लागु औषध सहित मानिस नियन्त्रण
२०८०-०४-२९
- A
- A-
- A+
धनुषा, मिति २०८०।०४।२८
गते अं. २३:३० बजेको समयमा जिल्ला धनुषा बिदेह न.पा. वडा न. १ महिनाथपुर स्थित
बि.ओ.पी. मैनाथपुरबाट सशस्त्र प्र.ना.उ.को कमाण्डमा २ जनाको टोलि खटिगई भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदल यात्री
जिल्ला धनुषा गणेशमान चारनाथ न.पा. वडा नं. ५ बिरेन्द्र बजार बस्ने अं. बर्ष १९ को
सरोज मल्लिकलाई शंका लागी चेकजाँच गर्दा पेन्टभित्र कम्मरमा बाँधेको पेटी भन्दा
केही माथी पेटको भागमा निम्न ला.औ. लुकाई राखेको अवस्थामा फेला पारी ला.औ. सहित
निजलाई नियन्त्रणमा लिई प्र.चौ. ठाडीझिझा धनुषा बुझाईएकोमा आवश्यक कारवाहीको लागी ई.प्र.का.
खजुरी धनुषामा बुझाईएको ।
निम्न
१.
Codiwell
Cough 100 ml :- 5 बोतल
२.
Nitravet
10mg :- 8 पता ( 120 Tablet)
३.
जिल्ला धनुषा गणेशमान चारनाथ न.पा. वडा न. ५
बिरेन्द्र बजार बस्ने बर्ष १९ को सरोज मल्लिक ।
सिरहा, मिति
२०८०।०४।२७ गते अं.२३:५० बजेको समयमा जिल्ला सिरहा बरियारपट्टी गा.पा.४ तेनुवाट्टी स्थित ऐ.ऐ. बस्ने अ. बर्ष ६५ को फुदन पासवानले
अं.३०/३५ के.जी. (तत्काल तौल गर्न बाँकी) अवैध लागु औषध गाँजा २ वटा प्लाष्टिकको
बोरामा उत्तरबाट पैदल दक्षिण तर्फ लिई जाँदै छ भन्ने खबर ऐ. २३:५५ बजे ई.प्र.का. धनगढी सिरहामा गोप्य सुचना प्राप्त हुना साथ प्र.ना.नि.
को कमाण्डमा प्रहरी टोलि खटी गई गाँजा सहित निज फुदन पासवानलाई नियन्त्रणमा लिन
खोज्दा, प्रहरीसँग लछार पछार गरी भाग्न खोज्दा नियन्त्रणमा लिने क्रममा निजको
टाउकोमा चोट (६ वटा टाका लागेको) अवस्था
सामान्य, नयनपुर सरकारी अस्पताल सिरहामा उपचार गराई उपचार पश्चात निज फुदन
पासवानलाई अवैध ला.औ. गाँजा सहित नियन्त्रणमा लिई
ई.प्र.का. धनगढी सिरहामा ल्याईएको उक्त पक्राउ परेको ला.औ.गांजा तौल गर्दा
बोरा सहित ३७ के.जी. रहेको थप अनुसन्धान कार्य भईरहेको ।
सिरहा, मिति
२०८०।०४।२८ गते अं. १८:३० बजेको समयमा जिल्ला सिरहा सिरहा न.पा.१४ खिरौना लच्का
स्थित माडर सिरहा सडक खण्डमा प्रहरी चौकी खीरौना सिरहाबाट प्र.स.नि. को कमाण्डमा
खटिएको चेकिङ टोलीले यात्रु बाहक अटो रिक्सालाई चेकजाँच गर्दा सोही अटो रिक्सामा सवार जिल्ला सप्तरी खडक
न.पा.५ रन्जितपुर टोल बस्ने लक्ष्मी चौधरीको छोरी अं.वर्ष २५ की निरा कुमारी चौधरीले बोकेको ह्यण्ड ब्याग
भित्र लुकाई छिपाई ल्याएको ला.औ.नाईट्रोभेट 10 लेखिएको २० पता (६०० पिस ट्याब्लेट
), ला.औ,नेपाली रु २,८०५ ।-,मोबाईल ३ थान र सोही अटोमा सवार जिल्ला सिरहा
सि.न.पा. १७ खैरटोका बस्ने मो.मुसलिमको छोरी अं.३० की नमिमा खातुनको साथबाट नेपाली
नगद ३१,५०० ।- र मोबाईल १ थान बरामद भएकोले निज दुबै जनालाई ला.औ. सहित
नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागी जि.प्र.का. सिरहामा बुझाएको ।