प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस र मोटरसाईकल नियन्त्रणमा

२०८०-०५-१९

  • A
  • A-
  • A+
Share

१.      पर्सा, मिति २०८०।०५।१८ गते अ. १४:३० बजेको समयमा प्र.चौ. भिष्वाडाडँबाट प्र.स.नि.को कमाण्डमा खटिएको गस्ति टोलीले जिल्ला पर्सा बिरगंज म.न.पा.१५ नेशनल मेडिकल कलेज पछाडी पट्टी रहेको बाँसघारीमा प्रदेश०२-०२१प ९७९५ र प्रदेश२-०३-०११प ४९८९ नम्बरको २ वटा मो.सा. रोकी शंकस्पद रुपमा बसिरहेका जिल्ला बारा कोल्बी न.पा.५ घरभई जि.पर्सा बिरगंज म.न.पा.१५ ब्रम्हचोक डेरा गरि बस्ने बर्ष २५ को तिर्थ नारायण चौधरी, जि.पर्सा बिरगंज म.न.पा.२ छप्कैया बस्ने बर्ष १९ को नरेश पटेल र जि.पर्सा बिरगंज म.न.पा.१४ बस्ने बर्ष २४ को अमित पटेलको शरिर चेकजाचँ गर्ने क्रममा २ वटा सानो प्लाष्टिकको प्याकेटमा ला.औ. खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ (१ ग्राम ४० मिलिग्राम) र सेतो हेरोईन जस्तो देखिने धुलो पदार्थ ( २४० ग्राम) फेला पारि पक्राउ गरि ,मो.सा.चौकीमा राखि मानिसहरुलाई आवश्यक कारवाहीको लागी व.प्र.का.श्रीपुर तर्फ पठाएको ।

 

२.      बारा, मिति २०८०/०५/१८ गते अ. १९:४५ बजेको समयमा जि.बारा जितपुरसिमारा उ.म.न.पा.२२ स्थित बगिर खोला नजिकै बाटोमा अबैध लागु औषध गाँजा लिई स्कुटिमा मानिस जाँदै छ भनी ई.प्र.का. अमलेखगंज, बारामा बिशेष सुचना प्राप्त हुनासाथ तत्कालै उक्त स्थानमा ई.प्र.का. अमलेखगंजबाट प्र.ब.ना.नि.को कमाण्डमा प्रहरी टोली खटी गई चेकजाँच गर्ने क्रममा ऐ. २२ नयाँ बस्ती बस्ने बालकृष्ण थिङ कि छोरी अं.बर्ष २८ की अन्जली थिङले ना ३३ प ५७४८ नं.को स्कुटिमा उत्तरबाट दक्षिण तर्फ लैजाँदै गरेको (१ बोरामा) अं.८ के.जी. ४६८ ग्राम अबैध ला.औ. गाँजा फेला पारि स्कुटि र गाँजा सहीत निज अन्जली थिङलाई नियन्त्रणमा लिई तालुक ई.प्र.का सिमरा बुझाईएको ।

 

 

३.      धनुषा, मिति २०८०।०५।१७ गते अ. २३:२० बजेको समयमा जि.ध.कमला न.पा.२ सराबे पुल स्थितमा BR 32 AB 8063 न.को मो.सा.मा १४ के.जि.३०० ग्राम तौल भएको ला.औ.गाँजा बोकी माचीबाट तिनकोरिया तर्फ जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा  बेस दुबरकोट धनषाबाट स.प्र.ना.नि.संजय कुमार यादवको कमाण्डमा खटिएको ४ जनाको मो.सा.गस्ती टोलीलाई देखी उक्त गाँजा र मो.सा.छाडी मानिस फरार भएको हुँदा उक्त सामान बरामद गरी स.प्र.ब.ने.सु.बे.दुबरकोटमा ल्याई राखिएको र मिति २०८०।०५।१८ गते अ.१३:३० बजेको समयमा प्र.चौ.माचीबाट खटिगएको प्र.स.नि. लाई उक्त प्रतिवन्धित ला.औ.गाँजा बुझाईएको र आवश्यक कारवाही को लागी तालुक ई.प्र.का.खजुरी धनुषामा पठाईएको ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०२-२८

१.      सिरहा, सखुवानन्कारकट्टी गाउँपालिका-५ ईटहर्वाबाट वेवारिसे अवैध लागूऔषध गाँजा ७६ किलोग्राम बुधबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लहान र इलाका प्रहरी कार्यालय महेशवरी सिरहाबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले सखुवानन्कारकट्टी गाउँपालिका-५ ईटहर्वा बस्ने जिवछ गोप यादवको छोरा अन्दाजि बर्ष ४४ को आनन्द कुमार यादवको गोठ घरमा उक्त लागूऔषध गाँजा लुकाई छिपाई राखेको अवस्थाबाट फेलापारी नियन्त्रणमा लिएको हो । फरार रहेको निज आनन्द कुमार यादवको खोजतलास भईरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   सिरहा, लहान नगरपालिका-३ लहान बजार स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १३ ग्राम १४० मिलिग्राम सहित २ जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी बलानबिहुल गाउँपालिका-४ बेलही टोल घर भई हाल जिल्ला सिरहा लहान नगरपालिका-०३ बस्ने रजनीकान्त मण्डलको छोरा अन्दाजि बर्ष २३ को अजित कुमार मण्डल र सिराहा धनगढीमाई नगरपालिका-४ धनगढी बस्ने रामु चौधरी थारुको छोरी अन्दाजि बर्ष २४ की लक्ष्मी कुमारी चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लहान र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले निजहरुलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।   

अवैध सामान सहित ट्रक नियन्त्रणमा
२०८३-०२-२७

१.       सर्लाही, बागमति नगरपालिका १२ कर्मैया चेकपोष्टबाट अन्दाजी रु. ४५,४३,७१८ (पैतालिस लाख त्रिचालिस हजार सात सय अठार) मुल्य बराबरको बिल बिजक भन्दा फरक भएको मेडिसिन, टायर, स्पेर्यस पाटस,ड्रम वायर र हाडवेयर लगायतको खुद्रा सामानहरु सहित ना ८ ख ५७०२ नं. को डब्बा (ट्रक) मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैयाको प्रहरीको टोलिले बिराटनगरबाट कास्की तर्फ जाँदै गरेको डब्बा रोकी चेकजाँच गर्दा बिलबिजक शंकास्पद भएका सामानहरु फेला पारी उक्त सामानहरु सहित डब्बा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ ।

स्रोत नखुलेको नगद सहित मानिस नियन्त्रणमा
२०८३-०२-२६

 महोत्तरी, जलेश्वर नगरपालिका-०३ मालिवारा बजारबाट स्रोत नखुलेको भा.रु. १,११,३५०/- (एक लाख एघार हजार तीन सय पचास रुपैयाँ) र नेपाली रु. १,१७,६५०/- (एक लाख सत्र हजार छ साय पचास रुपैयाँ) गरी जम्मा नेपाली रु. २,९५,८१०/- (दुई लाख पन्चानब्बे हजार आठ सय दस रुपैयाँ), साईकल सहित १जनालाई सोमबाट दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका-०६ बासोपट्टी बस्ने अन्दाजि बर्ष ५५ को अरुण कुमार चौधरी रहेको छ । प्रहरी चौकी मालिवाराबाट खटिएको प्रहरीले भिठ्ठामोडबाट जलेश्वर तर्फ आउँदै गरेको निज साईकल यात्री माथी शंका लागि चेकजाँच गर्दा उक्त रकम सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

स्रोत नखुलेको नगद सहित मानिस नियन्त्रणमा
२०८३-०२-२६

महोत्तरी, जलेश्वर नगरपालिका-०३ मालिवारा बजारबाट स्रोत नखुलेको भा.रु. १,११,३५०/- (एक लाख एघार हजार तीन सय पचास रुपैयाँ) र नेपाली रु. १,१७,६५०/- (एक लाख सत्र हजार छ साय पचास रुपैयाँ) गरी जम्मा नेपाली रु. २,९५,८१०/- (दुई लाख पन्चानब्बे हजार आठ सय दस रुपैयाँ), साईकल सहित १जनालाई सोमबाट दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका-०६ बासोपट्टी बस्ने अन्दाजि बर्ष ५५ को अरुण कुमार चौधरी रहेको छ । प्रहरी चौकी मालिवाराबाट खटिएको प्रहरीले भिठ्ठामोडबाट जलेश्वर तर्फ आउँदै गरेको निज साईकल यात्री माथी शंका लागि चेकजाँच गर्दा उक्त रकम सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।