लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०४-१४
- A
- A-
- A+
महोत्तर, मिति २०८०।०४।१३ गते अं.१५:३० बजेको समयमा
जिल्ला महोत्तरी औरही न.पा.०४ कठुधार स्थित अ.प्र.पोष्ट कठुधार महोत्तरी बाट प्र.स.नि. को कमाण्डमा खटिएको चेकिङ्ग टोलीले चेकजाँच गर्ने क्रममा ऐ. गौशाला
न. पा. वडा नं. १ गौशाला बस्ने रामेश्वर मण्डलको छोरा बर्ष २१ को बजरंगी मण्डल दक्षिण
तर्फबाट पैदल गौशाला तर्फ आईरहेको अवस्थामा संका लागी चेक जाँच गर्ने क्रममा निजले
शरीरको बिभीन्न भागमा लुकाई छिपाई गरी राखेको अबैध
ला. औ. EXPLON
SYRUP १० बोतल, NITRAZEPAM १ पत्ता १५
टयाब्लेट, BLU SPAS PLUS २ पत्ता १६ ट्याब्लेट र १० ग्राम गाँजा
सहित बरामद गरी मानिस सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी ई. प्र. का.
गौशाला महोत्तरी पठाएको ।