लागु औषध सहित मानिस र मोटरसाइकल नियन्त्रणम
२०८०-०५-०४
- A
- A-
- A+
१. महोत्तरी, मिति
२०८०।०५।०३ गते अं. १४:०० बजेको समयमा जिल्ला महोत्तरी बर्दिबास न.पा. १ स्थित
श्रेष्ठ सेकुवा होटल अगाडि पूर्व-पश्चिम लोकमार्गमा लागू औषध नियन्त्रण ब्युरो
शाखा कार्यालय सिरहाबाट प्र.स.नि. र ई.प्र.का. बर्दिबास महोत्तरीबाट प्र.ना.उ. को कमाण्डमा
खटिएको टोलीले ऐ.ऐ. स्थित सवारी साधन तथा
संकित मानिसहरुलाई चेक जाँचको क्रममा पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको
प्रदेश२-०३-०२० प ७४६६ नं. को मोटरसाइकल र सो.मा सवार नाम, थर, वतन सोधपुछ गर्दा
जिल्ला सर्लाही बरहथवा न. पा. १६ गंगापुर टोल बस्ने अं. बर्ष ३० को प्रमोद मण्डल र
ऐ. हरिपुर न. पा. १ बस्ने राम प्रताप राय यादवको छोरा अं. बर्ष ३० को अर्जुण कुमार
यादवले मोटरसाइकलको बिचमा बोकी ल्याएको कालो झोला खोली हेर्दा झोला भित्र कालो
प्लाष्टिकमा पोका बांधी लुकाई छिपाई राखिएको NITRAVET ट्याब्लेट ३,०००।– पिस (तिन हजार पिस मात्र) ला.औ. फेला पारी दुवै मानिसहरु र निजहरु सवार मो.सा.
र बरामद भएको ला.औ. सहित ई.प्र.का.बर्दिबास महोत्तरीमा ल्याई थप अनुसन्धान कार्य
भईरहेको ।