प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८०-०५-१०

  • A
  • A-
  • A+
Share


१.      महोत्तरी, मिति २०८०।०५।०९ गते अ. २२:४५ बजेको समयमा जिल्ला महोत्तरी बर्दिबास न.पा. १० खयरमारा स्थित  रहेको झोलुङगे पुल नजिकमा प्र.चौ. खयरमारा महोत्तरीबाट प्र.स.नि. को कमाण्डमा खटिएको गस्ति टोलिले भित्री खोलाबाट खयरमारा बजार तर्फ आउँदै गरेको पैदल यात्री जिल्ला महोत्तरी बर्दिबास न. पा. १० बस्ने दुखा राय यादवको छोरा अं. वर्ष २८ को सुरेन्द्र राय यादव र  ऐ.ऐ. बस्ने मदन सिंह लोप्चनको छोरा अं. वर्ष ३८ को अमर सिंह लोप्चनलाई शंका लागी शरीर खानतलासी गर्दा निजहरुले  बोकेको झोलाबाट प्रतिबन्धित ला.औ. अं. ५/५ के.जी. गरी जम्मा अं. १० के.जी. गाँजा फेला पारी बरामद गाँजा तथा दुवै मानिस सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी ई.प्र.का. बर्दिबासमा पठाएको ।

२.      बारा, मिति २०८०।०५।०९ गते अ. १४:४५ बजेको समयमा जि.बारा निजगढ न.पा. ११ रतनपुर स्थितमा अ.प्र.पोष्ट रतनपुर बाराबाट प्र.स.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले चेकिङ गर्ने क्रममा रतनपुरबाट निजगढ तर्फ पैदल आउँदै गरेको  भारत देश बिहार राज्य मुज्जफरपुर जिल्ला थाना देवरिया कोठी रामचन्द्रपुर ग्राम पोष्ट वडा न. ५ नेकनामपुर घर भई हाल जि.सर्लाही बरहथवा न.पा.वडा न. ६ हिरापुर ब्यारेज शिवालय मन्दिरमा सादुको रुपमा बसोबास गर्दै आईरहेको बैजनाथ पाण्डेको छोरा वर्ष ६५ को श्रीकान्त पाण्डेको झोला चेक गर्ने क्रममा निजको झोलाबाट अ. २ के.जी.५०० ग्राम ला.औ. गाँजा फेला पारी उक्त गाँजा र निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी ई.प्र.का. निजगढ बारा पठाईएको ।

३.      धनुषा,  मिति २०८०।०५।०९ गते अ. १९:०० बजेको समयमा जिल्ला धनुषा बिदेह न.पा. १ मैनाथपुर सिमा स्थितमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म मैनाथपुर धनुषाबाट खटी गएको स.प्र.ना.उ. को कमाण्डमा र प्र.चौ. ठाडिझिझा धनुषाबाट प्र.स.नि. को कमाण्डमा खटिएको मो.सा. गस्ती टोलीले भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको निम्न प्रतिबन्धित लागु औषध गस्ती टोलीलाई देखी झोला फाली मानिस र मो.सा. भारत तर्फ नै फरार भएको उक्त निम्न प्रतिबन्धित लागु औषध नियन्त्रणमा लिई प्र.चौ. ठाडिझिझा धनुषामा ल्याई राखिएको ।      

निम्न:-

१.      EXIPION-100 ml को ३९ बोतल

२.      DIALEXDC-100 ml को ३ बोतल

३.      CODINEXT-100 ml को ४८ बोतल

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३१

सिरहा, औरही गाउँपालिका १ स्थितबाट लागु औषध Nitrazepam Tablets IP 10 mg नामक २ पत्तामा २० पिस ट्याब्लेट सहित  गोलबजार नगरपालिका १२ बस्ने कासिन्द्र मुखियाको छोरा बर्ष १७ को राकेश मुखिया, सोही स्थान बस्ने दुखरन मुखियाको छोरा बर्ष १८ को मनिष मुखिया र सुखिपुर नगरपालिका ६ जगिपुर बस्ने रामदेव रायको छोरा बर्ष २० को सोनेलाल रायलाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी हर्कटीबाट खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा दरहैयाबाट हर्कटी तर्फ आँउदै गरेको म.प्र.०१-००५ प ०५१४ नम्बरको मोटरसाइकललाई शंका लागी चेक जाँज गर्दा मोटरसाइकलमा सवार निजहरुलाई उक्त लागु औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३१

बारा, आदर्शकोतवाल गाउँपालिका ४ हर्नैहिया चोकमा दुई वटा आँपको क्यारेट बेवारिसे अवस्थामा छ भन्ने खबर मिति २०८२-०३-२९ गते साँझ प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय  बारागढी र इलाका प्रहरी कार्यालय महेन्द्रजयनगरबाट संयुक्त प्रहरी टोलि खटिगई दुवै आँपको क्यारेट बरामद गरी चेक जाँच गर्दा लागु औषध १५०० सय पिस फेनार्गन, १५०० सय पिस नोर्फेन र १५०० सय पिस डाइजोपान गरी जम्मा ४५०० (चार हजार पाँच सय) पिस लागु औषध ईन्जेक्सन बरामद गरी प्रहरीले थप अनुसन्धान गर्दै जाने क्रममा मिति २०८२-०३-३० गते साँझ CCTV क्यामेरामा देखिएको फोटोमा नम्बर नखुलेको भारतीय मोटरसाइकलमा उक्त क्यारेट लोड भएको मोटरसाइकल चालकले रातो रंङगको भेस्ट लगाएको र लागु औषध बोकेको मोटरसाइकललाई  BR05AZ4572 नम्बरको कालो रातो रङको १५० सि.सि.को भारतीय नम्बरको पल्सर मोटरसाइकलले स्कटिङग गरेको फोटो समेत देखिएकोले निजहरुको खोजतलास गर्दै जाँदा मिति २०८२-०३-३१ गते साँझ CCTV क्यामेरामा देखिएको  फोटोमा भएको हुलिया अनुसार लागु औषध ओसारपसारमा संलग्न देखिएको देश भारत जिल्ला मोतिहारी ग्रामपञ्चायत बिजवनि बन्कटवा टोल बस्ने ईन्द्रजित रायको छोरा बर्ष २५ को बलिराम कुमार यादव र निजको भाई बर्ष १८ को कन्हैया यादव, सोही स्थान बस्ने रंगिलाल यादवको छोरा बर्ष २१ को वकिल कुमार यादवलाई BR05AZ4572  र BR05BC9501 नम्बरको कालो रातो कलरको १५० सि.सि.को दुई वटा पल्सर मोटरसाइकल सहित पचरौता नगरपालिका २ चतुरी चोकबाट नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।