लागु औषध सहित मानिस पक्राउ
२०८०-०३-१०
- A
- A-
- A+
१.
सिरहा, मिति २०८०।०३।०९ गते अं.१२;४५ बजेको
समयमा जिल्ला सिरहा सिरहा न.पा.१४ लभटोली स्थितमा प्रहरी चौकी खिरौना सिरहाबाट प्र.स.नि.को
कमाण्डमा खटिएको गस्ती टोलीले माडरबाट सिरहा तर्फ आउदै गरेको पैदल यात्री जिल्ला
सिरहा सिरहा न.पा.१४ परसाही बस्ने रामस्वरुप यादवको छोरा अं.वर्ष १८ को ईन्द्रजित
यादवलाई चेकजाँच गर्दा निजको साथबाट २५ ग्राम गांजा र नाईट्रोभेट ९ पिस बरामद गरी
नियन्त्रणमा लिई प्रहरी चौकी खिरौनामा ल्याई आवश्यक कार्वाहिको लागि
जि.प्र.का.सिरहा पठाएको ।
२.
सप्तरी, मिति २०८०।०३।०९ गते अ.१३:००
बजेको समयमा जिल्ला सप्तरी सुरूङगा न.पा.वडा न.४ कदमाहा स्थित कदमाहा गाईघाट सडक
खण्डमा प्र.स.नि. को कमाण्डमा खटिएको टोलीले बाटोमा आवत जावत गर्ने सवारी साधन तथा
पैदलयात्रीहरु समेतलाई रोकी चेकजाँच गर्ने क्रममा कदमाहाबाट गाईघाटतर्फ शंकित
तवरले जाँदै गरेको पैदलयात्री जिल्ला उदयपुर त्रियुगा न.पा.वडा नं.३ बस्ने भोला
चौधरीको छोरा अं.बर्ष २१ को जितेन्द्र चौधरी र जिल्ला उदयपुर त्रियुगा न.पा.वडा
नं.३ बस्ने उदव मगरको छोरा अं.बर्ष २३ को कृजल मगर समेतलाई रोकी चेकजाँच तथा तलासी
गर्दा जितेन्द्र चौधरीले लगाएको सर्टमा लुकाई छिपाई राखेको DIAZEPAM
INJECTIN ९ पिस एम्पुल, IPPL INJECTIN ९ पिस एम्पुल र PHENARGAN
INJECTION ९ पिस एम्पुल समेत गरी जम्मा २७ पिस एम्पुल लागू औषध फेला
पारी बरामद गरी उक्त लागू औषध सहित निज जितेन्द्र चौधरी र कृजल मगर समेतलाई
नियन्त्रणमा लिई ई.प्र.का.कडरबोना सप्तरीमा
ल्याई राखिएको ।
३.
सप्तरी, मिति २०८०।०३।०९ गते अं. ०६;००
बजेको समयमा जिल्ला सप्तरी कञ्चनरुप नगरपालिका वडा न.२ बरमझीया चोक बस विसौनी नजिक
स्थित पुर्व पश्चिम लोकमार्गमा ई.प्र.का.कंचनपुर सप्तरीबाट खटिएको प्रहरी अधिकृतको
कमाण्डमा चेकीङ टोलिले चेकजाँच गर्ने क्रममा पश्चिम तर्फ वाट पुर्व तर्फ जादै
गरेको पैदल यात्री माथि संका लागि रोकि चेकजाँच गर्दा भारत बिहार राज्य जि.
मोतिहारी थाना रक्सौल ग्रामपँचायत पनसोखा वडा न. ५ धुपवर टोल वस्ने बिरेन्द्र
रामको श्रीमति अं. वर्ष ४२ की लालमति देवी रामले वाँया काँखीमा च्यापी राखेको DOHA DATES लेखको चकलेटको
प्याकेट भित्र कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको लागु औषध ब्राउन सुगर जस्तो
देखिनि धुलो पदार्थ २ मिली ग्राम फेला
परेकोले निज लालमति देवी रामलाई लागु औषध ब्राउन सुर सहित पक्राउ गरी ई.प्र.का.कंचनपुर
सप्तरीमा राखिएको ।