लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०४-०८
- A
- A-
- A+
पर्सा, मिति २०८०।०४।०७
गते अ.१०:५० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा.१६ भन्सार स्थितमा खटिएको
शसस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा बल गुल्म बिरगंज पर्साबाट खटिएको
स.प्र.स.नि.को कमाण्डमा खटिएको चेकिङ टोलिले चेकजाचँ गर्ने क्रममा भारतबाट नेपाल
तर्फ पैदल आउदै गरेको जिल्ला चितवन भरतपुर म.न.पा.४ बस्ने अ.बर्ष ३०/३२ को सबनम
खातुनलाई शंका लागि चेकजाचँ गर्दा निजले बोकेको कालो ब्यागमा लुकाई छिपाई ल्याएको
ला.औ.फेनरागन एम्पुल ७१ थान, डाईजेपाम एम्पुल थान ११४ थान, नुर्फिन एम्पुल १२९ थान
गरि जम्मा ३१४ पिस ला.औ.फेला परेकोमा ला.औ.सहित निजलाई कारवाहीको लागी ऐ.१२:१५ बजे
को समयम प्रहरी चौकी ईर्नर्वा पर्सामा बुझाएको ।