प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध गाजा सहित मानिस नियन्त्रणमा

२०८०-०५-२९

  • A
  • A-
  • A+
Share

बारा, मिति २०८०।०५।२७ गते अं २३:०० बजेको समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा.२१ स्थित कार्यलय अगाडी ई.प्र.का.अमलेखगंजबाट प्र.ब.ना.नि.पुज्य बि.सि.को कमाण्डमा  खटिएको चेकिङ टोलिले बिरगंजबाट हेटौडा तर्फ जादै गरेको म.प्र.०३-००१ ज ०३८८ न.को माईक्रोलाई रोकी चेकजाच गर्ने क्रममा उक्त माईक्रोमा सवार जि.मकवानपुर हेटौडा उ.म.न.पा.२ संगम चोक बस्ने बर्ष ३६ को ईश्वर अर्यालको साथबाट ४ बोत्तल कोरेक्स फेला परेकोले निजको साथी जि.मकवानपुर मनहरी गा.पा.३ हाडिखोला बस्ने बर्ष २३ को पुष्प राज रेग्मी समेत दुबै जनालाई नियन्त्रणमा लिई का मा राखेको,माईक्रो आफ्नो गन्तब्य तर्फ गएको ।

 

बारा, मिति २०८०/०५/२८ गते अ.०३:१५ बजेको समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा.१ तिनकुने चौक स्थित प्र.चौ.पथलैयाबाट प्र.ब.ह.संजय पासवानको कमाण्डमा खटिएको चेकिङ टोलीले भैरहवा बाट बिर्तामोड तर्फ आउदै गरेको on Test कार लाई रोकी चेकजाँच गर्ने क्रममा कार भित्र बाट २ पोका अ.१०केजि लागुऔषध गाजा कार चालक सहित निम्न ब्यक्ति नियन्त्रणमा लिए का.मा राखीएको ।

निम्न:

१)कार चालक जिल्ला रुपन्देही सिक्षार्थ न.पा.१ बस्ने अ.बर्ष ५१ को प्रकाश साही

२)गाजा बोक्ने जिल्ला मकवानपुर पालुङ गा.पा.३ बस्ने अ.बर्ष ३२ को सुनिता तामाङ

३)ऐ.ऐ.बस्ने अ.बर्ष ३० की मधु तामाङ


पर्सा,मिति २०८०।०५।२७ गते अं.१३:०० वजेको समयमाजिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.१६ स्थित भंसार मुल गेट अगाडी सडकमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंज पर्साबाट खटिएको सशस्त्र प्रहरी चेकिङग टोलीले चेकजाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट शंकाष्पद अवस्थामा बिरगंज तर्फ पैदल हिडी आएका जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.२ घुसुकपुर टोल बस्ने अलिअकतर अंसारीको छोरा अं.बर्ष ११ को साहिल अंसारीको शरिर चेक जाँच गर्दा निजले कम्मरको अगाडी भागमा लगाएको पाईन्टले च्यापी, भेष्टले छोपी लुकाई छिपाई राखेको अवस्थामा लागू औषध NITRAVET-10 लेखिएको १५ पत्तामा जम्मा २२५ ट्याब्लेट फेला परेकोमा बरामद गरी निज साहिल अंसारीलाई पक्राउ गरीआवश्यक कारवाहीको लागी व.प्र.का.विर्तामा ल्याई राखेको ।जम्मा रु.१,६५,०००।–(एक लाख पैसाठी हजार)


पर्सा, मिति २०८०।०५।२७ गते अ.१२:२० बजेको समयमा जिल्ला पर्सा पकाहामैनपुर गा.पा.१ धोरे स्थितमा ऐ.ऐ.बस्ने बर्ष ५५ को माधबलाल महेताको घरमा ला.औ.गाजा छ भन्ने खबर प्राप्त हुना साथ प्र.चौ.थोरेबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गएकोमा उक्त माधबलाल महतो प्रहरीलाई देख्न साथ भागि फरार रहेको, ई.प्र.का.पोखरियाबाट SOCO सहितको टोलि खटि गई निजको घर खानतलासी गरी निजको घरबाट २० पोका अ.१ कुन्टल ७३ के.जि.५०० ग्राम ला.औ.गाजा बरामद गरी आवस्यक कार्बाहिको लागि ई.प्र.का.पोखरियामा ल्याई राखिएको । 

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०२-०४

सिरहा, बरियारपट्टि गाउँपालिका-३ चमार टोल स्थितबाट लागू औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ७१० मिली ग्राम सहित औरही गाउँपालिका-३  बस्ने बर्ष २० को कृष्ण कुमार यादव र औरही गाउँपालिका-२ तुलसिपुर बस्ने बर्ष-१९ को निरज रायलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले देश भारत लदनियाबाट बरियारपट्टि तर्फ आउँदै गरेको प्रदेश २-०१-००२ प ३०६८ नम्बरको मोटरसाईकलमा सवार निजहरुलाईचेक जाँच गर्दा उक्त परिमाण बराबरको लागूऔषध फेला परेकोले निजहरुलाई  नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको रकम सहित मानिस प्रकाउ
२०८२-०२-०४

१.      महोत्तरी, औरही नगरपालिका-४ कठुधार स्थितबाट बिशेष सूचनाको आधारमा प्रहरी टोलीले चेक जाँच गर्दा मोटरसाइकल चालक सम्सी गाउँपालिका-७ बस्ने बर्ष-२५ को रवि साह र पछाडी सवार देश भारत जिल्ला सितामढी कनवा-३ बस्ने बर्ष-२० को रितेश साहको साथबाट स्रोत नखुलेको नगद ने.रु. ८,००,०००/-  (आठ लाख) रुपैयाँ फेला पारी निजहरुलाई उक्त रकम सहित नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी पोष्ट कठुधारबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सम्सीबाट गौशाला तर्फ आउँदै गरको मधेश प्रदेश ०२-००७ प ९६८१ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्दा स्रोत नखुलेको उक्त रकम सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  २.      सिरहा, सिरहा नगरपलिका-२ स्थित भारत जयनगरबाट बसबिट्टा तर्फ BR 06 4629 नम्बरको मोटरसाइकलमा सवार भई जाँदै गरेको देश भारत राज्य बिहार जिल्ला मधुबनी जयनगर बस्ने राम दियाल कारकको छोरा अन्दाजी बर्ष-४५ को सन्जय कारकलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको चेकिङ टोलीले चेकजाँच गर्दा निजको दुबै तिघ्रा र घुँडा भन्दा मुनि लगाईएको KNEE BANDAGE हरूबाट स्रोत नखुलेको ने.रू. १६,३८,०००।- (सोह्र लाख अढत्तिस हजार) र भा.रू.२३० गरी जम्मा ने.रू.१६,३८,३७०।- (सोह्र लाख अढत्तिस हजार तिन सय सत्तरि) सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०२-०२

महोत्तरी, बर्दिवास नगरपालिका ३ गौरीडाँडा स्थितबाट लागू औषध खैरो हिरोईन ब्राउन सुगर जस्तो देखिने पदार्थ ७.७३ ग्राम सहित जिल्ला सिरहा सिरहा नगरपालिका ७ महेश्वरथान टोल बस्ने बर्ष २० को दुर्गेश यादव र जिल्ला सर्लाही बलरा नगरपालिका ४ घर भई हाल जिल्ला सिन्धुली कमलामाई नगरपलिका ८ स्थितमा रहेको २ नम्बर बजारमा तरकारी पसल गरी बस्ने शिवमंगल साहको छोरा बर्ष २७ को चलाख भन्ने धर्मेन्द्र साहलाई बिहीबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थाई ट्राफिक प्रहरी बिट अगाडी इलाका प्रहरी कार्यालय बर्दिवास र लागू औषध नियन्त्रण ब्युरो बर्दिवासबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सुचनाको आधारमा बर्दिवासबाट सिन्धुली तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१५७ नम्बरको बसलाई चेक जाँच गर्ने क्रममा निज दुर्गेश यादवलाई शंका लागी निजको शरीर तलाशी गर्दा उक्त परिमाण बराबरको लागू औषध खैरो हिरोईन ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेकोले निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागू औषध खैरो ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित मानिस नियन्त्रणमा
२०८२-०१-३०

महोत्तरी, बर्दिबास नगरपालिका-३ अस्थाई ट्राफिक प्रहरी पोष्ट गौरीडाडाँ स्थितबाट लागू औषध खैरो ब्राउन जस्तो देखिने पदार्थ ५.३७ ग्राम सहित जिल्ला नुवाकोट लिखु गाउँपालिका ५ बस्ने वर्ष २८ को दिपेश श्रेष्ठ र सोही गाउँपालिकाको वडा नं. ६ बस्ने वर्ष २८ को राजेन्द्र डंगोललाई मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबास र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले लहान सिरहा देखि काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७३०३ नम्बरको हायस गाडीलाई चेक जाँच गर्ने क्रममा निजहरुलाई उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।