम्मा १०५ एम्पुल ईन्जेक्सन फेला परेकोले, लागुऔषध,
मो.सा. र मानिस सहित नियन्त्रणमा लिई ई.प्र.का.कंचनपुर सप्तरीमा
ल्याई राखिएको ।