प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८०-०५-३१

  • A
  • A-
  • A+
Share

१.      पर्सा, मिति २०८०।०५।३० गते अं.२२:५० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा.१६ भन्सार मुल गेट स्थितमा सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्मबाट श.प्र.स.नि.को कमाण्डमा खटिएको टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदल यात्री जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा.११ बस्ने अ.बर्ष १८ को कान्चा थापा मगरलाई चेकजाँच गर्दा निजले प्लास्टिकको झोलामा लुकाई छिपाई ल्याउँदै गरेको ला.औ. नुरफिन ४ एम्पुल, डाईजोपाम १ एम्पुल र फेनेरागन ३ एम्पुल फेला पारी ला.औ.सहित निजलाई नियन्त्रणमा लिई प्र.चौ. ईनर्वामा बुझाएकोमा जि.प्र.का. पर्सामा ल्याई आवश्यक अनुसन्धान भैरहेको ।

 

२.      पर्सा, मिति २०८०।०५।३० गते अं.१६:३० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा.१५ ब्रम्हचोक स्थितमा जि.प्र.का. पर्साबाट खटिएको सुचना संकलनको टोली र प्र.चौ. बसपार्कबाट खटिएको संयुक्त टोलिले निम्न मानिसहरुलाई शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट ला.औ. नाईट्रोभ्याट-१० लेखिएको ३३७ पिस फेला पारी ला.औ. सहित नियन्त्रणमा लिई जि.प्र.का. पर्सामा ल्याई आवश्यक अनुसन्धान भैरहेको ।

निम्न :-

१)     जिल्ला बारा परवानिपुर गा.पा. खुटवाप्रसौनी बस्ने राजेन्द्र मण्डलको छोरा अ.बर्ष १८ को गणेश मण्डल,

२)     जिल्ला भक्तपुर चागुनारायण न.पा.७ बस्ने राम ब.खत्रीको छोरा अ.बर्ष १६ को आयुष खत्री,

३)     जिल्ला सिन्धुली दोङ्जा गा.पा.२ बस्ने रामकृष्ण कार्कीको छोरा अ.बर्ष १७ को रोहन कार्की ।

 

३.      पर्सा,  मिति २०८०।०५।३० गते अं २१:३० बजेको समयमा जि.पर्सा बि.म.न.पा २ ईदगाह चोक स्थितमा जि.प्र.का. पर्साबाट खटिएको प्र.ब.ना.नि. को कमाण्डमा खटिएको सुचना संकलनको टोलीले बिषेश सुचनाको आधारमा पैदर हिंडिराखेको यात्री जि. बारा जितपुर सिमरा उप.म.न.पा वडा नं. २ बस्ने श्याम बहादुर बोहरा क्षेत्रीको छोरा बर्ष ५० को प्रदिप बोहरा क्षेत्रीलाई चेकजाँच गर्ने क्रममा निजले बोकेको सेतो प्लाष्टिकको बोराको झोलामा भारतबाट नेपाल तर्फ लुकाई छिपाई ल्याउँदै गरेको लागु औषध ईन्जेकसन डाईजोपाम १४७ पिस, नुर्फिन १४७ पिस र फेनार्गन १४७ पिस गरी जम्मा ४४१ पिस बरामद गरी मानिस सहित आवश्यक कारवाहीको लागी जि.प्र.का. पर्सामा ल्याएको ।

 

४.      बारा, मिति २०८०/०५/३० गते अ. १७:२० बजेको समयमा जि.बारा जितपुरसिमारा उ.म.न.पा.०२ सुर्या नेपाल अगाडी ई.प्र.का. सिमरा बाराबाट प्र.स.नि. र ट्राफिक सहितको संयुक्त टोलिले चेक जाँच गर्ने क्रममा बिरगंजबाट सिमारा तर्फ आउँदै गरेको ना.२४.प.११२२ न.को मो.सा.लाई चेक जाँच गर्दा मो.सा. चालक जि.चितवन न.पा. टाँडी रत्न नगर बस्ने बालदेव बिसङखेको छोरा अ.वर्ष २८ को रमेश बिसङखेले बोकेको झोलामा नाईट्राभेट ट्याब्लेट-४५ वटा, फेनारग्न-१० पिस, डाईजोपान-१० पिस र नुफिन-१० पिस, मो.सा र मो.सा. चालक सहित ई.प्र.का. सिमरा बाराको नियन्त्रणमा रहेको ।

 

५.      सर्लाही, मिती २०८०/०५/३० गते अं. २२:३० बजेको समयमा जि.सर्लाही बागमती न.पा.६ चाँन्दनी घाट स्थित पश्चिमबाट दक्षिण तर्फ आउँदै गरेको नम्बर नभएको डिस्कभर मो.सा. एक्कासी पल्टी दुर्घटना भएको छ भनि  ऐ. २२:३५ बजेको समयमा.९८६३८६३६४६ नं. को फोनबाट प्रहरी चौकी राजघाट सर्लाहीमा जानकारी प्राप्त हुन साथ ऐ.२२:३७ बजेको समयमा प्र.चौ. राजघाटबाट प्र.स.नि.को कमाण्डमा ३ जना टोली खटी घट्ना स्थलमा पुग्नु अगावै निज चालकले प्रहरी टोलीलाई देखी मो.सा.मा रहेकोजुटको बोरा फाली मो.सा. लिई  भागेकोमा उक्त बोरा स्थानियले उठाई प्रहरीलाई जिम्मा दिई प्रहरी टोलीले चेक जाँच गर्दा Codedyl-T नामक १०३ पिस (१०० Ml) लागु औषध रहेको,  उक्त  लागु औषध प्र.चौ. राजघाटमा ल्याई राखेको ।

 

६.      सप्तरी, मिति २०८०।०५।३० गते अ.१४:०० बजेको समयमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटी आएका प्रहरी टोली र ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीका कार्यालय प्रमुख प्रहरी निरीक्षकको कमाण्डमा संयुक्त रुपमा टोलि खटी गई जिल्ला सप्तरी बलानबिहुल गा.पा.वडा १ मल्हनियाँ स्कुलटोल स्थित कुशहा बेल्ही सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको जिल्ला सप्तरी बलानबिहुल गा.पा.वडा १ मल्हनियाँ बस्ने शिव नारायण रामको छोरा अं. वर्ष ३० को राजेन्द्र रामले चलाएको स.१ ह ३६८६ नम्बरको तीन पाङ्ग्रे अटो रिक्सालाई गोप्य सूचनाको आधारमा रोकी चेकजाँच गर्दा उक्त अटो रिक्सामा लोड गरेको अवस्थामा रहेको प्लाष्टिकको २ वटा बोरामा रहेको चामलभित्र कालो प्लास्टिकको झोलामा प्याक गरि राखेको अवस्थामा निम्न लागु औषधहरु नियन्त्रणमा लिई अटो चालक राजेन्द्र रामसंग सोधपुछ गर्दा म समेतको संलग्नतामा मेरो साथी जिल्ला सप्तरी बलानबिहुल गा.पा.वडा नं २ दिघिया बस्ने  हरिहर कुमार यादव र निजले चलाएको CH01 AT2651 भारतीय नम्बरको मो.सा., अटो सहित दुवै जना मानिसहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीमा ल्याई आवश्‍यक अनुसन्धान कार्य भईरहेको ।

निम्न लागु औषधहरु :-

१.      Phenergan लेखिएको एम्पुल ११७५ पिस

२.      Diazepam लेखिएको एम्पुल ११७५ पिस

३.      Buprennorphine लेखिएको एम्पुल ११७५ पिस

             जम्मा ३,५२५-/(तीन हजार पाँच सय पच्चिस) पिस एम्पुलहरु

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०२-०४

सिरहा, बरियारपट्टि गाउँपालिका-३ चमार टोल स्थितबाट लागू औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ७१० मिली ग्राम सहित औरही गाउँपालिका-३  बस्ने बर्ष २० को कृष्ण कुमार यादव र औरही गाउँपालिका-२ तुलसिपुर बस्ने बर्ष-१९ को निरज रायलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले देश भारत लदनियाबाट बरियारपट्टि तर्फ आउँदै गरेको प्रदेश २-०१-००२ प ३०६८ नम्बरको मोटरसाईकलमा सवार निजहरुलाईचेक जाँच गर्दा उक्त परिमाण बराबरको लागूऔषध फेला परेकोले निजहरुलाई  नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको रकम सहित मानिस प्रकाउ
२०८२-०२-०४

१.      महोत्तरी, औरही नगरपालिका-४ कठुधार स्थितबाट बिशेष सूचनाको आधारमा प्रहरी टोलीले चेक जाँच गर्दा मोटरसाइकल चालक सम्सी गाउँपालिका-७ बस्ने बर्ष-२५ को रवि साह र पछाडी सवार देश भारत जिल्ला सितामढी कनवा-३ बस्ने बर्ष-२० को रितेश साहको साथबाट स्रोत नखुलेको नगद ने.रु. ८,००,०००/-  (आठ लाख) रुपैयाँ फेला पारी निजहरुलाई उक्त रकम सहित नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी पोष्ट कठुधारबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सम्सीबाट गौशाला तर्फ आउँदै गरको मधेश प्रदेश ०२-००७ प ९६८१ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्दा स्रोत नखुलेको उक्त रकम सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  २.      सिरहा, सिरहा नगरपलिका-२ स्थित भारत जयनगरबाट बसबिट्टा तर्फ BR 06 4629 नम्बरको मोटरसाइकलमा सवार भई जाँदै गरेको देश भारत राज्य बिहार जिल्ला मधुबनी जयनगर बस्ने राम दियाल कारकको छोरा अन्दाजी बर्ष-४५ को सन्जय कारकलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको चेकिङ टोलीले चेकजाँच गर्दा निजको दुबै तिघ्रा र घुँडा भन्दा मुनि लगाईएको KNEE BANDAGE हरूबाट स्रोत नखुलेको ने.रू. १६,३८,०००।- (सोह्र लाख अढत्तिस हजार) र भा.रू.२३० गरी जम्मा ने.रू.१६,३८,३७०।- (सोह्र लाख अढत्तिस हजार तिन सय सत्तरि) सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०२-०२

महोत्तरी, बर्दिवास नगरपालिका ३ गौरीडाँडा स्थितबाट लागू औषध खैरो हिरोईन ब्राउन सुगर जस्तो देखिने पदार्थ ७.७३ ग्राम सहित जिल्ला सिरहा सिरहा नगरपालिका ७ महेश्वरथान टोल बस्ने बर्ष २० को दुर्गेश यादव र जिल्ला सर्लाही बलरा नगरपालिका ४ घर भई हाल जिल्ला सिन्धुली कमलामाई नगरपलिका ८ स्थितमा रहेको २ नम्बर बजारमा तरकारी पसल गरी बस्ने शिवमंगल साहको छोरा बर्ष २७ को चलाख भन्ने धर्मेन्द्र साहलाई बिहीबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थाई ट्राफिक प्रहरी बिट अगाडी इलाका प्रहरी कार्यालय बर्दिवास र लागू औषध नियन्त्रण ब्युरो बर्दिवासबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सुचनाको आधारमा बर्दिवासबाट सिन्धुली तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१५७ नम्बरको बसलाई चेक जाँच गर्ने क्रममा निज दुर्गेश यादवलाई शंका लागी निजको शरीर तलाशी गर्दा उक्त परिमाण बराबरको लागू औषध खैरो हिरोईन ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेकोले निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागू औषध खैरो ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित मानिस नियन्त्रणमा
२०८२-०१-३०

महोत्तरी, बर्दिबास नगरपालिका-३ अस्थाई ट्राफिक प्रहरी पोष्ट गौरीडाडाँ स्थितबाट लागू औषध खैरो ब्राउन जस्तो देखिने पदार्थ ५.३७ ग्राम सहित जिल्ला नुवाकोट लिखु गाउँपालिका ५ बस्ने वर्ष २८ को दिपेश श्रेष्ठ र सोही गाउँपालिकाको वडा नं. ६ बस्ने वर्ष २८ को राजेन्द्र डंगोललाई मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबास र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले लहान सिरहा देखि काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७३०३ नम्बरको हायस गाडीलाई चेक जाँच गर्ने क्रममा निजहरुलाई उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।