प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस र मोटरसाईकल नियन्त्रणमा

२०८०-०५-१९

  • A
  • A-
  • A+
Share

१.      पर्सा, मिति २०८०।०५।१८ गते अ. १४:३० बजेको समयमा प्र.चौ. भिष्वाडाडँबाट प्र.स.नि.को कमाण्डमा खटिएको गस्ति टोलीले जिल्ला पर्सा बिरगंज म.न.पा.१५ नेशनल मेडिकल कलेज पछाडी पट्टी रहेको बाँसघारीमा प्रदेश०२-०२१प ९७९५ र प्रदेश२-०३-०११प ४९८९ नम्बरको २ वटा मो.सा. रोकी शंकस्पद रुपमा बसिरहेका जिल्ला बारा कोल्बी न.पा.५ घरभई जि.पर्सा बिरगंज म.न.पा.१५ ब्रम्हचोक डेरा गरि बस्ने बर्ष २५ को तिर्थ नारायण चौधरी, जि.पर्सा बिरगंज म.न.पा.२ छप्कैया बस्ने बर्ष १९ को नरेश पटेल र जि.पर्सा बिरगंज म.न.पा.१४ बस्ने बर्ष २४ को अमित पटेलको शरिर चेकजाचँ गर्ने क्रममा २ वटा सानो प्लाष्टिकको प्याकेटमा ला.औ. खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ (१ ग्राम ४० मिलिग्राम) र सेतो हेरोईन जस्तो देखिने धुलो पदार्थ ( २४० ग्राम) फेला पारि पक्राउ गरि ,मो.सा.चौकीमा राखि मानिसहरुलाई आवश्यक कारवाहीको लागी व.प्र.का.श्रीपुर तर्फ पठाएको ।

 

२.      बारा, मिति २०८०/०५/१८ गते अ. १९:४५ बजेको समयमा जि.बारा जितपुरसिमारा उ.म.न.पा.२२ स्थित बगिर खोला नजिकै बाटोमा अबैध लागु औषध गाँजा लिई स्कुटिमा मानिस जाँदै छ भनी ई.प्र.का. अमलेखगंज, बारामा बिशेष सुचना प्राप्त हुनासाथ तत्कालै उक्त स्थानमा ई.प्र.का. अमलेखगंजबाट प्र.ब.ना.नि.को कमाण्डमा प्रहरी टोली खटी गई चेकजाँच गर्ने क्रममा ऐ. २२ नयाँ बस्ती बस्ने बालकृष्ण थिङ कि छोरी अं.बर्ष २८ की अन्जली थिङले ना ३३ प ५७४८ नं.को स्कुटिमा उत्तरबाट दक्षिण तर्फ लैजाँदै गरेको (१ बोरामा) अं.८ के.जी. ४६८ ग्राम अबैध ला.औ. गाँजा फेला पारि स्कुटि र गाँजा सहीत निज अन्जली थिङलाई नियन्त्रणमा लिई तालुक ई.प्र.का सिमरा बुझाईएको ।

 

 

३.      धनुषा, मिति २०८०।०५।१७ गते अ. २३:२० बजेको समयमा जि.ध.कमला न.पा.२ सराबे पुल स्थितमा BR 32 AB 8063 न.को मो.सा.मा १४ के.जि.३०० ग्राम तौल भएको ला.औ.गाँजा बोकी माचीबाट तिनकोरिया तर्फ जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा  बेस दुबरकोट धनषाबाट स.प्र.ना.नि.संजय कुमार यादवको कमाण्डमा खटिएको ४ जनाको मो.सा.गस्ती टोलीलाई देखी उक्त गाँजा र मो.सा.छाडी मानिस फरार भएको हुँदा उक्त सामान बरामद गरी स.प्र.ब.ने.सु.बे.दुबरकोटमा ल्याई राखिएको र मिति २०८०।०५।१८ गते अ.१३:३० बजेको समयमा प्र.चौ.माचीबाट खटिगएको प्र.स.नि. लाई उक्त प्रतिवन्धित ला.औ.गाँजा बुझाईएको र आवश्यक कारवाही को लागी तालुक ई.प्र.का.खजुरी धनुषामा पठाईएको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित १(एक) जना मानिस पक्राउ
२०८०-०६-०४

सिरहा, मिति २०८०।०६।०३ गते अं. ०८:३० बजे जिल्ला सिरहा लहान नगरपालिका वडा नं. ८ स्थित लोट्स बोर्डिङ् स्कुल नजिक ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट प्र.स.ह.को कमाण्डमा खटिएको सादा पोशाक टोलीले पैदल यात्री जिल्ला सिरहा लहान नगरपालिका वडा नं. २ बस्ने वर्ष २० को सदानन्द महतोलाई शंका लागी चेकजाँच गर्दा निजले बोकेको कालो रङको झोला भित्र प्लाष्टिकको पोका बनाई लुकाई छिपाई राखेको अबस्थामा ला.औ. डाईजापाम- १५३ एम्पुल, ब्युप्रोनोरफिम- १५४ एम्पुल, फेनारगन -१९० एम्पुल जम्मा ४९७ एम्पुल ला.औ. फेला पारी निजलाई ला.औ. सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको । 

अवैध भन्सार छलीका सामान सहित मो.सा. नियन्त्रणमा
२०८०-०६-०४

१.      रौतहट, मिति २०८०।०६।०३ गते अं. ११:०० बजेको समयमा प्र.चौ. रामपुर खाप रौतहटबाट खटिएको टोलीले गस्ती गर्दै जाने क्रममा  जिल्ला रौतहट परोहा न.पा. ९ स्थित भारतबाट अवैध रुपमा भन्सार छलि प्रदेश २-०३-००२ प २७३६ , BR 05 LS 8405 र BR 05 AU 1124  नंम्बरको  मो.सा.मा आलु र प्याज लगायतका सामानहरु लोड गरि नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी गस्ति टोलिलाई देखी प्रदेश २-०३-००२ प २७३६ , BR 05 LS 8405 र BR 05 AU 1124  नंम्बरको  मो.सा. सहित आलु र प्याज फाली मानिस फरार रहेको,  उक्त मो.सा., आलु र प्याज  प्रहरी टोलीले नियन्त्रणमा लिई उक्त मो.सा., आलु र प्याजको मूल्य रु.१,२२,५६०/-  कायम गरि आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा दाखिला गराएको । २.      रौतहट, मिति २०८०।०६।०३ गते अं. १६:४५ बजेको समयमा ई.प्र.का.बन्जरहा रौतहटबाट खटिएको टोलीले गस्ती गर्दै जाने क्रममा  जिल्ला रौतहट ईशनाथ न.पा. ७ डुमरिया चौक स्थित भारतबाट अवैध रुपमा भन्सार छलि BR 30 F 9971  नंम्बरको  मो.सा.मा किराना सामानहरु लगायतका सामानहरु लोड गरि नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी गस्ति टोलिलाई देखी BR 30 F 9971 नंम्बरको मो.सा. सहित मो.सा.मा किराना सामानहरु फाली मानिस फरार रहेको, उक्त BR 30 F 9971  नंम्बरको  मो.सा.मा किराना सामानहरु प्रहरी टोलीले नियन्त्रणमा लिई मूल्य रु.९०,९९०/- कायम गरि आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा दाखिला गराएको (०) ३.      रौतहट, मिति २०८०।०६।०३ गते अं. १६:३० बजेको समयमा प्र.चौ.जयनगर रौतहट र ई.प्र.का.कोप्वा पिपरिया रौतहटबाट खटिएको टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला रौतहट परोहा न.पा. ६ र बौधीमाई न.पा.२ स्थित भारतबाट अवैध रुपमा भन्सार छलि साईकल थान-१ , BR 05 AB 3371 र  BR 22 Y 5558  नंम्बरको   मो.सा. र साईकलमा चिनि र सोफी -१५ कार्टुन लगायतका सामानहरु लोड गरि नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी गस्ति टोलिलाई देखी साईकल थान-१ , BR 05 AB 3371 र  BR 22 Y 5558  नंम्बरको   मो.सा. र साईकलमा चिनि र सोफी -१५ कार्टुन सहित जिल्ला रौतहट ईशनाथ न.पा. ६ बस्ने शेख अनवरलाई नियन्त्रणमा लिई साईकल, मो.सा. र समानहरुको मुल्य  रु. १,८२,५००/-  कायम गरि आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा दाखिला गराएको ।  ४.      रौतहट, मिति २०८०।०६।०३ गते अं. १९:३० बजेको समयमा जि.प्र.का. रौतहट तथा ई.प्र.का. कोप्वापिपरीयाबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला रौतहट परोहा न.पा. ६ स्थित भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी आवश्यक विलविजक नभएको माछा प्रदेश ३-०१-०२३च ९३४४ को पिकअप गाडीमा लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी गस्ती टोलीले फेला पारी पिकअप गाडी र माछा १० क्विन्टल सहित जिल्ला पर्सा बिरगंज उ.म.न.पा. वडा नं. १६ फुलवारी टोल बस्ने नसरुदिन हवारीको छोरा अं. बर्ष ३७ को रेयाज हवारी, ऐ. ऐ. बस्ने बर्ष १७ को धिरज ठाकुर लोहार र जिल्ला रौतहट यमुनामाई गा.पा. वडा नं. ५ बस्ने अं. बर्ष २४ को महमद कलामुदिन समेत ३ जानालाई नियन्त्रणमा लिई प्रदेश ३-०१-०२३च ९३४४ पिकअप गाडी र माछाको मुल्य रु.१९,००,०००/- (उन्नाईस लाख मात्र) कायम गरी आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा दाखिला गराएको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०६-०४

१.      सर्लाही, मिति २०८०।०६।०३ गते अं. १७:३० बजेको समयमा जि.सर्लाही ब्रहम्पुरी गा.पा. ४ स्थित प्र.चौ. त्रिभुवननगर सर्लाहीबाट प्र.ब.ना.नि.को कमाण्डमा र सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको स.प्र.ना.नि. सन्तोष साहको कमाण्डमा खटिएको संयुक्त टोलीले चेकचाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको नम्बर नदेखिने मो.सा.लाई चेकजाँच गर्दा उक्त मो.सा.मा लुकाई राखेको नाईट्रोभेट ट्यावलेट - ३०० पिस (१० पता), Onerex- १११ बोतल (100ml) र जि. सितामढी बसन्तपुर ग्रामपञ्चायत ७ बस्ने अं. वर्ष २० को अरुण कुमारलाई समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जि.प्र.का.सर्लाहीमा बुझाएको ।  २.      सर्लाही, मिति २०८०।०६।०३ गते अं. १७:४५ बजेको समयमा जि.सर्लाही मलंगवा न.पा. १ स्थित प्र.चौ. गोरखकाली सर्लाहीबाट प्र.स.नि. को कमाण्डमा र सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट खुटौनाबाट खटिएको स.प्र.ब.ह. को कमाण्डमा खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा नेपालबाट भारत तर्फ जाँदै गरेको BR30L 1507 मो.सा. प्रहरी टोलीलाई देखी मानिस फरार भएको र उक्त मो.सा. लाई चेकजाँच गर्दा गाँजा- २ के.जि. २०० ग्राम बरामद गरि उक्त मो.सा. सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जि.प्र.का. सर्लाहीमा बुझाईएको । ३.      धनुषा, मिति २०८०।०६।०३ गते अं. १८:३० बजेको समयमा जिल्ला धनुषा बिदेह न.पा.१ मैनाथपुर सिमा स्थितमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म मैनाथपुर धनुषाबाट खटिएको टोली र प्र.चौ. ठाडिझिझाबाट प्र.स.नि. को कमाण्डमा टोलि खटिएको मो.सा.गस्ति टोलिले नेपालबाट भारत तर्फ घाँसको बोरा भित्र लुकाई छिपाई ४ पोका (२४ किलो ८०० ग्राम) प्रतिबन्धित लागु औषध गाँजा गस्ती टोलीलाई देखी बोरा फाली मानिस फरार भएकोमा उक्त प्रतिबन्ध लागु औषध नियन्त्रणमा लिई प्र.चौ. ठाडिझिझामा ल्याई राखिएको । ४.      सिरहा, मिति २०८०।०६।०३ गते अं. ०८:३० बजे जिल्ला सिरहा लहान न.पा.८ लोट्स बोर्डिङ् स्कुल नजिक ई.प्र.का. लहान सिरहाबाट प्र.स.ह. को कमाण्डमा खटिएको सादा पोशाक टोलीले पैदल यात्री जिल्ला सिरहा लहान न.पा. २ बस्ने घुरण महतोको छोरा वर्ष अं. २० को सदानन्द महतोलाई शंका लागी चेक जाचँ गर्दा निजले बोकेको कालो रङको पछाडी भिर्ने झोला भित्र ४ वटा कालो प्लाष्टिक भित्र पोका पारी लुकाई छिपाई राखेको अवस्थामा ला.औ. डाईजोपाम-१५३ एम्पुल, ब्युप्रोनोरफिम- १५४ एम्पुल, फेनारगन-१९० एम्पुल (जम्मा ४९७ एम्पुल) फेला पारी निजलाई ला.औ. सहित नियन्त्रणमा लिई ई.प्र.का. लहान सिरहामा ल्याई अन्य थप अनुसन्धान कार्य भईरहेको ।