लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०३-२१
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०।०३।२० गते अं.१७:३५ बजेको
समयमा जिल्ला पर्सा बिरगंज म.न.पा.वडा नं.१६ भानुचौक स्थितमा प्रहरी चौकी बसपार्कबाट प्र.ब.ह.को कमाण्डमा खटिएको प्रहरी
टोलीले चेकजाँच गर्ने क्रममा ईनर्वाबाट बसपार्क तर्फ आउँदै गरेको पैदल यात्री
जिल्ला पर्सा बिरगंज म.न.पा.वडा नं.१६ रामटोल बस्ने सुशिल सिंहको छोरा अं. वर्ष १९
को मनिष सिंह माथि शंका लागि रोकी चेकजाँच गर्दा निजको साथबाट ३ पुरिया सानो ब्राउन
सुगर जस्तो देखिने र १ पुरिया सेतो चरेश जस्तो देखिने ला.औ. पदार्थ फेला परेको
हुदाँ निजलाई ला.औ. सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि
व.प्र.का.श्रीपुरमा पठाईएको ।
२.
धनुषा, मिति २०८०।०३।२० गते अं. १७:०० बजेको
समयमा जिल्ला धनुषा जनकपुर उ.म.न.पा. १४ स्थितमा व.प्र.का. मुजेलिया धनुषाबाट
प्र.ना.नि.को.को कमाण्डामा ५ जनाको खटिएको गस्ती टोलीले जिल्ला धनुषा जनकपुर
उ.म.न.पा. १४ रजौल बस्ने गरजु मुखियाको छोरा अं. वर्ष २० को अरविन्द मुखिया, ऐ.ऐ.
बस्ने श्रीप्रसाद मुखियाको छोरा अं. बर्ष २२ को रंजित मुखिया र ऐ.ऐ. बस्ने रियाशय
मन्सुरीको छोरा अं. वर्ष २१ को सोयल मन्सुरीलाई
लागु औषत नाईट्रोभेट ट्याब्लेट २०८ पिस (७ पत्ता), पेन्टा जोसिन ४१ पिस (९
पत्ता), जओनि मोवाईल १थान र घडी ३ थान सहित
३ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी जि.प्र.का. धनुषामा पठाईएको ।