मानिस पक्राउ
२०८०-०३-२८
- A
- A-
- A+
१.
सिरहा, मिति २०८०।०३।२७ गते अं. ०३:०० बजेको
समयमा जिल्ला सिरहा लहान न.पा. ३ हस्पिटल चौक स्थित लोकमार्गको छेउमा पार्किङ्ग
गरी राखेको ना. ५ ख. ७००३ नं. को यात्रुबाहक बसमा बसिरहेको अवस्थामा यात्रुः-
जिल्ला सुनसरी बराह्र क्षेत्र न.पा. वडा नं. ३ बस्ने राम बहादुर रायको छोरा अं.
बर्ष २९ को निकेश राय, निजकै श्रीमती अं. बर्ष २० की अपसरा राय (सार्की) ले बसको
सह चालकः- जिल्ला सिरहा सिरहा न.पा. वडा नं. १२ बस्ने रामअशिस मुखियाको छोरा अं.
बर्ष २० को रंजित कुमार मुखिया तिनै जना बिच के-कुन कारण झै-झगडा भएको भन्ने खबर
प्राप्त हुन साथ तत्काल ई.प्र.का.लहानबाट प्र.ना.नि. को कमाण्डमा खटिएको टोलीले
चेक जाचँ गर्दा यात्रुः- जिल्ला सुनसरी बराह्र क्षेत्र न.पा. वडा नं. ३ बस्ने राम
बहादुर रायको छोरा अं. बर्ष २९ को निकेश रायले बसेको बसको सिट मुनीबाट नाईट्रभेटको
खुल्ला ट्याब्लेट ७ पिस र सोहीको ५ ओटा टुक्रा ला.औ. सहित फेला पारी नियन्त्रणमा
लिई ई.प्र.का.लहानमा ल्याई राखिएको, ७००३ नं. को बस चालकः- जिल्ला सिरहा लहान
न.पा. वडा नं. ३ बस्ने शत्रुधन साफीको छोरा अं. बर्ष २५ को राजेश कुमार साफी
समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।