प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८०-०४-३१

  • A
  • A-
  • A+
Share


१.      सर्लाही, मिति २०८०।०४।३० गते अं.२०:०० बजेको समयमा जिल्ला सर्लाही हरिपुर न.पा.२ स्थित नवलपुर-मलंगवा सडकखण्डमा ई.प्र.का.हरिपुर सर्लाही बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोलीले चेकिङ गर्ने क्रममा मलंगवाबाट नवलपुर तर्फ जाँदै गरेको ना ३७ प १५०४ नं.को मो.सा.लाई चेकजाँच गर्दा मो.सा.को सिट मुनि लुकाई छिपाई ल्याउदै गरेको लागुऔषध Codedyl-t 100 ml -14 बोतल,Wincerex(R)-100 ML -2 बोतल,Nitravet -10 tab-30 पिस ,मो.सा.र मो.सा.चालक ऐ.लालबन्दी न.पा.५ बस्ने बर्ष ३६ को राम नारायण साह सोनार सहित नियन्त्रणमा लिई ई.प्र.का.हरिपुर सर्लाहीमा ल्याई राखिएको ।

२.      धनुषा, मिति २०८०/०४/३० गते अं.०७:०० बजेको समयमा जिल्ला धनुषा मुखियापट्टि मुसहरनिया गा.पा.५ समुन्द्रि घाट स्थितमा प्र.चौ.बहेडाबेला धनुषाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको चेकिङ्ग टोलीले भारत बाट नेपाल तर्फ पैदल शंकास्पद रुपमा  हिडिरहेको व्यक्तिलाई शंका लागी चेक जाँच गर्ने क्रममा  देश भारत राज्य विहार जिल्ला मधुवनि ग्राम विर्ता पर्सा ८ बस्ने मोहम्द साविर नदाफ को छोरा अं.वर्ष १९ को मुकसेद नदाफले बोकेको कालो झोलामा CODIWELL लेखिएको १०० ML को सिरप १९ वोतल, NITRAZEPAM १० MG लेखिएको ट्यावलेट ३०० पिस (८पत्ता) र SAMPEX लेखिएको ट्याबलेट १४४ पिस (६पत्ता) ला.औ. फेला पारी ला.औ.सहित निज मुकसेद नदाफलाई नियन्त्रणमा लिई  ई.प्र.का.फुलगमा,धनुषामा पठाइएको ।

३.      सर्लाही, मिति २०८०।०४।३० गते अं.१६:०० बजेको समयमा जि.सर्लाही मलंगवा न.पा.८ कार्यालय अगाडी ई.प्र.का जितपुर,बाराबाट प्र.स.नि. कमाण्डमा  खटिएको चेकिङ टोलीले भारतबाट नेपाल मलंगवा तर्फ आउँदै गरेको पैदल यात्री जि.सर्लाही हरिपुर न.पा.२ वस्ने नरेश दासको छोरा अ.बर्ष २० को राकेश दाशलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट नाईट्राजेपाम १ पत्ता (१० पिस) ट्याबलेट फेला परेकोले निजलाई उक्त ला.औ.सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी जि.प्र.का.सर्लाहीमा पठाईएको । 

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०४-०३

१.     सिरहा, कर्जन्हा नगरपालिका २ बन्दीपुर स्थित श्री फुलकुमारी माध्यामिक बिद्यालयको गेट अगाडीबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २८० मिलि ग्राम सहित जिल्ला धनुषा गणेशमान चारनाथ न.पा. ४ बस्ने बर्ष २० को रौसाद राईन, जिल्ला सिरहा कर्जन्हा न.पा. ३ बस्ने बर्ष २४ को समिर बोगटी र बर्ष २० को सरोज भन्ने शरद महरालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  २.     बारा, जितपुरसिमरा उपमहानगरपालिका २१ पथलैया चोक स्थितबाट लागू औषध गाजाँ २६ के.जी. सहित देश भारत बिहार राज्य सुमौली बस्ने वर्ष ३० को दिपक चन्द्र देव र जिल्ला मकवानपुर राकसिरान न.पा.२ बस्ने वर्ष २८ को अन्जन शाहलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट बिरगंज तर्फ जाँदै गरेको बा ४ च ५७० नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०४-०१

 १.      बारा, जितपुसिमरा उपमहानगरपालिका १ पथलैयाचोक स्थितबाट लागू औषध NITRAVET-10 लेखिएको ट्याब्लेट १० पत्तामा ३०० पिस ट्याब्लेट सहित जिल्ला बारा आदर्शकोतवाल नगरपालिका ४ बस्ने बर्ष २३ को शोभरात्री मन्सुरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट निजगढ तर्फ जाँदै गरेको अवस्थामा चेक जाँच गर्दा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  २.     पर्सा, पटेर्वा सुगौली गाउँपालिका ४ देउरियाबाट अकवा जाने बाटोको हनुमान मन्दिर छेउमा बेवारिसे अवस्थामा रहेको चरेस जस्तो देखिने पदार्थ अं. २० किलो बराबरको सेतो बोरा भित्र प्लाष्टिकले बेरिएको अवस्थामा सोमबार राती प्रहरीले बरामद गरेको छ ।  इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा रहेको उक्त लागू औषध बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

गोलि प्रहार गरी खुनखार डाँका नियन्त्रण
२०८१-०३-३१

महोत्तरी, सोनमा गा.पा.५ खैरवनी स्थित सर्लाही र महोत्तरी सिमाना सितलपुर भन्ने स्थानबाट खुनखार डाँका जिल्ला सर्लाही लालाबन्दी न.पा.२ बस्ने अं.बर्ष ४० को विजेन्द्र पासवनलाई प्रहरीले प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरी बाट प्र.नि.को कमाण्डमा खटि गएको प्रहरी टोलिले खुनखार डाँकालाई खोजतलास गर्ने क्रममा जम्का भेट भई डाँका गर्ने व्यक्ति भाग्न उम्कन खोज्दा नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड गोलि प्रहार गरी निज डाँका गर्ने व्यक्तिलाई नियन्त्रणमा लिईएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।