लागु औषध सहित मानिस र मोटरसाइकल नियन्त्रणमा
२०८०-०५-०४
- A
- A-
- A+
१. धनुषा, मिति
२०८०।०५।०३ गते अं. २१:४५ बजेको समयमा जिल्ला धनुषा बिदेह न.पा. वडा न. १ मैनाथपुर
ढाला स्थित प्र.चौ.ठाडिझिझा धनुषाबाट प्र.स.नि. को कमाण्डमा प्रहरी टोलि खटि गई
चेकजाँच गरिरहेको अवस्थामा भारतबाट नेपाल तर्फ आउँदै गरेको प्रदेश २-०२-००४ प ०९३१
नम्बरको मो.सा. रोकी चेकजाँच गर्दा मो.सा.चालक ऐ.ऐ. सहिदनगर न.पा. वडा न. ६
यदुकुवा बस्ने बिन्देश्वर महथाको छोरा अं. बर्ष २२ को अनिल कु. महथाको साथबाट Oxytetracycline
injection -1 थान , सोहि मो.सा. पछाडि सवार ऐ.ऐ. ७ बस्ने रामचन्द्र
मण्डलको छोरा अं. बर्ष २८ को दिपेन्द्र कु. मण्डलको साथबाट नाईट्रोभेट 10 –
११ टबलेट,पेन्टाजोनिक ईनजेक्सन-२ थान र सोहि मो.सा. पछाडि सवार ऐ.ऐ.
बस्ने ब्रहमदेव पासवानको छोरा अं. बर्ष २० को मिथलेश पासवानको साथबाट नाईट्रोभेट 10
– ३ ट्याबलेट फेला परेको हुदा उक्त
मो.सा र तिनै जनालाई नियन्त्रणमा लिई प्र.चौ.ठाडिझिझा धनुषामा ल्याई राखिएको ।