लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०३-१७
- A
- A-
- A+
१. पर्सा, मिति २०८०।०३।१६। गते २२:०० बजेको समयमा
जि.पर्सा बि.म.न.पा. वाड न. १३ स्थित व.प्र.का. श्रीपुरबाट खटिएको गस्ति टोलिले
ना.६३ प. १७५२ न. मो.सा. चेक जाँच गर्दा मो.सा. पछाडि सवार बि.म.न.पा.वाड न. २८
बगही बस्ने बर्ष ४० को राजिन्द्र महतोको साथबाट अं ३०० ग्राम ला.औ.गाँजा बरामद गरि
निज सहित मो.सा. चालक ऐ.ऐ. बस्ने अं. बर्ष १५ को चुन चुन महतो र मो.सा. सहित दुवै
जनालाई नियन्त्रणमा थप अनुसन्धान कार्य भईरहेको ।
२.
पर्सा, मिति २०८०।३।१६ गते अं. १७:०० बजेको समयमा जिल्ला पर्सा बि.म.न.पा. वडा नं.१६ चालिस
फिटेरोड स्थितमा प्र.चौ.बसपार्कबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला
बारा निजगढ न.पा. २ बस्ने फुर्वा ब. दनालको छोरा अं. बर्ष २३ को नितेश दनालको साथबाट
ला.औ. Nitrazepam ३ पत्ता (४५ ट्याब्लेट) र ऐ.ऐ. बस्ने भुवन
ब. अस्थानी मगरको छोरा अं. बर्ष २३ को तेज ब. अस्थानी मगरको साथबाट ला.औ. Nitrazepam
४२ पत्ता ( ६२९ ट्याब्लेट) फेला पारी ला.औ. सहित निजहरुलाई
नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी वडा प्रहरी कार्यालय श्रीपुर पर्सामा
पठाएको ।
३. पर्सा, मिति २०८०।०३।१६ गते अं.२०:०० बजेको समयमा जिल्ला
पर्सा बहुदरमाई गा.पा.७ भौटराटार स्थितमा ऐ. बस्ने साईकल यात्री बर्ष ६५ को
महेन्द्र महतोले ला.औ.बोकी ल्याउँदै छ भन्ने खबर प्राप्त हुना साथ प्रहरी चौकी
डकैलाबहुअरी पर्साबाट प्र.स.नि. र अ.प्र.पोष्ट बिन्दबासिनिबाट प्र.स.नि. को
कमाण्डमा खटिएको संयुक्त गस्ति टोलिले शंका लागि निजलाई रोकि चेकजाँच गर्दा निजले
साईकलको पछाडि झोला भित्र प्लास्टिकले बेरी ल्याउँदै गरोको गाँजाको धुलो १ के.जि.
फेला पारि उक्त मानिस र गाँजा सहित आवश्यक
कार्वाहीको लागि ई.प्र.का.पोखरिया पठाईएको ।
४. बारा, मिति २०८०।०३।१६ गते अं.२०:३० बजेको समयमा जिल्ला
बारा कलैया उ.म.न.पा-१० नहर चोक स्थितमा प्र.चौ. मटिअर्वा, बाराबाट प्र.ना.नि.को
कमाण्डमा खटिगएको चेकिङ टोलिले मटिअर्वाबाट कलैया तर्फ जाँदै गरेको ना.३ प. १८९९
नं.को मो.सा.लाई चेकजाँच गर्ने क्रममा मो.सा. चालक जिल्ला बारा कलैया उ.म.न.पा-१३
बलिरामपुर बस्ने ताराचन साहको छोरा अं. वर्ष २० को दिपेश साहको साथबाट १५ पिस
नाईट्रोभेट ट्याब्लेट फेला परेकोमा निजलाई मो.सा र सामान सहित नियन्त्रणमा लिई प्र.चौ.
मटिअर्वा बारामा ल्याई अनुसन्धान कार्य भईरहेको ।
५. सप्तरी, मिति २०८०/०३/१६ गते
अं. १२:४७ बजेको समयमा जिल्ला सप्तरी तिलाठी कोइलाडी गा.पा वडा नं.१ भन्सार चौक स्थित
नेपालबाट अवैध रुपमा चोरी निकासी गरी मो.सा.मा लोड गरी अं.५ किलो गाँजा भारत तर्फ लाँदै गरेको अवस्थामा प्र.चौ. तिलाठी सप्तरीबाट प्र.ना.नि. को कमाण्डमा
र BOP तिलाठी सप्तरीमाबाट सशस्त्र प्रहरी बलको प्र.ह.को
कमाण्डमा खटिएको संयुक्त चेकिङ्ग टोलीलाई देखि गाँजा
फाली मो.सा. लिई मानिस फरार रहेको उक्त गाँजा सशस्त्र प्रहरी बलको कार्यालय BOP
तिलाठी सप्तरीमा राखिएको ।