लागुऔषध गाँजा सहित ट्रक नियन्त्रणमा
२०८०-०३-२७
- A
- A-
- A+
१.
बारा, मिति २०८०।०३।२६ गते अं.०७:०० बजेको
समयमा बिशेष सुचनाको आधारमा ना.१.क.३२०५ न.को ट्रकलाई ई.प्र.का. अम्लेखगंज बाराबाट
प्र.ब.ना.नि.को कमाण्डमा खटिएको टोलीले खोजतलास गर्ने क्रममा ऐ. ०७:२० बजे जिल्ला बारा
जितपुरसिमरा उ.म.न.पा.२२ पूर्व-पश्चिम लोकमार्ग सडक खण्डको चुरिया माई मन्दिर नजिक
सडकको पूर्व साईडको नालामा पल्टिएको अवस्थामा रहेको ट्रकलाई चेक जाँच गर्दा सामान
लोड गर्ने पछाडीको भागमा फल्स डब्बा भित्रबाट प्लास्टिकको ५ बोरा अं. १०५ के.जी.
लागुऔषध गाँजा बरामद गरी नियन्त्रणमा लिई कार्यालय ल्याईएको, ट्रक चालक फरार खो.त.
कार्य भईरहेको ।