प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध, मो.सा. सहित मानिस नियन्त्रणमा

२०८०-०५-२४

  • A
  • A-
  • A+
Share

१.      बारा, मिति २०८०।०५।२३ गते अं. १५:०० बजेको समयमा जि. बारा परवानिपुर गा.पा. ५ नौतन स्थित बिशेष सुराकिको आधारमा इ.प्र.का. प्रसौनी बाराबाट प्र.स.ह. को कमाण्डमा खटि गएको टोलिले एल एस न्युरो अस्पताल अगाडि रोकि राखेको बा ६८ प ३०२५ नं को मो.सा. चालक जि. पर्सा जगतनाथपुर गा.पा. ४ बिर्ता बस्ने विजय गिरीको छोरा अं. बर्ष १८ को अमन गिरीलाई संकास्पद मानि चेक जाँच गर्ने क्रममा निजले लगाएको पाईन्टको खल्टिमा ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ (०.८० मिलिग्राम) फेला पारि आवश्यक कारवाहिको लागि मो.सा. सहित मानिस नियन्त्रणमा लिई ई.प्र.का. प्रसौनी, बारामा ल्याई राखिएको  ।

 

२.      सिरहा, मिति २०८०।०५।२३ गते अ.२०:०० बजे जिल्ला सिरहा विष्णुपुर गा.पा. ५ लक्ष्मीपुर मठ स्थितमा ई.प्र.का. विष्णुपुर, सिरहाबाट प्र.ना.नि. को कमाण्डमा खटिएको गस्ती टोलीले दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको स ६ प ५८०१ नम्बरको मो.सा.मा सवार रहेको निम्न व्यक्तिहरुलाई रोकी चेकजाँच गर्दा निजहरुको साथबाट नियन्त्रित ला.औ. NITRAZEPAM २ पत्ता (३० ट्यावलेट) फेला परेकोले निजहरुलाई मो.सा.सहित नियन्त्रणमा लिई ई.प्र.का. विष्णुपुर, सिरहामा ल्याई आवश्यक कार्वाहीको लागी तालुक जि.प्र.का.सिरहा पठाएको ।

निम्नः-

१.      मो.सा.चालक जिल्ला सिरहा मिर्चैया न.पा.२ बस्ने राम ह्रदय मण्डलको छोरा अ. वर्ष २३ को अनिल कुमार मण्डल ।

२.      पछाडी सवार ऐ.मिर्चैया न.पा. २ मल्हनिया पिडारी टोल बस्ने नथुनिया यादवको छोरा अ. वर्ष १८ को श्याम सुन्दर यादव (निजको साथबाट NITRAZEPAM १ पत्ता (१५ ट्यावलेट)  फेला परेको) ।

३.      पछाडी सवार ऐ.ऐ.बस्ने सतनाम कापरको छोरा अ.वर्ष १८ को निकी कापर (निजको साथबाट NITRAZEPAM १ पता (१५ ट्यावलेट)  फेला परेको ।

४.      पछाडी सवार ऐ.ऐ. बस्ने जिवछ पंडितको छोरा अ. वर्ष १८ को मिथलेश पण्डित ।

सम्बन्धित समाचार
लागु औषध र मोटरसाईकल सहित मानिस नियन्त्रणमा
२०८०-०६-१०

सर्लाही, मिति २०८०।०६।०९ अं. ०५:४५ बजेको समयमा जि.सर्लाही बलरा न.पा. ७ स्थित  मधुबनी बरहथवा सडक खण्डमा ई.प्र.का. गडहिया सर्लाहीबाट प्र.स.नि. को कमाण्डमा खटिएको गस्ती टोलीले डुमरियाबाट रोहुवा तर्फ जाँदै गरेको BR30H8326 नं. को मो.सा.लाई चेक जाँच गर्दा उक्त मो.सा. चालक र पछाडी सवार  निम्न स्थान बस्ने  निम्न ला.औ. फेला पारी नियन्त्रणमा लिई ला.औ.र मो.सा. सहित  ३ जना मानिसहरुलाई ई.प्र.का. गडहिया सर्लाहीमा ल्याई राखिएको ।निम्न:१) मो.सा. चालक ऐ.ऐ. बस्ने अं. वर्ष २४ को अंकित सिंहको साथबाट केही फेला नपरेको ।२) सोही मो.सा. पछाडी सवार ऐ.ऐ. बस्ने अं. वर्ष २१ को सौरभ महराको साथबाट नाइट्रोजेपाम ८ पिस र १ सानो पुरिया गाँजा फेला परेको । ३)  सोही मो.सा. मा पछाडी सवार ऐ.ऐ. बस्ने अं. वर्ष ३० को सुमित रंजन सिंहको साथबाट १ सानो पुरिया गांजा फेला परेको ।

भन्सार छलीका सामान पक्राउ
२०८०-०६-१०

१.      सिरहा, मिति २०८०।०६।०९ गते अं. २०:०० बजेको समयमा जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नं. ६ कटारी चोक देखि पश्‍चिम सडकको किनारमा बोरामा बेवारिसे अवस्थामा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको खुद्रा सामानहरु अं. मु. रू. ३,८७,६५०/- (तीन लाख सतासी हजार छ सय पचास) बराबरको सामानहरु तालुक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट सादा पोसाकमा खटिएको प्रहरी टोली र ई.प्र.का. मिर्चैयाबाट QRT प्र.ह. को कमाण्डमा खटिएको प्रहरी टोलीले फेला पारी रित पुर्वक बरामद गरी ई.प्र.का. मिर्चैयामा ल्याई राखेको ।  २.      सिरहा, मिति २०८०।०६।०९ गते अं.१०:३० बजेको समयमा जिल्ला सिरहा गोलबजार न.पा.६ स्थित पूर्व पश्चिम लोकमार्गमा ई.प्र.का. गोलबजार सिरहाबाट प्र.नि. को कमाण्डमा सशस्त्र प्रहरी समेतको संयुक्त टोलीले चेक प्वाईन्ट थापी चेक जाँच गर्ने क्रममा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको नम्बर प्लेट नभएको मो.सा. रोक्न खोज्दा मो.सा.र झोला छाडी मो.सा.चालक भागी फरार भएकोले तत्काल झोला सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिई झोला चेकजाँच गर्दा झोला भित्र भन्सार छली ल्याएको निम्न मुल्य बराबरको मोवाईल थान -१८ र उक्त मो.सा.समेत नियन्त्रणमा लिई सशस्त्र प्रहरी बेस गोलबजार मार्फत उक्त समान भन्सार पठाउने कार्य भईरहेको ।निम्न सामानहरुः-१. रेडमी मोवाईल 12C-४ थानको प्रतिगोटा १४,०००।–को दरले अं.मु.रु.५६,०००।–२. रेडमी मोवाईल A2-१० थानको प्रतिगोटा १२,०००।– को दरले अं.मु.रु.१,२०,०००।–३. स्मार्ट मोवाईल HD-४ थानको प्रतिगोटा १४,५००।– को दरले अं.मु.रु.५८,०००।– ४. नम्बर पलेट नभएको यामाहा कम्पनिको MT 15,च्यासिस नं.-MEIRG6866P0006797, ईन्जिन नं.-G3N4E0512176 को मो.सा.को अं.मु.रु.२,५०,०००।–  गरी जम्मा अं.मु.रु.४,८४,०००।–

युरिया मल नियन्त्रणमा
२०८०-०६-०९

सर्लाही, मिति २०८०।०६।०८ गते अ. १६:४५ बजे जिल्ला सर्लाही हरिवन न.पा. ११ स्थितमा रहेको सानिमा बैंक अगाडि खाली जग्गामा ना ३ च ८०२९ नं. को बलेरो पिकअप गाडीमा भन्सार छली चोरी निकासी, पैठारी गरी ल्याएको युरिया मल छ भन्ने बिशेष सुचनाको आधारमा ई.प्र.का. हरिवन सर्लाहीबाट प्र.नि. को कमाण्डमा ७ जनाको टोली ऐ. १७:०० बजे उक्त स्थानमा पुगि हेर्दा उक्त गाडीमा (प्रति बोरा ४५ के.जि.) को दरले ५१ बोरा युरिया मल फेला परेकोले उक्त नम्बरको गाडी र मलधनी जिल्ला रौतहट चन्द्रपुर न.पा. ६ बस्ने अं. वर्ष ४८ को राज किशोर साह समेतलाई नियन्त्रणमा लिई थप अनसन्धान कार्य भई रहेको, गाडी चालक फरार रहेको ।