प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८०-०४-३२

  • A
  • A-
  • A+
Share


१.      पर्सा, मिति २०८०।०४।३१ गते अं.१७;३० बजेको समयमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.१४ गण्डक चौक स्थित बिरगंज देखी जनकपुर तर्फ जाँदै गरेको यात्रु बाहक बसमा शंका लागी चेकजांच गर्दा बसमा सवार जिल्ला बारा निजगढ न.पा. वडा नं.०३ सिंगौल बस्ने धक बहादुर बिश्वकर्माको छोरा अं.बर्ष २० को निशान विश्वकर्माले कमरमा लुकाई छिपाई राखेको अवस्थामा नाईट्राभेट-१० लेखिएको १० पत्तामा १५० (पिस) सहित निज निशान विश्वकर्मालाई पक्राउ गरी अनुसन्धानको लागी प्रहरी चौकी गण्डक बिरगंजमा राखिएको ।

२.      पर्सा, मिति २०८०।०४।३१ गते अं.२२०० बजेको समयमा जि.पर्सा बि.म.न.पा.१६ बाईपास रोडमा प्र.चौ..बसपार्क पर्साबाट खटिएको प्र.ब.ना.नि.को कमाण्डको चेकिङ टोलिले सवारी साधन चेकजांचको क्रममा बिरगंजबाट पोखरा तर्फ जान लागेको  बा.प्र.०१-००६ ख ३१४० नं.को बसमा सवार गरि आएका देश भारत मोतिहारी आसराम रोड बस्ने बर्ष अं.४५ की मन्जु देवी जैसवाल, ऐ. बस्ने बर्ष ४५ की फुलमती देवी, जि.पर्सा बि.म.न.पा.२ बस्ने राजा खांको श्रीमती बर्ष अं.४० की असिदा खांलाई शंकालागी चेकजांच गर्ने क्रममा निजहरुको साथबाट ला.औ. नुर्फिन, डाईजेपाम, फेनारगन तिन वटै सेट गरी ६०० को दरले १८०० पिस सहित निजहरुसंगै आएको देश भारत रक्सौल बस्ने बर्ष अं.५२ को महमद अब्दुल्लाहा खान समेतलाई नियन्त्रणमा लिई महिलालाई तालुक जि.प्र.का.तर्फ पठाएको र पुरुषलाई व.प्र.का.श्रीपुर तर्फ पठाएको बस गन्तब्य तर्फ गएको ।

३.      पर्सा, मिति २०८०।०४।३१ गते २११५ बजेको समयमा जि.पर्सा बि.म.न.पा.१६ भानुचोक स्थितबाट ना ४२ प २९२९ नं.को स्कुटी चेकजांचको क्रममा स्कुटीमा लुकाई ल्याएको ला.औ.नाईट्रोभेट ट्याब्लेट १५ पिस सहित जि.रौतहट च.पुर न.पा.५ बस्ने स्कुटी चालक बर्ष ३६ को जागरण खड्का , ऐ ६ बस्ने बर्ष अं.३० को राजेश थोकर लाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी व.प्र.का.श्रीपुरमा पठाईएको ।

४.      सप्तरी, मिति २०८०।०४।३१ गते अं. १५;०० बजेको समयमा जि. सप्तरी कंचनरुप न.पा. १ बैरवा स्थित पुर्व पश्चिम लोकमार्गमा ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरी बाट प्र.अ. सहितको कमाण्डमा खटिएको चेकिङ टोलिले चेक जाँच गर्ने क्रममा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको प्र. २-०१-००१ प ३२६२ नं. को मो.सा. लाई शंका लागि रोकी उक्त मो.सा. मा सवार मो.सा. चालक जि. सप्तरी तिरहुत गा.पा. १ बस्ने रामजी साहु तेलिको छोरा अं. बर्ष २२ को राधेश्याम साहलाई चेकजाँच गर्दा निजले लगाएको पैन्टको खल्तिबाट कालो प्लाष्टिकमा राखेको ब्राउन सुगर जस्तो देखिने १ ग्राम ३५ मिलि ग्राम बरामद गरी मानिस र मो.सा. सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीमा ल्याई राखिएको । 

सम्बन्धित समाचार
लागु औषध खैरो ब्राउन सुगर सहित मानिस नियन्त्रणमा
२०८२-०१-१०

धनुषा, बिदेह नगरपालिका-१ ठाडिझिझा स्थितबाट लागु औषध खैरो ब्राउन सुगर जस्तो देखिने पदार्थ अन्दाजी-१२ ग्राम सहित मोटरसाईकल चालक जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-८ बस्ने संजय शर्माको छोरा अन्दाजी वर्ष २४ को ओमराज शर्मा र पछाडि सवार जिल्ला महोत्तरी  लोहारपट्टी नगरपालिका- ७ घर भई हाल जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-६ पुलचोक बस्ने जिवछ ठाकुरको छोरा अन्दाजी वर्ष-२३ को रूपेश कुमार ठाकुरलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरी टोलीले कार्यालय अगाडी चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको ज१३प १३३७ नम्बरको मोटरसाईकललाई रोकी चेक जाँच गर्दा हेलमेटमा लुकाई छिपाई राखिएको खैरो ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धाण गरिरहेको छ । 

फरार प्रतिवादी पक्राउ
२०८२-०१-०९

१ सप्तरी, अपहरण तथा शरीर बन्धक बनाई जवरजस्ती करणी मुद्दामा ८ वर्ष कैद सजाय भएको फरार प्रतिवादी जिल्ला सप्तरी सुरुङगा नगरपालिका-५ बस्ने वर्ष-२८ को मो.इम्तियाज अहमदलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले कुशाह स्थितबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत सप्तरीमा बुझाई कारागार चलान गरिएको छ ।   २ सिरहा, जबरजस्ती करणी तथा गर्भपतन सम्बन्धि कसुरको चालु मुद्दाको फरार प्रतिवादी धनगढीमाई नगरपालिका-१ छप्रारी बस्ने बर्ष-२९ को राधेश्याम कामैतलाइ मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेस्तोल सहित मानिस नियन्त्रणमा
२०८२-०१-०८

जिल्ला, सिरहा बरियारपट्टी गाउँपालिका-१ स्थित प्रहरी चौकी  कचनारीको कार्यालय अगाडी  खटीएको प्रहरी चेकीङ् टोलिले नर्गि चौकबाट भारत तर्फ जाँदै गरेको  नम्बर प्लेट नभएको हिरो कम्पनीको मोटरसाइकल रोकी चेक जाँच गर्दा मोटरसाइकल चालक देश भारत जिल्ला मधुवनी ग्रामपंचायत पिपराही वडा नम्बर-२  कमल पुर बस्ने धर्मेन्द्र सिंहको छोरा बर्ष अन्दाजी-१७ को राजिव सिंह पछाडी सवार सोही स्थान बस्ने फुलेश्वर सिंहको छोरा बर्ष अन्दाजी-१४ को प्रिन्स सिंहको कम्मरमा भिरेको कटुवा पेस्तोल थान एक र निजले लगाएको ट्रयाकको गोजीबाट 303  राईफलमा लाग्ने गोली थान एक फेला पारी निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-०४

जिल्ला, सर्लाही मरिनबाट लालबन्दी तर्फ लागू औषध गाँजा  ओसार पसार भईरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, लालबन्दीबाट र प्रहरी चौकी पत्थरकोटबाट पत्थरकोट-१३ चोकमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा मरिनबाट लालबन्दी तर्फ आउँदै गरेको बा२०च १७८२ नम्बरको बोलेरो पिकअप गाडी सहित चालक जिल्ला सर्लाही लालबन्दी नगरपालिका नवलपुर बस्ने सिकिन्दर चौधरीको छोरा अन्दाजी वर्ष २५ को सुशिल चौधरीलाई नियन्त्रणमा लिइ सवारी चेकजाँच गर्दा धानको भुस्साको बोरा मुनी लुकाइ छिपाइ राखेको अवस्थामा रातो प्लाष्टिकमा प्याक गरी राखेको ४५ पोका अन्दाजी २४४ किलो ग्राम लागु औषध गाँजा नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको छ ।