ला.औ. गाँजा सहित मो.सा. र मानिस नियन्त्रणमा
२०८०-०५-०८
- A
- A-
- A+
१.
सर्लाही, मिति २०८०।०५।०७ गते अं. ०६:०० बजेको
समयमा जि. सर्लाही कौडेना गा.पा. २ लखनदेही पुल नजिक ई.प्र.का. कौडेना सर्लाहीबाट
प्र.ना.नि. जितेन्द्र साहको कमाण्डमा खटिएको गस्ती टोलीले BR30AH4326 नं. को मो.सा. शंका लागी रोकी चेकजाँच गर्दा उक्त मो.सा.को सिटमुनि लुकाई
छिपाई राखेको अं. २ के.जी. ला.औ. गाँजा फेला पारी उक्त ला.औ. गाँजा, देश भारत जि. सितामढी
ग्राम पंचायत विशनपुर गोनाही वार्ड नं.९ थाना सोनबर्षा बस्ने अं.बर्ष ३६ को मनोज
राय र ऐ.ऐ. ग्राम पंचायत ईनर्वा पररिया
टोल बस्ने अं.बर्ष ३७ को प्रमोद राय सहित मो.सा. नियन्त्रणमा लिई आवश्यक कारवाहीको
लागी जि.प्र.का.सर्लाही पठाईएको ।