प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ला.औ.सहित मानिस नियन्त्रणमा

२०८०-०३-२८

  • A
  • A-
  • A+
Share


१.      पर्सा, मिति २०८०।०३।२७ गते अं.११:०० बजेको समयमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चौक स्थित सडकमा प्र.चौ. ईनर्वाबाट खटिएको प्रहरी टोलीले आवत जावत गर्ने सवारी साधन तथा मानिसहरु समेतको चेक जाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट नेपालको बिरगंज तर्फ एक जना पुरुष व्यक्तिले हातमा कालो प्लाष्टिक बोकी शंकास्पद अवस्थामा पैदल हिंडी आईरहेकोमा निजलाई रोकी निजसंग सोधपुछ गर्दा निजले आफ्नो नाम,थर,वतन जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.२० बस्ने लक्ष्मी प्रसाद साहको छोरा बर्ष ३३ को तिर्थनारायण साहको शरीर र हातमा बोकी आएको कालो प्लाष्टिक समेत चेकजाँच गर्दा लागू औषध PHENARGAN 2ml लेखिएको ईन्जेक्शन १०० एम्पुल र सोही कालो प्लाष्टिकमा रहेको Bikaji कुछ-कुछ लेखिएको पाकेट भित्र NOOPHIN 2ml लेखिएको ईन्जेक्शन १०० एम्पुल र सोही कालो प्लाष्टिकमा रहेको Bikaji बिकामेरी भुजिया लेखिएको पाकेट भित्र DIAZEPAM IP लेखिएको ईन्जेक्शन १०० एम्पुल गरी जम्मा लागू औषध ईन्जेक्शन ३०० (तिन सय) एम्पुल फेला परेकोमा निज तिर्थनारायण साहलाई नियन्त्रणमा लिई प्रहरी चौकी ईनर्वा पर्सामा ल्याई राखिएको ।

 

२.      पर्सा, मिति २०८०।०३।२७ गते अं. २३:४५ बजेको समयमा जिल्ला पर्सा बीरगंज म.न.पा.-८ स्थित लिंक रोडमा प्रहरी चौकी बसपार्क पर्साबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले पैदलयात्री जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.-२ बस्ने बर्ष-२२ को समिर अंसारी माथी शंका लागी रोकी चेकजाँच गर्दा निजले बोकेको झोलाबाट ला.औ. गाँजा १०० ग्राम र नाईट्रोभेट ट्याब्लेट १२ पिस फेला परेको हुँदा निजलाई उक्त ला.औ. सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी व.प्र.का. श्रीपुरमा पठाईएको साथै जि.पर्सा बिरगंज म.न.पा.वडा नं.१६ भानु चौक स्थित जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा.वडा नं.७ बस्ने चन्द्र बहादुर मुक्ततानको छोरा अं. बर्ष १८ को सुजन मोक्तानलाई शंकास्पद तरीकाले बसमा चढ्न खोज्दा प्रहरी चौकी बसपार्क पर्साबाट प्र.ब.ना.नि. समेतको प्रहरी टोलिले चेकजाँच गर्दा निजले लगाएको ज्याकेटको गोजिबाट  Nitrazepam Tablet- २ पत्ता (३० पिस) फेला परेको हुँदा आवश्यक कार्वाहीको लागि व.प्र.का. श्रीपुर पर्सामा पठाईएको ।

 

३.      पर्सा, मिति २०८०।०३।२७ गते बिहान अं.१०:३० बजेको समयमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.१६ स्थित सडकमा प्रहरी चौकी ईनर्वाबाट र सशस्त्र प्रहरी समेतको संयुक्त प्रहरी टोलीले नेपाल, भारत आवत जावत गर्ने सवारी साधन तथा मानिसहरु समेतको चेक जाँच गर्ने क्रममा नेपालको बिरगंज तर्फबाट भारतको रक्सौल तर्फ २ जना पुरुष मानिस BR 22 M 4206 को पल्सर मोटरसाईकलमा सवार भई आएकोमा शंका लागी निजहरुलाई रोकी निजहरुसंग सोधपुछ गर्दा मोटरसाईकल चालकले आफ्नो नाम,थर,वतन जिल्ला पर्सा पटेर्वा सुगौली गाउँपालिका वडा नं.५ बस्ने बर्ष ३५ को सत्यनारायण माझी र मोटरसाईकल पछाडी सवार रहेका मानिसले आफ्नो नाम,थर,वतन ऐ.ऐ.बस्ने बर्ष ४० को प्रहलाद माझी भनि बताएकोमा कानुन बमोजिम निजहरुको शरिर र मोटरसाईकल समेत चेकजाँच एवं खानतलासी गर्दा सो BR 22M 4206 को पल्सर मोटरसाईकलको ट्याङकी खोली हटाई हेर्दा सोही ट्याङकीको तल भागमा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध चरेश जस्तो देखिने पदार्थ ३० पाकेटमा जम्मा १५ किलो ३१० ग्राम रहेकोमा उक्त लागू औषध समेत रित पूर्वक बरामद गरी निज सत्यनारायण माझी र प्रहलाद माझी समेतलाई नियन्त्रणमा लिई प्रहरी चौकी ईनर्वा पर्सामा ल्याई राखिएको ।

 

४.      रौतहट, मिति २०८०/०३/२७ गते अन्दाजी १७:३० बजेको समयमा जिल्ला रौतहट चन्द्रपुर न.पा. वडा नं १० चेतनगर बजारमा बिशेष सुचनाको आधारमा प्रहरी चौकी चेतनगर, रौतहटबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला सर्लाही गडैता न.पा.३  घर भई हाल चेतनगर बजारमा कपाल काट्ने सैलुन खोली बस्ने अं. बर्ष-१८ को किसन ठाकुर र जिल्ला रौतहट बृन्दावन न.पा. ९ बस्ने अं. बर्ष-३८ को हरिन्द्र साहले ऐ.चेतनगर बजारमा १३ वटा प्लाष्टिकको पुरियामा जम्मा ८७ ग्राम (सतासी ग्राम) लागु औषध गाँजा बेच्दै गरेको अवस्थामा निजहरु दुवै जनालाई उक्त गाँजा सहित नियन्त्रणमा लिई आवाश्यक कार्वाहिको लागि ई.प्र.का.चपुरमा पठाइएको ।

 

 

 

५.      धनुषा, मिति २०८०/०३/२७ गते अं. १६:३० बजेको समयमा जिल्ला धनुषा मिथिला नगरपालिका वडा न. १० लालगढ बजार स्थित पूर्व-पश्चिम लोक मार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ५९ प ८४७७ न. को मो.सा. लाई गोप्य सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा, मो.सा. चालकले बोकेको बोरा भित्र रहेको प्रतिबन्धित लागु औषधी Exiplon १०० ml को ११ बोतल, नाईट्राभेट १५ चक्कि, मो.सा., मो.सा. चालक जिल्ला सिन्धुली कमलामाई नगरपालिका वडा न.७ बस्ने अं. वर्ष २४ को सुमेश देवकोटालाई नियन्त्रणमा लिई ई.प्र.का.ढल्केबरमा ल्याई राखेको ।

 

६.      सिरहा, मिति २०८०।०३। २७ गते अं. ०९:०० बजेको समयमा जिल्ला सिरहा औरही गा.पा.५ स्थित प्रहरी चौकी औरहीबाट  प्र.ना.नि. को कमाण्डमा खटिगएको टोलीले उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको DL11 SW 9231 नं. को मो.सा.लाई रोकी चेक जाँच गर्दा उक्त मो.सा.मा कालो रातो झोलामा बोकी ल्याएको अं. ८ कि.ग्रा. अबैध ला.औ. गाँजा फेला परेकोले मो.सा. चालक देश भारत जिल्ला मधुवनी लक्ष्मी गाउँ बस्ने अं. बर्ष १९ को चन्दन कुमार साह भारतीलाई मो.सा. सहित पक्राउ गरी प्रहरीचौकी औरही सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

 

७.      सप्तरी,  मिति २०८०।०३।२७ गते १६:४५ बजेको समयमा जिल्ला सप्तरी सु.न.पा. १ पन्ध्र कठ्ठे टोल बस्ने अनोज कुमार केसी र निजको श्रीमती कबिता केसीले संचालन गरेको कुखुरा फर्ममा ऐ.ऐ बस्ने पोस्ट राज परियार र घनश्याम राउत समेत गरी ४ जना मिलि ला.औ.को कारोबार गरिरहेको छ भनि खबर प्राप्त हुन साथ ई.प्र.का. भेडिया, सप्तरीबाट प्र.नि.को कमाण्डमा टोलि खटि गई SPASMO-PRPXYVOA plus लेखिएको टेब्लेट २२४ थान , DIALAX-DC उल्लेख भएको १००ml रहेको ५२ बोतल, लेबल केरमेट तथा उप्काईएको १००ml को १०७ बोतल र ला.औ. गाँजा २०० ग्राम सहित २ जना अनोज कुमार केसी र घनश्याम राउतलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि ई.प्र.का.कडरबोना सप्तरी तर्फ पठाईएको र २ जना फरार खो.त कार्य जारी रहेको । 

सम्बन्धित समाचार
बिचौलिया नियन्त्रणमा ।
२०८३-०२-०१

१.      पर्सा, विरगंज महानगरपालिका ०३ स्थित मालपोत कार्यालय विरगंज परिसरबाट २ जना बिचौलियालाई बिहिबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बारा बिश्रामपुर गाउँपालिका ०२ बस्ने रमेश राउत कुर्मीको छोरा अन्दाजी बर्ष २४ को बृजलाल पटेल र पर्सा बहुदरमाई नगरपालिका ०६ बस्ने रामचन्द्र साहको छोरा अन्दाजी बर्ष ४७ को बृज नारायण प्रसाद रहेका छन् । सेवाग्राहीहरुलाई दु:ख हैरानी दिई काम छिटो गराई दिने बहानामा रकम (पैसा) माग्ने व्यक्तिहरुलाई वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । धनुषा, जनकपुर उप-महानगरपालिका १४ स्थित यातायात व्यवस्था कार्यालय मुजेलिया परिसरबाट ३ जना बिचौलियालाई बिहिबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जनकपुर उप-महानगरपालिका ०२ धनुषा बस्ने अन्दाजी बर्ष २२ को अंकित कुमार साह, सोहि उप-महानगरपालिका ०३ बस्ने अन्दाजी बर्ष २१ को राजेश साह र सर्लाही गौरैता नगरपालिका ६ बस्ने अन्दाजी बर्ष ३० को चिन्टु कुमार सिंह रहेका छन् । सेवाग्राहीहरुलाई दु:ख हैरानी दिई काम छिटो गराई दिने बहानामा रकम (पैसा) माग्ने व्यक्तिहरुलाई वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०२-०१

१.      सप्तरी, खड्क नगरपालिका ०५ रंजितपुरबाट अवैध लागूऔषध गाँजा १४३ किलो २१६ ग्राम, को १ च २६६७ नम्बरको पिकअप भ्यान सहित २ जनालाई बिहिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनकुटा साङगुरीगढी गाउँपालिका ०१ बस्ने अन्दाजी बर्ष ३१ को महा प्रसाद लिम्बु र मोरङ लेटाङ नगरपालिका ०५ बस्ने अन्दाजी बर्ष ४७ को बल बहादुर लिम्बु पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कल्याणपुर र प्रहरी चौकि बिसनपुरको संयुक्त प्रहरी टोलिले धरानबाट लहान जाँदै गरेको पिकअप भ्यान चेकजाँच गर्दा उक्त गाँजा सहित उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०१-३०

१.      पर्सा, पोखरीया नगरपालिका ४ पोखरीया बजारबाट अवैध लागूऔषध ब्राउन सुगर १९० मिलिग्राम सहित सोहि स्थान बस्ने आमिचन साह कानुको छोरा अन्दाजी बर्ष २२ को राजेश साह कानुलाई मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीको टोलिले उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      धनुषा, बिदेह नगरपालिका १ दुर्गा मन्दिर अगाडिबाट अवैध लागूऔषध ब्राउन सुगर ०.५३ मिलिग्राम सहित २ जनालाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनुषा शहिद नगरपालिका १ कुमकरण बस्ने श्याम सुन्दर यादवको छोरा अन्दाजी बर्ष २८ को धर्मेन्द्र कुमार यादव र सोहि स्थान बस्ने श्रवण यादवको छोरा अन्दाजी बर्ष २० को सोनु कुमार यादव रहेका छन् । प्रहरी चौकी ठाडीझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपाल तर्फ आउँदै गरेको म.प्र.०३-०३८ प ०२३९ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा उक्त पदार्थ सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सप्तरी, कन्चनरुप नगरपालिका ९ रुपनगरबाट अवैध लागूऔषध ब्राउन सुगर २.४९ ग्राम, गाँजा १४० ग्राम सहित सोहि स्थान बस्ने सन्तोष कुमार यादवको श्रीमति अन्दाजी बर्ष ३० की मनरेखा यादवलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कन्चनपुरबाट खटिएको प्रहरीको टोलिले उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-२९

१.      पर्सा, विरगंज महानगरपालिका १६ इनर्वाबाट अवैध लागूऔषध खैरो हेरोईन ३ ग्राम ४२ मिलिग्राम सहित १ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका ०७ बस्ने रामचन्द्र साहको छोरा अन्दाजी बर्ष ३४ को संजय साह रहेका छन् । प्रहरी चौकी इनर्वा र लागू औषध ब्यूरो शाखा कार्यालय विरगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले रक्सौलबाट विरगंज तर्फ आउँदै गरेको पैदल यात्री माथी शंका लागि चेकजाँच गर्दा उक्त लागु पदार्थ फेला पारी उक्त लागू पदार्थ सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।२.      पर्सा, विरगंज महानगरपालिका १६ इनर्वाबाट अवैध लागूऔषध खैरो हेरोईन ०.४३ मिलिग्राम सहित १ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा विरगंज महानगरपालिका १६ बस्ने अशोक प्रसाद यादवको छोरा अन्दाजी बर्ष २१ को बिशाल यादव रहेका छन् । प्रहरी चौकी इनर्वा र लागू औषध ब्यूरो शाखा कार्यालय विरगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले रक्सौलबाट विरगंज तर्फ आउँदै गरेको पैदल यात्री माथी शंका लागि चेकजाँच गर्दा लागु पदार्थ फेला पारी उक्त लागू पदार्थ सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ३.      पर्सा, विरगंज महानगरपालिका १६ इनर्वा स्थितबाट अवैध लागूऔषध चरेश ४ ग्राम ३१ मिलिग्राम, खैरो हेरोईन ०.१० मिलिग्राम, म.प्र.०३-०४१ प ४०२४ नम्बरको मोटरसाईकल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा विरगंज महानगरपालिका ०३ बस्ने चाँद महमदको अंसारीको छोरा अन्दाजी बर्ष २६ को पैयाल अंसारी र जिल्ला बारा प्रसौनी गाउँपालिका ०३ बस्ने रामनारायण साहको छोरा अन्दाजी बर्ष ३४ को संजय साह रहेका छन् । प्रहरी चौकी इनर्वा र लागू औषध ब्यूरो शाखा कार्यालय विरगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले रक्सौलबाट विरगंज तर्फ आउँदै गरेको मोटरसाईकल रोकि चेकजाँच गर्ने क्रममा लागु पदार्थ फेला पारी उक्त लागू पदार्थ सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-२८

१.      रौतहट, गौर नगरपालिका ४ गढवा चौकबाट अवैध लागूऔषध Cerejack इन्जेक्सन - १२ पिस, Phenagan - ४ पिस, सिरिन्च-६ पिस सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बाग्लुङ्ग बाग्लुङ्ग नगरपालिका ३ बस्ने धन बहादुर कामीको छोरा अन्दाजी बर्ष २६ को रुपेश बि.क., जिल्ला तनहुँ स्वर्ण नगरपालिका ३ बस्ने बद्री सुनारको छोरा अन्दाजी बर्ष २१ को सुशिल सुनार र जिल्ला रौतहट रघुगंगा गाउँपालिका २ बस्ने सुरज बहादुर के.सी.को छोरा अन्दाजी बर्ष २४ को राजन के.सी.रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्क रौतहटबाट खटिएको प्रहरीको टोलीले उक्त लागूऔषध सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।२.      पर्सा, विरगंज महानगरपालिका १६ भन्सार कार्यालय अगाडिबाट अवैध लागूऔषध ब्राउन सुगर ५ ग्राम, सेतो हेरोईन ०.२५ मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर हेटौंडा उप-महानगरपालिका ११ सिमलटार बस्ने होमनाथ घिमिरेको छोरा अन्दाजी बर्ष २० को सागर घिमिरे र सोहि स्थान बस्ने भिम बहादुर जिम्बाको छोरी अन्दाजी बर्ष २३ की पुजा जिम्बा रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल सिमा गुल्म विरगंजबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको मानिसहरुलाई चेकजाँच गर्ने क्रममा लागूपदार्थ फेला पारी उक्त लागूपदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि वडा प्रहरी कार्यालय विर्ता पठाईएको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।३.      सिरहा, बरियारपट्टी गाउँपालिका १ बडहरी चेकप्वाईन्ट स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर १ ग्राम, BR 32 BC 9045 नं.को भारतीय मोटरसाईकल सहित १ जनालाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला सिरहा बरियारपट्टी गाउँपालिका १ बस्ने राम दयाल यादवको छोरा अन्दाजी बर्ष २३ को लक्ष्मी कुमार यादव रहेका छन् । सशस्त्र प्रहरी बल BOP बडहरीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा लागूपदार्थ फेला पारी उक्त लागूपदार्थ सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय महेशपुरपतार पठाएको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।४.      महोत्तरी, बर्दिबास नगरपालिका १ पुरानो नगरपालिका स्थितबाट अवैध लागूऔषध Spasmo proxyvon plus ९६ पिस, Nitrazepam IP १४३ पिस, बा १४ प २१०९ नं. को मोटरसाईकल सहित १ जनालाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला धनुषा मिथिला नगरपालिका ३ लालभित्ति बस्ने शंकर बि.क.को छोरा अन्दाजी बर्ष २१ को दिपक बि.क.रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको प्रहरीको टोलिले उक्त लागूऔषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।५.      रौतहट, चन्द्रपुर नगरपालिका ५ स्थित चन्द्रनिगाहपुर अस्पतालको अगाडी रहेको सगुन फार्मेसीबाट अवैध लागूऔषध Tramadol Hydrochloride Capsules - १४३ पिस सहित फार्मेसीका संचालकलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला रौतहट, चन्द्रपुर नगरपालिका ६ बस्ने हरिद्धार प्रसादको छोरा अन्दाजी बर्ष ४८ को सुरेश चौधरी रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरबाट खटिएको प्रहरीले टोलिले लागूऔषध फेला पारी उक्त लागूऔषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।६.      पर्सा, विरगंज महानगरपालिका १६ इनर्वाबाट अवैध लागुऔषध खैरो हेरोईन ३ ग्राम ३७ मिलिग्राम, बा ८६ प २१ नं.को मोटरसाईकल सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका ७ कमाने टोल बस्ने राजु थापा मगरको छोरा अन्दाजी बर्ष २९ को अन्जन थापा र सोहि स्थान बस्ने अन्दाजी बर्ष १९ को रमेश बम्जन रहेका छन् । प्रहरी चौकी इनर्वा, लागूऔषध ब्यूरो शाखा कार्यालय विरगंज र सानो पाईलाको संयुक्त टोलीले रक्सौलबाट विरगंज तर्फ आउँदै गरेको मोटरसाईकल रोकी चेकजाँच गर्दा लागू पदार्थ फेला पारी उक्त लागू पदार्थ सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।७.      पर्सा, विरगंज महानगरपालिका १६ बैष्णोदेवी मन्दिर नजिकबाट अवैध लागूऔषध नाईट्राभेट - ४२ पिस र स्पास - ११ पिस सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा विरगंज महानगरपालिका २ छप्कैया बस्ने मोहम्द आलमको छोरा अन्दाजी बर्ष ३५ को ओसिम ठकुराई, जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका १० बस्ने अकलेश्वर दासको छोरो अन्दाजी बर्ष ३७ को राजु बानिया र जिल्ला बारा कलैया उप-महानगरपालिका ६ बस्ने अन्दाजी बर्ष ५२ को अलिहदन मियाँ रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी गणेश टोल र लागू औषध नियन्त्रण ब्यूरो शाखा विरगंजबाट खटिएको संयुक्त प्रहरीको टोलिले चेकजाँच गर्दा लागूऔषध फेला पारी उक्त लागूऔषध सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ८.      पर्सा, विरगंज महानगरपालिका १६ स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन ०.७७ ग्राम, ना २१ प ३५८४ नं.को मोटरसाईकल सहित १ जनालाई आईतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा बहदुरामाई नगरपालिका ६ गमहरिया टोल बस्ने सुरेश साह तुरहाको छोरा अन्दाजी बर्ष २९ को बिरजु साह तुरहा रहेका छन् । प्रहरी चौकी इनर्वा र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विरगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागू पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।