प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित तिन (३) जना मानिसहरु नियन्त्रणमा

२०८०-०३-१७

  • A
  • A-
  • A+
Share

सिरहा, मिति २०८०।३।१३ गते अं. १६:०० बजेको समयमा विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट प्र.स.नि. र जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्र.नि. को कमाण्डमा खटिगएको संयुक्त टोलीले जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं. ७ ट्राफिक चोक स्थित निग्रानी गरी रहेकोमा दक्षिण तर्फबाट उत्तर तर्फ स. १० प. ६१७७ नम्बरको मो.सा.मा निम्न ३ जना व्यक्तिहरु चढी आई ऐ. स्थित रहेको लक्ष्मी डेरी अगाडी मोटरसाईकल रोकी सो भित्र प्रवेश गरी बसी एक आपसमा कुराकानी गरिरहेकोमा निजहरु माथि शंका लागी चेकजाँच गर्दा जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं. २० बस्ने हरि नारायण कारकको छोरा बर्ष १९ को सत्यनारायण कारकले बोकेको झोला भित्र लुकाई छिपाई राखि लिई आएको खैरो हिरोईन जस्तो देखिने लागूऔषध  ६२.२१ ग्राम र तौल गर्ने डिजिटल मेसिन समेत फेला परेकोले उक्त ला.औ. र तौल गर्ने मेसिन र मो.सा. सहित निज तीनै जनाहरुलाई नियन्त्रणमा लिई जि.प्र.का. सिरहामा ल्याई सोधपुछ गर्दा निजहरु मध्ये सत्य नारायण कारक ऐ. वडा नं. ७ स्थित डेरा कोठा गरी बसेको कोठामा लागूऔषध लुकाई छिपाई राखेको छ भन्ने खुल्न आएकोले निजको कोठाबाट मिती २०८०।०३।१५ गते ८.७२ ग्राम ला.औ. (खैरो हिरोईन) समेत रित्तपुर्वक बरामद गरी  सम्मानित सिरहा जिल्ला अदालतबाट लागूऔषध मुद्दामा दिन (१०) को म्याद लिई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान भई रहेको ।

निम्नः-

१.      जिल्ला सिरहा सिरहा न.पा. २० बस्ने हरि नारायण कारकको छोरा बर्ष १९ को सत्यनारायण कारक ।

२.       ऐ. वडा नं. ८ बस्ने श्रवण ठाकुरको छोरा बर्ष २० को विवेक ठाकुर – मो.सा. चालक ।

३.      ऐ. बस्ने राजी यादवको छोरा बर्ष १९ को मनिष यादव ।

सम्बन्धित समाचार
स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८२-०१-१४

१.      सर्लाही, मलंगवा नगरपालिका-६ खुटौना स्थित भित्री सडक खण्डमा प्रहरी चौकी खुटौनाबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको BR06CT 2422 नम्बरको मोटरसाईकललाई शंका लागि चेक जाँच गर्दा मोटरसाईकल चालक देश भारत जिल्ला सितामढी थाना कुनौली बस्ने अन्दाजी वर्ष-४० को शम्भु कुमार साहले लुकाइ छिपाइ ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको नेपाली रू. ३२,३५,४४०।- (बत्तिस लाख पैतिस हजार चार सय चालीस रुपैयाँ) र भारतीय रू.२,१४०।– (दुई हजार एक सय चालिस रुपैयाँ) फेला पारी, नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि श्रोत नखुलेको रकम, मोटरसाईकल र चालक सहित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याई अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०८२-०१-१४

१.      धनुषा, जनकपुर उप-महानगरपालिका-४ स्थित मण्डल कुट्टीबाट जिल्ला धनुषा विदेह नगरपालिका-५ बस्ने अन्दाजी वर्ष-३० को संजिव कुमार मण्डल ठगी मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।   २.      धनुषा, नगराईन नगरपालिका-३ स्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सम्मानित जिल्ला अदालत धनुषाबाट ज्यान मार्ने उधोग चालु मुद्धाको अनुसन्धानको सिलसिलामा फरार रहेको प्रतिवादीलाई सोही स्थान बस्ने जोगिन्द्र साहको छोरा अन्दाजी बर्ष-३३ को बेचन साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागु औषध खैरो ब्राउन सुगर सहित मानिस नियन्त्रणमा
२०८२-०१-१०

धनुषा, बिदेह नगरपालिका-१ ठाडिझिझा स्थितबाट लागु औषध खैरो ब्राउन सुगर जस्तो देखिने पदार्थ अन्दाजी-१२ ग्राम सहित मोटरसाईकल चालक जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-८ बस्ने संजय शर्माको छोरा अन्दाजी वर्ष २४ को ओमराज शर्मा र पछाडि सवार जिल्ला महोत्तरी  लोहारपट्टी नगरपालिका- ७ घर भई हाल जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-६ पुलचोक बस्ने जिवछ ठाकुरको छोरा अन्दाजी वर्ष-२३ को रूपेश कुमार ठाकुरलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरी टोलीले कार्यालय अगाडी चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको ज१३प १३३७ नम्बरको मोटरसाईकललाई रोकी चेक जाँच गर्दा हेलमेटमा लुकाई छिपाई राखिएको खैरो ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धाण गरिरहेको छ । 

फरार प्रतिवादी पक्राउ
२०८२-०१-०९

१ सप्तरी, अपहरण तथा शरीर बन्धक बनाई जवरजस्ती करणी मुद्दामा ८ वर्ष कैद सजाय भएको फरार प्रतिवादी जिल्ला सप्तरी सुरुङगा नगरपालिका-५ बस्ने वर्ष-२८ को मो.इम्तियाज अहमदलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले कुशाह स्थितबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत सप्तरीमा बुझाई कारागार चलान गरिएको छ ।   २ सिरहा, जबरजस्ती करणी तथा गर्भपतन सम्बन्धि कसुरको चालु मुद्दाको फरार प्रतिवादी धनगढीमाई नगरपालिका-१ छप्रारी बस्ने बर्ष-२९ को राधेश्याम कामैतलाइ मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेस्तोल सहित मानिस नियन्त्रणमा
२०८२-०१-०८

जिल्ला, सिरहा बरियारपट्टी गाउँपालिका-१ स्थित प्रहरी चौकी  कचनारीको कार्यालय अगाडी  खटीएको प्रहरी चेकीङ् टोलिले नर्गि चौकबाट भारत तर्फ जाँदै गरेको  नम्बर प्लेट नभएको हिरो कम्पनीको मोटरसाइकल रोकी चेक जाँच गर्दा मोटरसाइकल चालक देश भारत जिल्ला मधुवनी ग्रामपंचायत पिपराही वडा नम्बर-२  कमल पुर बस्ने धर्मेन्द्र सिंहको छोरा बर्ष अन्दाजी-१७ को राजिव सिंह पछाडी सवार सोही स्थान बस्ने फुलेश्वर सिंहको छोरा बर्ष अन्दाजी-१४ को प्रिन्स सिंहको कम्मरमा भिरेको कटुवा पेस्तोल थान एक र निजले लगाएको ट्रयाकको गोजीबाट 303  राईफलमा लाग्ने गोली थान एक फेला पारी निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।