लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०५-२१
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०।०५।२० गते अं २३:०० बजेको
समयमा जि.पर्सा बिरगंज म.न.पा वडा नं. १६ स्थित रहेको जय नेपाल होटेलको ११७ नं.
कोठाबाट बिशेष सुचनाको आधारमा व. प्र. का.बिर्ता, पर्साबाट खटिएका प्र.ब.ना.नि को
टोलिले जि. उदयपुर कटारी न.पा. वडा नं ३ बस्ने मोहन खड्काको छोरा बर्ष अं. ३२ को
सत्रुधन खड्काको साथबाट onrex
100 ml लागु औषध ७३ बोतल र खैरो
हेरोईन जस्तो देखिने पदार्थ सानो एक पुरिया र प्रदेश १ -०५-००१ प ४८४० नं. को मो.सा.
सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व. प्र. का.बिर्ता,
पर्सामा ल्याई राखेको ।
२.
पर्सा , मिति २०८०।०५।२० गते अं १७:३० बजेको
समयमा जि. पर्सा बिरगंज म.न.पा वडा नं. २ मालपोत चोक नजिकैबाट जि. प्र. का पर्साबाट
प्र.स.नि को कमाण्डमा सुचना संकलनको टोलीले सुचनाको अधारमा जि. पर्सा बिरगंज
म.न.पा १ छप्कैया बस्ने भिखारी साहको छोरा बर्ष ३१ को सुनिल कुमार साहलाइ
नियन्त्रणमा लिई चेकजाँच गर्दा निजको
साथबाट कालो रङगको प्लाष्टिकमा टेपले बेरेर राखेको अवस्थामा लागु औषध ईन्जेक्सन
डाइजेपाम ४९ पिस, फेनार्गन ४९ पिस र नुर्फिन ४९ पिस गरी जम्मा १४७ पिस ईन्जेक्सन
सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का पर्सा ल्याईएको ।