लागु औषध (गाँजा) सहित मानिस पक्राउ
२०८०-०४-१५
- A
- A-
- A+
मिति २०८०।०४।१४ गते
अ. १८:०० बजेको समयमा जिल्ला सर्लाही बागमती न.पा. वडा नं. ११ स्थित ई.प्र.का.कर्मैया
कार्यालय अगाडी पुर्व पश्चिम लोकमार्गमा ई.प्र.का. हरिवन सर्लाहीबाट प्र.नि. को
कमान्डमा ५ जना र ई.प्र.का. कर्मैयाबाट
प्र.स.नि. को कमाण्डमा ५ जना गरी १० जनाको चेकिङ टोलीले पश्चिमबाट पूर्व
तर्फ जाँदै गरेको प्रदेश ३-०१-०२२ च ६५१५ नं. को सिल्भर कलरको कारलाई रोकी चेकजाँच
गर्ने क्रममा कारको पछाडी डिकी भित्र लुकाई छिपाई ल्याएको लागु औषध (गाँजा) दुई
वटा बण्डलमा अ. १० के.जी. फेला परी कार, कार चालक जिल्ला रौतहट गरुडा न.पा. वडा
नं. ८ बस्ने अ. वर्ष ४० को रामानन्द साह, सोही गाडीमा सवार ऐ. चन्द्रपुर न.पा. वडा
नं. ५ बस्ने अ. वर्ष २६ को मनिष चौधरीलाई नियन्त्रणमा लिई ला.औ. (गाँजा), कार, दुई
जना मानिसलाई ई.प्र.का. हरिवन सर्लाहीमा ल्याई थप अनुसन्धान कार्य भई रहेको ।