गाँजाको पुरिया सहित मानिस नियन्त्रणमा
२०८०-०४-१५
- A
- A-
- A+
पर्सा, मिति
२०८०।०४।१४ गते अं. २२:४५ बजेको समयमा जिल्ला पर्सा पटेर्वासुगौली गा.पा. वडा नं.
१ भथा मेला जाने बाटोको मोलही टाँडी स्थितमा प्रहरी चौकी रंगपुरबाट खटिएको
प्र.स.नि.को गस्ती टोलीले शंका लागी
चेकजाँच गर्दा ऐ.ऐ. बस्ने अ. बर्ष ३५ को
घर्मेन्द्र राउतको साथबाट २५ ग्राम (१० वटा) पुरिया चरेशको धुलो, १५ ग्राम (५
पुरिया) गाँजा र नगद रु. १,२१४/- समेत
बरामद गरी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानका
लागी ई.प्र.का. पटेर्वासुगौली पठाएको ।