प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध गाँजा सहित मानिस पक्राउ

२०८०-०४-०७

  • A
  • A-
  • A+
Share


१.      धनुषा, मिति २०८०/०४/०६ गते अं.१५:३० बजेको समयमा जिल्ला धनुषा जनकपुर उ.म.न.पा.१ सिटी हस्पिटल स्थित  गल्लीबाट   ऐ.१२ कुवारामपुर बस्ने राम ब.मुखिया विनको छोरा अं.वर्ष २८ को सत्य नारायण मुखिया साईकलमा तरकारीको झोलामा नाईट्रोभेट -४१० पिस, सैम्पेक्स  -१५० पिस, Exiplon  -२ बोतल( जस मध्ये १ वटा खोलेकोमा आधा बोतल रहेको), लागु औषध बोकी ल्याउदै गरेको अवस्थामा व.प्र.का.रेल्वे धनुषाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको ३ जनाको टोलीलाई शंकास्पद लागी चेकजाँच गर्दा ला.औ. फेला परेकोले निजलाई साईकल र उक्त ला.औ. सहित नियन्त्रणमा लिई व.प्र.का.रेल्वे धनुषामा ल्याई राखिएको ।

 

२.      धनुषा, मिति २०८०।०४।०६ गते अं.१६:५० बजेको समयमा जिल्ला धनुषा गनेशमानचारनाथ न.पा.९ बरमझिया टोल बस्ने अं.बर्ष ४२ को बिजय यादवले आफनै जग्गामा बनाएको हनुमानमन्दिरको कुटियामा बसी ला.औ. गाँजा पुरियामा राखी बिक्री वितरण गरिरहेको छ भन्ने  बिशेष सुचनाको आधारमा ई.प्र.का.सबैला धनुषाबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटी गई ४६ पुरिया(१७० ग्राम) गाँजा सहित निज बिजय यादवलाई ऐ. स्थानबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागी ई.प्र.का.सबैलामा ल्याई राखेको ।

 

३.      धनुषा, मिति २०८०/०४/०६ गते अं.१३:५० बजेको समयमा जिल्ला धनुषा कमला नं.पा. २ स्थित खजुरी देखी नहरको बाटो हुदै मंगराहा तर्फ  साइकलमा लागु औषध gulfadryl  - 9 पिस, Aristokof DX -12 पिस, Recharge DX -26 पिस, Benadryl  -  19  पिस, Ron Neozyme + Syrup  -  6 पिस , Protigit plus (chocolet flevour ) - 8 पिस, Protigit plus ( Mango flevour ) – 4 पिस, Nimesulide and Paraceramol Tavlets – 40 पता, ND Dura - 25 ( Inlectiin IP )  - 10 पिस, Pregout kit – 10 पता, Nimufast - 32  पता, Clabeta GM crem -10 पिस,  vibel capsules – 10 पता,  Maximum Rich 10  पता , Megakem Plus – 5 पता, Laborate – 20  पिस, अवैध प्रतिबन्धित औषधीहरू बोकी ल्याउदै गरेको अवस्थामा प्रहरी चौकी माची धनुषाबाट  प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती टोलीलाई देख्नसाथ उक्त साइकल र  प्रतिबन्धित औषधीहरू छाडी मानिस फरार भएकोमा  उक्त साइकल र प्रतिबन्धित औषधीहरू नियन्त्रणमा  प्रहरी चौकी माची धनुषामा ल्याई राखेको ।  

सम्बन्धित समाचार
लागू औषध सहित गाडी र मानिस नियन्त्रणमा
२०८१-०२-१३

१.      धनुषा, जनकपुर उ.म.न.पा.१३ पिराडी चोकबाट लागु औषध गाँजा जस्तो देखिने पदार्थ अं. २५० किलो सहित जिल्ला सर्लाही हरिवन न.पा.८ स्कुलटोल बस्ने अं. वर्ष ३० को नेत्र बहादुर श्रेष्ठ सहित हरिवन न.पा. २ अत्रौली बस्ने अं. वर्ष २१  को अर्पन थोकर र  अं. वर्ष २२ को बिशाल थोकरलाई शनिवार राती प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले बा.प्र.०१-०२७ च १९७७ नं.को स्कार्पियो गाडीलाई चेकजाँच गर्ने क्रममा लागु औषध सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।२.     धनुषा, जनकपुर उप-महानगरपालिका -१९ शिवपुरबाट लागु औषध गाँजा जस्तो देखिने पदार्थ अं. ५०० ग्राम र नगद रु. ११,६१०/- सहित शिवपुर टोल बस्ने अं. वर्ष ६८ को दशरथ ठाकुरलाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रेल्वेबाट खटिएको प्रहरी चेकिङ टोलिले निजलाई उक्त लागु औषध र नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।३.     पर्सा, बिरगंज .म.न.पा. १६ रजयजयन्ती चोकबाट लागू औषध NITRAVET-10 लेखिएको ४६ पिस ट्याव्लेट सहित जिल्ला काठमाण्डौ का.म.न.पा. ३ बस्ने अं. वर्ष २१ को हेनिस अधिकारीलाई आइतवार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा तथा लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको संयुक्त प्रहरी टोलीले रक्सौलबाट विरगंज बजार तर्फ पैदल आईरहेको अवस्थामा शंका लागी चेकजाँच गर्दा उक्त लागु औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धनमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ४.     पर्सा, बिरगंज .म.न.पा. १६ रजयजयन्ती चोकबाट लागू औषध NITRAVET-10 लेखिएको ट्याब्लेट ३ पत्तामा १५ पिसका दरले जम्मा ४५ पिस ट्याव्लेट सहित जिल्ला सप्तरी राजविराज न.पा. ८ बस्ने वर्ष ३० को रुपेश यादवलाई आइतवार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले रक्सौलवाट बिरगंज बजार तर्फ आईरहेको ना. २५ प. ४०४० नम्बरको सुपर स्पलेन्डर मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा लागू औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

हतियार सहित मानिस नियन्त्रणमा
२०८१-०२-१३

१.      सप्तरी, SEMI AUTOMATIC पेस्तोल १ थान, सोहि पेस्तोलको म्यागजिन २ थान  र सो पेस्तोलमा लाग्ने (७६५ नं.) २ राउण्ड गोली सहित जि. सप्तरी सुरुङ्गा नगरपालिका ६ श्रीपुर बस्ने बर्ष ४५ को बिशेश्वर प्रसाद साह र जिल्ला काठमाण्डौ टोखा नगरपालिका ८ बस्ने बर्ष ४२ को बम बहादुर तामाङलाई शुक्रवार राती प्रहरीले पक्राउ गरेको छ । इ.प्र.का. कल्याणपुरबाट खटिएको प्रहरी टोलिले जिल्ला सप्तरी खडक नगरपालिका ८ भदिया स्थित बोदेबर्साईनबाट बिसनपुर तर्फ आउँदै गरेको स. ६ प. ५९०८ नं. को मोटरसाईकललाई चेक जाँच गर्दा उक्त हतियार सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०२-११

१.      सर्लाही, जि.सर्लाही लालबन्दी न.पा. १४ बस्ने अ. बर्ष २५ को मन बहादुर रुम्बालाई २ के.जी. ८ सय ग्राम लागु औषध गाँजा सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दी, सर्लाहीबाट खटिएको प्रहरी टोलीले जि. सर्लाही लालबन्दी न.पा. ७ मरिनचोकबाट उक्त लागु औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     सिरहा, जिल्ला सिरहा लहान न.पा. १८ सोभापुर बस्ने वर्ष अं. २० को मोहमद मकसुतलाई अं. ५० ग्राम लागु औषध गाँजा सहित बिहीबार राती प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी लहान सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त लागु औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।