प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ला.औ.सहित मानिस नियन्त्रणमा

२०८०-०३-२८

  • A
  • A-
  • A+
Share


१.      पर्सा, मिति २०८०।०३।२७ गते अं.११:०० बजेको समयमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चौक स्थित सडकमा प्र.चौ. ईनर्वाबाट खटिएको प्रहरी टोलीले आवत जावत गर्ने सवारी साधन तथा मानिसहरु समेतको चेक जाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट नेपालको बिरगंज तर्फ एक जना पुरुष व्यक्तिले हातमा कालो प्लाष्टिक बोकी शंकास्पद अवस्थामा पैदल हिंडी आईरहेकोमा निजलाई रोकी निजसंग सोधपुछ गर्दा निजले आफ्नो नाम,थर,वतन जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.२० बस्ने लक्ष्मी प्रसाद साहको छोरा बर्ष ३३ को तिर्थनारायण साहको शरीर र हातमा बोकी आएको कालो प्लाष्टिक समेत चेकजाँच गर्दा लागू औषध PHENARGAN 2ml लेखिएको ईन्जेक्शन १०० एम्पुल र सोही कालो प्लाष्टिकमा रहेको Bikaji कुछ-कुछ लेखिएको पाकेट भित्र NOOPHIN 2ml लेखिएको ईन्जेक्शन १०० एम्पुल र सोही कालो प्लाष्टिकमा रहेको Bikaji बिकामेरी भुजिया लेखिएको पाकेट भित्र DIAZEPAM IP लेखिएको ईन्जेक्शन १०० एम्पुल गरी जम्मा लागू औषध ईन्जेक्शन ३०० (तिन सय) एम्पुल फेला परेकोमा निज तिर्थनारायण साहलाई नियन्त्रणमा लिई प्रहरी चौकी ईनर्वा पर्सामा ल्याई राखिएको ।

 

२.      पर्सा, मिति २०८०।०३।२७ गते अं. २३:४५ बजेको समयमा जिल्ला पर्सा बीरगंज म.न.पा.-८ स्थित लिंक रोडमा प्रहरी चौकी बसपार्क पर्साबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले पैदलयात्री जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.-२ बस्ने बर्ष-२२ को समिर अंसारी माथी शंका लागी रोकी चेकजाँच गर्दा निजले बोकेको झोलाबाट ला.औ. गाँजा १०० ग्राम र नाईट्रोभेट ट्याब्लेट १२ पिस फेला परेको हुँदा निजलाई उक्त ला.औ. सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी व.प्र.का. श्रीपुरमा पठाईएको साथै जि.पर्सा बिरगंज म.न.पा.वडा नं.१६ भानु चौक स्थित जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा.वडा नं.७ बस्ने चन्द्र बहादुर मुक्ततानको छोरा अं. बर्ष १८ को सुजन मोक्तानलाई शंकास्पद तरीकाले बसमा चढ्न खोज्दा प्रहरी चौकी बसपार्क पर्साबाट प्र.ब.ना.नि. समेतको प्रहरी टोलिले चेकजाँच गर्दा निजले लगाएको ज्याकेटको गोजिबाट  Nitrazepam Tablet- २ पत्ता (३० पिस) फेला परेको हुँदा आवश्यक कार्वाहीको लागि व.प्र.का. श्रीपुर पर्सामा पठाईएको ।

 

३.      पर्सा, मिति २०८०।०३।२७ गते बिहान अं.१०:३० बजेको समयमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.१६ स्थित सडकमा प्रहरी चौकी ईनर्वाबाट र सशस्त्र प्रहरी समेतको संयुक्त प्रहरी टोलीले नेपाल, भारत आवत जावत गर्ने सवारी साधन तथा मानिसहरु समेतको चेक जाँच गर्ने क्रममा नेपालको बिरगंज तर्फबाट भारतको रक्सौल तर्फ २ जना पुरुष मानिस BR 22 M 4206 को पल्सर मोटरसाईकलमा सवार भई आएकोमा शंका लागी निजहरुलाई रोकी निजहरुसंग सोधपुछ गर्दा मोटरसाईकल चालकले आफ्नो नाम,थर,वतन जिल्ला पर्सा पटेर्वा सुगौली गाउँपालिका वडा नं.५ बस्ने बर्ष ३५ को सत्यनारायण माझी र मोटरसाईकल पछाडी सवार रहेका मानिसले आफ्नो नाम,थर,वतन ऐ.ऐ.बस्ने बर्ष ४० को प्रहलाद माझी भनि बताएकोमा कानुन बमोजिम निजहरुको शरिर र मोटरसाईकल समेत चेकजाँच एवं खानतलासी गर्दा सो BR 22M 4206 को पल्सर मोटरसाईकलको ट्याङकी खोली हटाई हेर्दा सोही ट्याङकीको तल भागमा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध चरेश जस्तो देखिने पदार्थ ३० पाकेटमा जम्मा १५ किलो ३१० ग्राम रहेकोमा उक्त लागू औषध समेत रित पूर्वक बरामद गरी निज सत्यनारायण माझी र प्रहलाद माझी समेतलाई नियन्त्रणमा लिई प्रहरी चौकी ईनर्वा पर्सामा ल्याई राखिएको ।

 

४.      रौतहट, मिति २०८०/०३/२७ गते अन्दाजी १७:३० बजेको समयमा जिल्ला रौतहट चन्द्रपुर न.पा. वडा नं १० चेतनगर बजारमा बिशेष सुचनाको आधारमा प्रहरी चौकी चेतनगर, रौतहटबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला सर्लाही गडैता न.पा.३  घर भई हाल चेतनगर बजारमा कपाल काट्ने सैलुन खोली बस्ने अं. बर्ष-१८ को किसन ठाकुर र जिल्ला रौतहट बृन्दावन न.पा. ९ बस्ने अं. बर्ष-३८ को हरिन्द्र साहले ऐ.चेतनगर बजारमा १३ वटा प्लाष्टिकको पुरियामा जम्मा ८७ ग्राम (सतासी ग्राम) लागु औषध गाँजा बेच्दै गरेको अवस्थामा निजहरु दुवै जनालाई उक्त गाँजा सहित नियन्त्रणमा लिई आवाश्यक कार्वाहिको लागि ई.प्र.का.चपुरमा पठाइएको ।

 

 

 

५.      धनुषा, मिति २०८०/०३/२७ गते अं. १६:३० बजेको समयमा जिल्ला धनुषा मिथिला नगरपालिका वडा न. १० लालगढ बजार स्थित पूर्व-पश्चिम लोक मार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ५९ प ८४७७ न. को मो.सा. लाई गोप्य सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा, मो.सा. चालकले बोकेको बोरा भित्र रहेको प्रतिबन्धित लागु औषधी Exiplon १०० ml को ११ बोतल, नाईट्राभेट १५ चक्कि, मो.सा., मो.सा. चालक जिल्ला सिन्धुली कमलामाई नगरपालिका वडा न.७ बस्ने अं. वर्ष २४ को सुमेश देवकोटालाई नियन्त्रणमा लिई ई.प्र.का.ढल्केबरमा ल्याई राखेको ।

 

६.      सिरहा, मिति २०८०।०३। २७ गते अं. ०९:०० बजेको समयमा जिल्ला सिरहा औरही गा.पा.५ स्थित प्रहरी चौकी औरहीबाट  प्र.ना.नि. को कमाण्डमा खटिगएको टोलीले उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको DL11 SW 9231 नं. को मो.सा.लाई रोकी चेक जाँच गर्दा उक्त मो.सा.मा कालो रातो झोलामा बोकी ल्याएको अं. ८ कि.ग्रा. अबैध ला.औ. गाँजा फेला परेकोले मो.सा. चालक देश भारत जिल्ला मधुवनी लक्ष्मी गाउँ बस्ने अं. बर्ष १९ को चन्दन कुमार साह भारतीलाई मो.सा. सहित पक्राउ गरी प्रहरीचौकी औरही सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

 

७.      सप्तरी,  मिति २०८०।०३।२७ गते १६:४५ बजेको समयमा जिल्ला सप्तरी सु.न.पा. १ पन्ध्र कठ्ठे टोल बस्ने अनोज कुमार केसी र निजको श्रीमती कबिता केसीले संचालन गरेको कुखुरा फर्ममा ऐ.ऐ बस्ने पोस्ट राज परियार र घनश्याम राउत समेत गरी ४ जना मिलि ला.औ.को कारोबार गरिरहेको छ भनि खबर प्राप्त हुन साथ ई.प्र.का. भेडिया, सप्तरीबाट प्र.नि.को कमाण्डमा टोलि खटि गई SPASMO-PRPXYVOA plus लेखिएको टेब्लेट २२४ थान , DIALAX-DC उल्लेख भएको १००ml रहेको ५२ बोतल, लेबल केरमेट तथा उप्काईएको १००ml को १०७ बोतल र ला.औ. गाँजा २०० ग्राम सहित २ जना अनोज कुमार केसी र घनश्याम राउतलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि ई.प्र.का.कडरबोना सप्तरी तर्फ पठाईएको र २ जना फरार खो.त कार्य जारी रहेको । 

सम्बन्धित समाचार
लागु औषध र मोटरसाईकल सहित मानिस नियन्त्रणमा
२०८०-०६-१०

सर्लाही, मिति २०८०।०६।०९ अं. ०५:४५ बजेको समयमा जि.सर्लाही बलरा न.पा. ७ स्थित  मधुबनी बरहथवा सडक खण्डमा ई.प्र.का. गडहिया सर्लाहीबाट प्र.स.नि. को कमाण्डमा खटिएको गस्ती टोलीले डुमरियाबाट रोहुवा तर्फ जाँदै गरेको BR30H8326 नं. को मो.सा.लाई चेक जाँच गर्दा उक्त मो.सा. चालक र पछाडी सवार  निम्न स्थान बस्ने  निम्न ला.औ. फेला पारी नियन्त्रणमा लिई ला.औ.र मो.सा. सहित  ३ जना मानिसहरुलाई ई.प्र.का. गडहिया सर्लाहीमा ल्याई राखिएको ।निम्न:१) मो.सा. चालक ऐ.ऐ. बस्ने अं. वर्ष २४ को अंकित सिंहको साथबाट केही फेला नपरेको ।२) सोही मो.सा. पछाडी सवार ऐ.ऐ. बस्ने अं. वर्ष २१ को सौरभ महराको साथबाट नाइट्रोजेपाम ८ पिस र १ सानो पुरिया गाँजा फेला परेको । ३)  सोही मो.सा. मा पछाडी सवार ऐ.ऐ. बस्ने अं. वर्ष ३० को सुमित रंजन सिंहको साथबाट १ सानो पुरिया गांजा फेला परेको ।

भन्सार छलीका सामान पक्राउ
२०८०-०६-१०

१.      सिरहा, मिति २०८०।०६।०९ गते अं. २०:०० बजेको समयमा जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नं. ६ कटारी चोक देखि पश्‍चिम सडकको किनारमा बोरामा बेवारिसे अवस्थामा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको खुद्रा सामानहरु अं. मु. रू. ३,८७,६५०/- (तीन लाख सतासी हजार छ सय पचास) बराबरको सामानहरु तालुक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट सादा पोसाकमा खटिएको प्रहरी टोली र ई.प्र.का. मिर्चैयाबाट QRT प्र.ह. को कमाण्डमा खटिएको प्रहरी टोलीले फेला पारी रित पुर्वक बरामद गरी ई.प्र.का. मिर्चैयामा ल्याई राखेको ।  २.      सिरहा, मिति २०८०।०६।०९ गते अं.१०:३० बजेको समयमा जिल्ला सिरहा गोलबजार न.पा.६ स्थित पूर्व पश्चिम लोकमार्गमा ई.प्र.का. गोलबजार सिरहाबाट प्र.नि. को कमाण्डमा सशस्त्र प्रहरी समेतको संयुक्त टोलीले चेक प्वाईन्ट थापी चेक जाँच गर्ने क्रममा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको नम्बर प्लेट नभएको मो.सा. रोक्न खोज्दा मो.सा.र झोला छाडी मो.सा.चालक भागी फरार भएकोले तत्काल झोला सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिई झोला चेकजाँच गर्दा झोला भित्र भन्सार छली ल्याएको निम्न मुल्य बराबरको मोवाईल थान -१८ र उक्त मो.सा.समेत नियन्त्रणमा लिई सशस्त्र प्रहरी बेस गोलबजार मार्फत उक्त समान भन्सार पठाउने कार्य भईरहेको ।निम्न सामानहरुः-१. रेडमी मोवाईल 12C-४ थानको प्रतिगोटा १४,०००।–को दरले अं.मु.रु.५६,०००।–२. रेडमी मोवाईल A2-१० थानको प्रतिगोटा १२,०००।– को दरले अं.मु.रु.१,२०,०००।–३. स्मार्ट मोवाईल HD-४ थानको प्रतिगोटा १४,५००।– को दरले अं.मु.रु.५८,०००।– ४. नम्बर पलेट नभएको यामाहा कम्पनिको MT 15,च्यासिस नं.-MEIRG6866P0006797, ईन्जिन नं.-G3N4E0512176 को मो.सा.को अं.मु.रु.२,५०,०००।–  गरी जम्मा अं.मु.रु.४,८४,०००।–

युरिया मल नियन्त्रणमा
२०८०-०६-०९

सर्लाही, मिति २०८०।०६।०८ गते अ. १६:४५ बजे जिल्ला सर्लाही हरिवन न.पा. ११ स्थितमा रहेको सानिमा बैंक अगाडि खाली जग्गामा ना ३ च ८०२९ नं. को बलेरो पिकअप गाडीमा भन्सार छली चोरी निकासी, पैठारी गरी ल्याएको युरिया मल छ भन्ने बिशेष सुचनाको आधारमा ई.प्र.का. हरिवन सर्लाहीबाट प्र.नि. को कमाण्डमा ७ जनाको टोली ऐ. १७:०० बजे उक्त स्थानमा पुगि हेर्दा उक्त गाडीमा (प्रति बोरा ४५ के.जि.) को दरले ५१ बोरा युरिया मल फेला परेकोले उक्त नम्बरको गाडी र मलधनी जिल्ला रौतहट चन्द्रपुर न.पा. ६ बस्ने अं. वर्ष ४८ को राज किशोर साह समेतलाई नियन्त्रणमा लिई थप अनसन्धान कार्य भई रहेको, गाडी चालक फरार रहेको ।