प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८०-०४-०४

  • A
  • A-
  • A+
Share


१.      सर्लाही, मिति २०८०।०४।०३ गते अं. ०७:३० बजेको समयमा जिल्ला सर्लाही बाग्मती न.पा. १२ स्थित ई.प्र.क.हरिवन, सर्लाहीबाट प्र.स.नि.को  कमाण्डमा खटिएको टोलीले सडकमा हिँडिरहेको जिल्ला रौतहट गुजरा न.पा.९ सिमरा भवानीपुर बस्ने राम किशोर ठाकुरको छोरा अं. बर्ष २२ को आशिष शर्मा ठाकुरलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ला.औ.नाईट्रोभ्याट ५ पत्तामा ७५ पिस ट्याब्लेट फेला परेकोले निजलाई नियन्त्रणमा लिई ई.प्र.का.हरिवन सर्लाहीमा ल्याई थप अनुसन्धान कार्य भई रहेको ।

 

२.      सिरहा, मिति २०८०।०४।०४ गते अं. ०२:४० बजेको समयमा जिल्ला सिरहा मिर्चैया न.पा. ६ बाह्रबिघा स्थितमा प्र.२ -०१-००३प ८९५० नं को मोटरसाईकलमा सवार  जिल्ला सिरहा कलयाणपुर न.पा .९ डुमरी टोल बस्ने देबचन्द्र  यादबको छोरा बर्ष २४ को लक्षमी यादब, जिल्ला सिरहा मि.न.पा. ५ बस्ने किसुन देब यादव को छोरा अं बर्ष १६ को मनोज यादव र जिल्ला सिरहा कल्याणपुर न.पा. ११ डोकहा बस्ने उपेन्द्र यादवको छोरा हम बर्ष २४को  राम नरेश यादव सहित ३ जना दक्षिण बाट पुर्व तर्फ आउदै गर्दा QRT प्र.स.ह. को कमाण्डमा  खटिएको गस्ती टोलीले  संखा लागी मो.सा. लाई रोकी चेकजाँच गर्दा लागुऔषध Nitrazem  टेबलेट २.५  पता, २५ टेबलेट , ओक्सो बलेड ,१ थान कैची १थान,FZ5 v3 मो.सा.१ थान, मोबाईल ५ थान,  चकु थान १ र कालो टेप थान १ फेला पारी जानकारी गराउन साथ उक्त स्थानमा प्र.ना.नि.को कमाण्डमा टोली खटी गई निजहरुलाई ई.प्र.का.मिर्चैयामा ल्याई  अनुसन्धान कार्य भईरहेको ।

 

३.      सप्तरी, मिति २०८०।०४।०३ गते अ.१९:०० बजेको समयमा ई.प्र.का.कडरबोना सप्तरीबाट प्र.ह.शिवकुमार पासवानको कमाण्डमा खटी गएको पिकेट टोलिले जिल्ला सप्तरी सुरुङ्गा न.पा.वडा नं. ४ कदमाहा चोक स्थितमा चेक पोवाइन्ट खडा गरी आवत जावत गर्ने सवारी साधन तथा पैदल हिडडुल गर्ने पैदल यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा जि.उदयपुर त्रियुगा न.पा.६ जलजले बस्ने सुरेश बहादुर दमैको छोरा बर्ष अ.२० नितेश परियार र ऐ.ऐ.बस्ने गोपाल परियारको छोरा बर्ष २६ को अकाश परियारले बोकेको कालो रंगको प्लाष्टिकको झोलाबाट  Diazepam Injection Ip 2ml लेखिएको १० (दश) एम्पुल, Buprenorphine Injection Ip 2ml लेखिएको १० (दश) एम्पुल र Phenergan Injection Ip 2ml लेखिएको १० (दश) एम्पुल) लागू औषध बरामद गरी ई.प्र.का.कडरबोना सप्तरीमा दाखिला गराई, आवश्यक अनुसन्धान कार्य भई रहेको ।

सम्बन्धित समाचार
अनलाईन ठगीमा संलग्न ३ जना मानिस पक्राउ
२०८०-११-२१

मिति २०८०।११।०५ गते बिहान अं. ०९:५६ बजेको  समयमा जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं. ७ मा ‍+९२३२५०१६९१३५ नं.को WHATS APP बाट कल गरी तपाईको छोरा मेरो कब्जामा छ, छोरा चाहिन्छ भने मैले भने बमोजिम रकम पठाउनुस्, यो कुरा अन्य कसैलाई जानकारी गराएमा तपाईको छोरालाई मारी दिन्छु भनी विभिन्न किसिमको डर त्रास देखाई विभिन्न व्यक्तिहरुको फरकफरक खातामा नेपाली रुपैया १२,८०,०००। - जम्मा गर्न लगाई उक्त रकम निकाली ठगी गरेको भनी उजुरी प्राप्त भएको एवं सो WHATS APP को प्रोफाइल पिक्चरमा प्रहरी वरिष्ठ अधिकृतको फोटो समेत दुरुपयोग गरेको देखिएकोमा उक्त उजुरीको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय  सप्तरीबाट परिचालित प्रहरी  टोलीले ठगीमा संलग्न देखिएको निम्न नामथर, वतन भएका अभियुक्तहरुलाई मिति २०८०।११।१८ गते पक्राउ गरी पीडितको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा ठगी (अनलाईन) शीर्षकमा मुद्दा दर्ता गरी मिति २०८०।११।१८ गतेबाट लागु हुने गरी सम्मानित जिल्ला अदालत सप्तरीबाट अनुसन्धानको लागि दिन ७ म्याद थप गरी अनुसन्धान भइरहेको ।निम्न :१.      जिल्ला झापा मेचिनगर न.पा. वडा नं. ६ मा बस्ने शम्भु प्रसाद मैनालीको छोरा अं. वर्ष २६ को सविन मैनाली, २.      ऐ. वडा नं. १० मा बस्ने ईन्द्र प्रसाद मैनालीको छोरा वर्ष २७ को शुभम मैनाली, ३.      जिल्ला सुनसरी धरान उप म.न.पा. वडा नं. ०३ बस्ने मिन बहादुर बराईलीको छोरी वर्ष १९ की आशिका  बराईली ।

अवैध हुण्डी रकम सहित मानिसहरु पक्राउ
२०८०-११-२१

१.      बारा, मिति २०८०/११/२० गते अं.१६:०० बजेको समयमा विशेष सूचनाको आधारमा जि.प्र.का. बारा तथा ई.प्र.का. छत्वाबाट खटिएको संयुक्त प्रहरी टोलिले जि.बारा, विश्रामपुर गा.पा. १ छत्वा कल्याणपुर सुलिगेट स्थित भारतबाट नेपाल तर्फ आउँदै गरेको BR05AR 3509 नं.को भारतीय मो.सा.लाई रोकी चेकजाँच गर्दा मो.सा.मा सवार भारत, राज्य बिहार, जिल्ला मोतिहारी, ग्राम स्यामपुर बस्ने वर्ष ४२ को कृष्ण लाल प्रसाद र भारत, राज्य बिहार, जिल्ला मोतिहारी, ग्राम अरेरा बस्ने वर्ष ४० को रबि शंकर सिंहको साथबाट श्रोत खुलाउन नसकेको नेपाली रु. १६,०९,०००/- (सोह्र लाख नौ हजार रूपैयाँ) फेला परेकोले उक्त रकम सहित मो.सा. र निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको । 

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-११-२१

१.      पर्सा, मिति २०८०/११/२० गते अं. १४:०० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. १६ रजत जयन्ती चोक स्थित प्र.चौ. ईनर्वा तथा लागु औषध नियन्त्र ण ब्युरो शाखा कार्यालय बिरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज तर्फ दुई जना महिला शंकास्पद रुपमा पैदल आउँदै गरेको अवस्थामा निजहरुलाई चेक जाँच गर्दा भारत राज्य बिहार जिल्ला पुर्वी चम्पारण रामगढवा थाना नरिर गिर टोल बस्ने वर्ष ४३ की रुकसाना खातुन र ऐ.ऐ. बस्ने वर्ष १९ की अपसाना खातुनलाई चेक जाँच गर्दा रुकसाना खातुनको साथबाट नुर्फिन १४८ एम्पुल, डाईजेपाम १४९ एम्पुल, फेनारगन १३९ एम्पुल र अपसाना खातुनको साथबाट नुर्फिन १४८ एम्पुल, डाईजेपाम १४७ एम्पुल, फेनारगन १४७ एम्पुल फेला परेकोले उक्त ला.औ. सहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी व.प्र.का. विर्तामा पठाईएको । २.      धनुषा, मिति २०८०/११/२० गते १४:५० बजेको समयमा जि.धनुषा विदेह न.पा. ९ बैदेही स्थितमा प्र.चौ. ईटहर्वाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको जि.धनुषा कमला न.पा.९ दुवरकोट हतलेटवा टोल बस्ने राम अशिष मण्डलको छोरा वर्ष २२ को रितिक कुमार मण्डललाई चेकजाँच गर्दा निजको साथबाट नाईट्राभेट-१० लेखिएको ट्याब्लेट (४ पत्ता) ६० पिस फेला परेकोले उक्त ला.औ. सहित निज र निजसँगै आएका ऐ.ऐ. बस्ने राम सेवक पासवानको छोरा वर्ष २० को सुनिल कुमार पासवानलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि  जि.प्र.का. धनुषामा पठाइएको ।   ३.      धनुषा, मिति २०८०/११/२० गते १७:३० बजेको समयमा जि. धनुषा नगराईन न.पा. २ जटही स्थितमा ई.प्र.का. लग्मा जटहीबाट खटिएको प्रहरी चेकिङ टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको जि. धनुषा मुखियापट्टि-मुसहरनिया गा.पा. ४ बस्ने वर्ष २५ को अन्जन झाको साथबाट नाईट्राभेट-१० ट्याब्लेट ५ पत्ता (७५) पिस र ऐ.ऐ. बस्ने वर्ष २१ को बिजय कुमार यादबको साथबाट नाईट्राभेट-१० ट्याब्लेट ५ पत्ता (७५) पिस गरी जम्मा १० पत्ता (१५०) पिस ला.औ. फेला परेकोले उक्त ला.औ. सहित निज दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का. धनुषामा पठाईएको । 

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-११-२०

१.      बारा, मिति २०८०/११/१९ गते अं. १५:०० बजेको समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा. २१ स्थित ई.प्र.का. अमलेखगंजबाट खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा हेटौंडाबाट बिरगंज तर्फ जाँदै गरेको BR 05 AA 4285 न.को भारतीय कारलाई चेक जाँच गर्दा कार भित्र फल्स बटममा लुकाई छिपाई राखेको ONEREX -१०० ml को १० बोतल फेला परेकोले उक्त ला.औ. सहित कार, कार चालक जि.पर्सा बौहुद्रामाई न.पा. ४ बस्ने वर्ष २० को राजेश्वर साह र कारमा सवार जिल्ला पर्सा बिरगंज म.न.पा. १७ बस्ने वर्ष ३५ को अमरूलाहक अंसारी र ऐ.ऐ. बस्ने वर्ष ३५ को शेख फजिललाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी ई.प्र.का. सिमरा पठाएको ।   २.      बारा, मिति २०८०।११।२० गते अं. १२:०० बजेको समयमा जि. बारा निजगढ न.पा. ८ स्थित पसाह पुल नजिक ई.प्र.का. निजगढबाट खटिएको प्रहरी चेकिङ टोलिले चेक जाँच गर्ने क्रममा साईकलमा सवार ऐ. ऐ. न.पा. ८ खैरघारी बस्ने वर्ष २८ को सरोज दोङलाई शंका लागी चेकजाँच गर्दा निजले बोकेको रातो कपडाको झोलामा डाईजेपाम १५ एम्पुल, फेनारगन ११ एम्पुल, नोर्फिन १५ एम्पुल ला.औ. र प्रयोग भएको सिरिन्ज ३ थान फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई ई.प्र.का. निजगढमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।

बिल बिजक भन्दा बढी सामान लोड रहेका ट्रकहरू पक्राउ
२०८०-११-२०

१.      पर्सा, मिति २०८०।११।१८ गते १७:३० बजे बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा किताबहरू बोकेको माल बाहक पिकअप तथा ट्रक ICP बाट काठमाण्डौतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा जि.पर्सा बिरगञ्ज म.न.पा. २५ चण्डाल चोक स्थित सडकखण्डमा BR22GA 4916 नम्बरको पिकअप र ना.४ ख. ९८७ नम्बरको मिनी ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा बिल बिजक भन्दा बढी किताब तथा लत्ताकपडाहरू रहेको तथा सो बिल बिजक संकास्पद देखिएको हुँदा अ. मुल्य रू. १,४२,७८,१२०/- (एक करोड बयालीस लाख अठहत्तर हजार एक सय बीस रुपैयाँ) बराबरको किताब तथा कपडाहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।११।२० गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।  २.      महोत्तरी, मिति २०८०/११/१८ गते २३:४० बजेको समयमा जि. महोत्तरी बर्दिबास न.पा. ३ कालापानी स्थित बि.पि. राजमार्गमा मधेश  प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलिले चेकजाँच  गर्ने क्रममा बर्दिबासबाट भक्तपुर तर्फ जाँदै गरेको ग.२ ख. १६९२ नं.को ०७ टन प्याज लोड रहेको VCTS ON-LINE बिल र प्यान बिल भएको मालबाहक ट्रकलाई शंकास्पद लागि नियन्त्रणमा लिई थप अनुसन्धानको लागि ट्रक र ट्रक चालक जि. धनुषा मिथिला न.पा. ७ ढल्केबर बस्ने बर्ष ३८ को सुनिल पाख्रिनलाई राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको ।

फरार प्रतिवादी नियन्त्रणमा
२०८०-११-१६

१.      सप्तरी, मिति २०८०।११।१५ गते १६:१५ बजेको समयमा सवारी ज्यान मुद्धामा ३ बर्ष कैद र रु.३२,०००/- (बत्तीस हजार) जरिवाना तोकिएको फरार प्रतिवादि जिल्ला सप्तरी तिलाठी कोईलाडि गा पा ७ बस्ने सकलदेव मण्डलको छोरा जगदीश कुमार मण्डललाई जि.प्र.का. सप्तरीबाट खटिएको प्रहरी गस्ति टोलीले गस्ति गर्दै जाने क्रममा पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत राजबिराज सप्तरीमा बुझाईएको ।२.      रौतहट, मिति २०८०।११।१६ गते अं. १४:३० बजेको समयमा ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष कैद भुक्तान बाँकी रहेको फरार प्रतिवादी जि. रौतहट गरुडा न.पा. ९ सिसवा बस्ने बर्ष ७५ को लछुमन दास तत्मालाई प्र.चौ. बिर्ताबाट  खटिएको प्रहरी टोलीले ऐ.ऐ. स्थित सिसवा बजारमा घुमफिर गरिरहेको अवस्थामा  नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि ई.प्र.का. गरुडामा पठाएको  । ३.      धनुषा, मिति २०८०।११।१६ गते ०९:३० बजेको समयमा कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्दामा फरार रहेका जि. रौतहट चन्द्रपुर न.पा. ७ नयाँ बस्ती बस्ने शंकर दासको छोरा बर्ष ३० को राजु दास भन्ने राजु दास कथबनियालाई ई.प्र.का. महेन्द्रनगर र प्र.चौ. लक्ष्मिनियाँबाट खटिएको संयुक्त प्रहरी टोलीले जि.धनुषा लक्ष्मिनिया गा.पा. ३ बनिगामा स्थित श्री दिवस दिप दलित सामुदायिक विद्यालयबाट नियन्त्रणमा लिई ई.प्र.का.महेन्द्रनगरमा ल्याई राखेको ।