लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०३-१८
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०।०३।१७ गते अं. १०:०० बजेको
समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. वडा
नं. १४ गण्डक चौक स्थितमा प्रहरी चौकी पर्साबाट प्र.स.नि. को कमाण्डमा खटिएको
चेकिङ् टोलीले चेकजाँच गर्ने क्रममा बिरगंज तर्फबाट आउँदै गरेको पैदल यात्री जिल्ला
मकवानपुर हेटौंडा उ.म.न.पा. वडा नं. ५ बस्ने सुर्य बहादुर लामाको छोरा अं. बर्ष २९
को बिर बहादुर लामा माथी शंका लागि रोकी निजको शरीर चेकजाँच तथा पछाडी बोकेको झोला
खोली हर्दा उक्त झोला भित्र प्रतिबन्धित ला.औ. Tramadol tab २४१ पत्तामा
(२४१० पिस) फेला परेकोले ला.औ. सहित निजलाई
नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व.प्र.का. श्रीपुर तर्फ पठाएको ।
२.
रौतहट, मिति २०८०।०३।१७ गते बिहान अं.०९:३०
बजेको समयमा प्र.स.नि.को कमाण्डमा खटिएको मोबाईल गस्ती टोलीले गस्ती गर्दै जाने
क्रममा जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ४ डाडाँटोल स्थितमा नशालु पदार्थ
सेवन गरी मानिसहरु हो हल्ला गरिरहेको भन्ने खबर प्रहरी कन्ट्रोलबाट सूचना प्राप्त
भई उक्त स्थानमा प्र.स.नि. को कमाण्डमा ५ जना को टोली खटि जाँदा नर बहादुर
श्रेष्ठको घर आँगनमा निजको छोरा अं. वर्ष २९ को सागर श्रेष्ठ र ऐ. बस्ने देब
बहादुर घिमिरेको छोरा अं. वर्ष २८ को ओम प्रकाश घिमिरे दुवै जना प्रतिबन्धित लागु
औषध खैरो हिरोईन (ब्राउन सुगर) जस्तो देखिने पदार्थ तौल गर्दा ३० मिलिग्राम,
लागुऔषध गाँजाको बिउ १.५ ग्राम, खैरो हिरोईन सेवन गर्नको लागी नेपाली
रु. ५ को नोट दरको थान ४ बेरेर राखेको अवस्थामा फेला परेकोले निजहरुलाई तत्कालै
पक्राउ गरी आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय चन्द्रचिगाहपुर, रौतहटमा
ल्याई राखिएको ।