लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०४-१०
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०।०४।०९ गते अं १२:०० बजेको
समयमा जिल्ला पर्सा बिरगंज म.न.पा.१६ रजतजयन्ती चोक स्थितमा प्रहरी चौकी ईनर्वाबाट
प्र.ब.ह.को कमाण्डमा खटिएको प्रहरी टोलि र ला.औ.नियन्त्रण ब्युरो शाखबाट खटिएको
प्र.ना.नि.को कमाण्डको संयुक्त टोलीले चेकजाचँ गर्ने क्रममा रक्सौलबाट बिरगंज तर्फ
पैदल आउदै गरेको जिल्ला बारा निजगढ न.पा.३ बस्ने जित बहादुर वाईबाको छोरा बर्ष २१
को अशोक वाईबाले जुत्ता भित्र लुकाई छिपाई ल्याउदै गरेको ला.औ. नाईट्र्भेट-10
लेखिएको ट्याबलेट -४५ (पैतालिस) पिस, र सुपरडोम प्लस लेखिएको ट्याबलेट २४ पिस गरि
जम्मा-६९ (उनान्सतरी) पिस फेला पारेकोमा ला.औ.सहित निजलाई आवश्यक कारवाहीको लागी
व.प्र.का.बिर्ता पठाईएको ।
२.
सप्तरी, मिति २०८०।०४।०९ गते अं. २०:३० बजेको
समयमा जिल्ला सप्तरी अग्निसाईर कृष्णसावरण गा.पा. ६ महुलि बजार स्थित गोप्य
सुचनाको अधारमा ईलाका प्रहरी कार्यालय महुलि सप्तरीबाट प्र.ब.ना.नि.को कमाण्डमा र
ई.प्र.का. कंचनपुर सप्तरी बाट खटिएको संयुक्त प्रहरी टोलिले पैदल यात्री ऐ.ऐ.
बस्ने मो.कलाउदिन को छोरा अं.बर्ष २२ को मो. अजादलाई चेकजाँच गर्न खोज्दा दाहिने
हातमा बोकेको कालो प्लाष्टिकको झोला भुईमा फाल्दा उक्त झोला खोलि हेर्दा) डाईजेपाम ला.औ. ११ पिस एम्पुल, लिजेसिक
११ पिस एम्पुल,फेनारगन ८ पिस एम्पुल र झोला
फाल्दा फुटेको लागु औषध डाईजेपाम ला.औ. ५ पिस, लिजेसिक १३ पिस र
फेनारगन ९ पिस लागु औषध बरामद गरी निज मो.
अजाद समेतलाई नियन्त्रणमा लिई ई.प्र.का. कंचनपुर सप्तरी तर्फ पठाईएको ।