बिल बिजक भन्दा बढी खुद्रा तथा लत्ताकपडाहरू लोड रहेको ट्रक नियन्त्रणमा
२०८०-०६-०८
- A
- A-
- A+
पर्सा, मिति २०८०।०६।०७
गते २३:४५ बजे राती बिल बिजक भन्दा बढी लत्ताकपडाहरू तथा खुद्रा सामानहरू बोकेको
माल बाहक ट्रक वीरगञ्जबाट रुपन्देहीतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा
जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. २१ परवानीपुर स्थित सडकखण्डमा ना.५ ख
४३२८ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी
मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ. मू. रू.५९,०४,६६१/-
(उनन्साठी
लाख चार हजार छ सय एकसठ्ठी) बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको लत्ताकपडा तथा
खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति
२०८०।०६।०८ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।