लागु औषध सहित मानिस पक्राउ
२०८०-०३-३१
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०/०३/३० गते अ.१०:०० बजेको समयमा जिल्ला पर्सा
बि.म.न.पा.१६ संकराचार्य गेट नजिक प्रहरी चौकी ईनर्वा, पर्साबाट खटिएको प्रहरी
टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउदै गरेको जि.पर्सा
बि.म.न.पा.१२ मुर्लि बस्ने ज्ञानी कुश्वाहाको छोरा अ.बर्ष १६ को निकि कुमार
कुश्वाहाले बोकेको रातो झोला चेकजाँच गर्दा उक्त झोला भित्र लुकाई छिपाई ल्याएको
ला.औ.onrex १००
ml को २ बोतल र नाईट्रोभेट ट्याबलेट ५ पिस फेला पारी ला.औ. सहित
निजलाइ नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि व.प्र.का.बिर्तामा पठाईएको ।
२.
सिरहा, मिति २०८०।०३।३० गते अं. २०:३० बजेको
समयमा जिल्ला सिरहा सिरहा न.पा.१७ भन्सार कार्याल्य नजिक माडर जाने नयाँ रोड
स्थितं ई.प्र.का. माडर सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको गस्तिले भारतबाट
नेपाल तर्फ आउदै गरेको प्र.२-००२- प ६९२२ नं.को मो.सा.मा सवर ३ जनालाई रोकि चेक जाँच
गर्दा मो.सा.चालक जि.सिरहा कल्याणपुर न.पा.४ डरेल बस्ने देवशरण यादको छोरा अं.
बर्ष १९ को दिनेश कुमार यादव सोही मोसा.सवार ऐ.ऐ.बस्ने चनदरदेव यादवको छोरा अं.
बर्ष १८ को सिकेन्द्र यादव र ऐ.ऐ.बस्ने राम कुमार यादवको छोरा अं. बर्ष १७ को केशव
यादव सवार रहेको मो.सा.को भाईजरमा natravet -10 २ पाता (३० ट्याबलेट) ,मो.सा.र ३ जना व्यक्तिलाई
नियन्त्रणमा लिई जि.प्र.का.तर्फ पठाउने कार्य भईरहेको ।