लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०३-२०
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०।०३।१९ गते अं. १८:३० बजेको समयमा जिल्ला पर्सा
पोखरिया न.पा. वडा नं. ६ सिर्सिया स्थितमा सिर्सियाबाट मानिपुर तर्फ जाँदै गरेको BR22AW7601 नं.को
मो.सा.को बिचमा बोरामा राखि गाँजा ल्याउँदैछ भन्ने खबर प्राप्त हुना साथ ई.प्र.का.
पोखरिया पर्साबाट प्र.नि.को कमाण्डमा टोलि खटिगई उक्त नं.को मो.सा रोकी चेकजाँच
गर्दा बोरा भित्र झोलामा लुकाई छिपाई ल्याउँदै गरेको अं. ६ के.जि. ला.औ. गाँजा
फेला पारी गाँजा, मो.सा. सहित मो.सा. चालक जिल्ला पर्सा कालिकामाई गा.पा. ५ बस्ने
बर्ष ३२ को रन्जित कुमार राउत र सोही मो.सा.
पछाडि सवार ऐ. बस्ने बर्ष २८ को जितेन्द्र कुमार महतोलाई नियन्त्रणमा लिई आवश्यक
कार्वाहिको लागि ई.प्र.का. पोखरीयामा ल्याई राखिएको ।
२.
पर्सा, मिति
२०८०/०३/१९ गते अं. १९:३० बजेको समयमा जि.पर्सा बि.म.न.पा.वडा नं. १६ रजतजयन्ति
चौक स्थितमा प्र.चौ. ईनर्वा पर्साबाट खटिएको प्र.स.नि.को टोली र ला.औ. ब्युरो शाखा
कार्यालय बिरगंजबाट खटिएको संयुक्त चेकिङ टोलिले चेकजाँच गर्ने क्रममा जि. मकवानपुर
हेटौंडा उ.म.न.पा. ८ कमाने बस्ने सोम बहादुर राईको छोरा अं. बर्ष २९ को राजु राईको
साथबाट ला.औ. खैरो हिरोईन जस्तो देखिने पदार्थ २ पुरियामा अं.१ ग्राम फेला पारी
ला.औ. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व.प्र.का. बिर्तामा
ल्याई राखिएको ।
३.
पर्सा, मिति २०८०।०३।१९ गते
अं. ८:४५ बजेको समयमा जिल्ला पर्सा बिरगंज
महानगपालिका वडा नं.१६ रतजयन्ति चौक स्थित प्र.चौ ईनर्वा पर्सा र लागु औषध ब्युरो
शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको संयुक्त
चेकिङ टोलिले चेकजाँच गर्ने क्रममा जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा वडा नं.८
कमामे टोल बस्ने दुर्गा शर्माको छोरा बर्ष २४ को ईश्वर शर्माले भारत रक्सौलबाट
बिरगंज तर्फ पैदल आउँदै गरेको अबस्थामा निजलाई चेकजाँच गर्दा निजले लगाएको जिन्स
पाईन्टको खल्तिमा लागु औषध नाईट्राभेट ट्याब्लेट ७५ पिस फेला परेको हुँदा आवश्यक
कार्वहीको लागि वडा प्रहरी कार्यालय विर्ता पर्सामा ल्याइएको ।
४.
बारा, मिति २०८०।०३।१९ गते अं.१६:०० बजेको
समयमा जि.बारा निजगढ न.पा. ११ उनासिकिलो पुल स्थित पुर्व पश्चिम लोक मार्ग सडक
खण्डमा प्र.स.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले पोखराबाट जनकपुर तर्फ आउँदै
गरेको ग १ ख ९९२८ नं.को बस
A साईटको सिट नं. ६मा बसि सवार
जिल्ला धनुषा ढल्केवर न.पा. वडा नं.७ केमलीपुर बस्ने रामबली साहको श्रीमती
अं. बर्ष ३० कि राम पुकारी साहले आफ्नो साथमा रहेको कालो झोलामा लुकाई छिपाई राखेको अं. ६ किलो ५०० ग्राम ला.औ. (गाँजा),
बस, बस चालक जिल्ला पर्वत कुश्मा न.पा. वडा नं.८ बस्ने बर्ष अं.४५ को कमल दमाई र
सह-चालक जिल्ला तनहुँ ब्यास न.पा.११ बस्ने अं. बर्ष २१ को अमित लम्साललाई नियन्त्रणमा
लिई ई.प्र.का. निजगढ बारामा राखिएको ।
५.
सर्लाही, मिति २०८०।०३।१९ गते अं. १६:३०
बजेको समयमा जिल्ला सर्लाही हरिपुर न.पा.४ हरैया स्थित नवलपुर-मलंगवा सडक खण्डमा ई.प्र.का.
हरिपुर सर्लाहीबाट प्र.ना.नि. को कमाण्डमा खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने
क्रममा मलंगवाबाट नवलपुर तर्फ जाँदै गरेको ज २ प ३१९६ नं.को मो.सा.लाई चेकजाँच
गर्दा मो.सा.को डिकी भित्र रहेको COREX-३९ पिस बरामद गरि
उक्त ला.औ., मो.सा.र निम्न मानिसहरु सहित नियन्त्रणमा लिई ई.प्र.का. हरिपुर
सर्लाहीमा ल्याई राखेको ।
निम्नः-
१.
मो.सा. चालक जिल्ला सर्लाही हरिवन न.पा.२
अतरौली बस्ने झरीलाल महतोको छोरा अं.बर्ष १६ को गणेश कुमार महतो ।
२.
मो.सा. पछाडी सवार ऐ.ऐ.बस्ने सत्य नारायण
महतोको छोरा अं.बर्ष १७ को राजकुमार महतो ।