प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध प्याज मानिस र गाडी नियन्त्रणमा

२०८०-१०-०३

  • A
  • A-
  • A+
Share


१.      मिति २०८०।१०।०२ गते अं.२०:०० बजेको समयमा जिल्ला सिरहा धनगढीमाई न.पा.९ मुसहरनिया स्थित  लोकमार्गमा लहानबाट काठमान्डौतर्फ जादै गरेको प्र १-०२-००१ ख ९१६९ नं. को ट्रकमा २०४ बोरा अबैध प्याज लगिरहेको गोप्य सुचना यस का.मा. प्राप्त हुनासाथ  यस का.बाट प्र.ना.नि.को कमाण्डमा टोली खटिगई प्याज सहित ट्रक चालक जिल्ला उदयपुर कटारी न.पा. ५ बस्ने डक बहादुर कटुवालको छोरा अं. बर्ष २६ को राजेश कटुवाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको

सम्बन्धित समाचार
गाईको मासु सहित मानिस नियन्त्रणमा
२०८३-०४-२५

१.      सर्लाही, लालबन्दी नगरपालिका-०६ कालिन्जोर जंगलबाट अवैध गाईको मासु र ना १ च ९४४६ नम्बरको हाथी गाडी सहित २ जनालाई आईतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका-०१ नवलपुर बस्ने देवी बहादुर राईको छोरा अन्दाजि वर्ष ४५ को राकेश राई र लालबन्दी नगरपालिका-०६ बस्ने दल बहादुर तामाङको श्रीमती अन्दाजि वर्ष ४२ की पदम माया तामाङ रहेका छन । इलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त अवैध गाईको मासु र हाथी गाडी सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी नियन्त्रणमा
२०८३-०४-२५

१.      रौतहट, कटहरीया नगरपालिका-०४ कटहरीयाबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि वर्ष ३० को संजय प्रसाद जयसवाललाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटहरीया रौतहटबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा बैंकिङ कसुर मुद्बाको फरार रहेका निज प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      महोत्तरी, भंगाहा नगरपालिका-०५ सितापुर बजारबाट फरार प्रतिवादी भंगाहा नगरपालिका-०४ बस्ने रामनचन्द्र सिंह को छोरा अन्दाजि बर्ष ३८ को संतोष सिंहलाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा सरकारी रकम हिनामिना गरी ठगि गरेको मुद्बाको फरार रहेका निज प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      सिरहा, लक्ष्मीपुरपतारी गाउँपालिका-०१ बाट फरार प्रतिवादी सोही स्थानमा बस्ने बस्ने अवधी यादवको छोरा अन्दाजि बर्ष ६५ को मानविर यादवलाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा बैकिङ कसुर मुद्बाको फरार रहेका निज प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०४-२५

१.      पर्सा, बिरगंज महानगरपालिका-१४ कृष्णा प्रणामी चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्था १६.५७ ग्राम सहित १ जनालाई आईतबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत जिल्ला मोतिहारी पटोका श्रीपुर ग्राम पञ्चायत-०१ बस्ने डोमा पासवानको छोरा अन्दाजि बर्ष २५ को शत्रुधन पासवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज र प्रहरी चौकी भिष्वाडाँडा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले निजलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      बारा, जितपुरसिमरा उप-महानगरपालिका-०७ शान्ति टोलबाट अवैध लागूऔषध गाँजा १ किलो ७४४ ग्राम सहित १ जनालाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने मुखतार वैठाको छोरा अन्दाजि बर्ष ४२ को बिरेन्द्र बैठा रहेका छन् । ईलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा निजको घरबाट उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      सर्लाही, मलंगवा नगरपालिका-०८ गोरखकाली चोकबाट अवैध लागूऔषध Nitrazepam-७ पिस सहित २ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही कविलासी नगरपालिका-०३ बस्ने बालकिशोर गिरिको छोरा बर्ष १९ को बिनेक गिरी र नुर महमद साह फकिरको छोरा अन्दाजि वर्ष २५ को राजा हुसेन रहेका छन् । प्रहरी चौकी गोरखकाली सर्लाहीबाट खटिएको प्रहरी टोलीले निजहरुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      धनुषा, जनकपुर उप-महानगरपालिका-०९ सकल कन्या मा.बि. नजिकैबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १.०६ ग्राम सहित १ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने प्रमोद कुमार साहको छोरा अन्दाजि वर्ष २८ को समिर कुमार साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले निजलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-२४

१.      पर्सा, बिन्दाबासिनि गाउँपालिका-०४ मधवल स्थितबाट अवैध लागूऔषध गाँजा ३९.२५० किलोग्राम, बा ८७ प ७८७०, ग ११ प ८५१४ र बा.प्र.०२-०२९ प ९८९७ नम्बरको मोटरसाईकलहरु सहित १ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका-०३ बस्ने सन्तलाल तामाङको छोरो वर्ष २३ को दिपेश तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय पोखरीया र प्रहरी चौकी अमरपट्टी पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त लागूऔषध फेला पारी लागूऔषध र मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सिरहा, गोलबजार नगरपालिका-०८ पुरानो चोहर्वा स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५.०५६ ग्राम सहित १ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका-०६ बस्ने दिलिप कुमार नायकको छोरा अन्दाजि बर्ष २३ को जय कुमार नायक रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले निज पैदल यात्रीमाथी शंका लागी नियन्त्रणमा लिई चेकजाँच गर्दा लुकाई छिपाई राखीएको उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      सिरहा, गोलबजार नगरपालिका-०७ दुर्गा मन्दिर स्थितबाट अवैध लागूऔषध ONEREX-१३ बोतल सहित १ जनालाई शनिबार राती प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका-०८ बस्ने राम नारायण राय कुर्मीको छोरा अन्दाजि बर्ष १८ को शिव प्रसाद राय कुर्मी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले निजमाथी शंका लागी नियन्त्रणमा लिई चेकजाँच गर्दा लुकाई छिपाई राखीएको उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-०८ जोगिनिया स्थितबाट अवैध लागूऔषध गाँजा ३०२ किलो ४८० ग्राम सहित १ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हनुमाननगर कंकालिनी-०७ मुखिया टोल बस्ने कुसुमलाल मुखियाको छोरा अन्दाजि बर्ष ५३ को माधुरी मुखिया रहेका छन् । इलाका प्रहरी कार्यालय हनुमाननगर सप्तरीबाट खटिएको प्रहरी टोलीले उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०४-२४

१.       १.      बारा जिल्लाका बिभिन्न स्थानबाट बैकिङ कसुर मुद्बाको फरार प्रतिवादी कलैया उप-महानगरपालिका-०६ बस्ने हरिन्द्र रामको श्रीमती बर्ष ३६ की सृजना देवी राम र चोरी मुद्दाको फरार प्रतिवादी जितपुरसिमरा उप-महानगरपालिका-०१ दुधौरा पुल छेउ स्थित वस्ने मान वहादुर थिङको छोरा अन्दाजि वर्ष ३१ को सोम वहादुर थिङ समेतलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सर्लाही, ईश्‍वरपुर नगरपालिका-०६ बयलबासबाट फरार प्रतिवादी ईश्‍वरपुर नगरपालिका-०७ बस्ने राम बहादुर साहको छोरा अन्दाजि वर्ष ३० को अर्जुन कुमार साहलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा ठगि तथा अपराधिक विश्वासघात मुद्बाको फरार रहेका निज प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-२३

१.      पर्सा, बिरगंज महानगरपालिका-१६ स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १.२१० ग्राम, ना ११ प ५०२५ नम्बरको मोटरसाईकल सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिरगंज महानगरपालिका-१३ बस्ने श्यामकिशोर यादवको छोरा अन्दाजि बर्ष १९ को राहुल यादव र बिरगंज महानगरपालिका-१२ मुर्ली टोल बस्ने मनोज साहको छोरा अन्दाजि बर्ष २२ को अमित गुप्ता रहेका छन् । प्रहरी चौकी ईनर्वा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको उक्त मोटरसाईकलमाथी शंका लागी नियन्त्रणमा लिई चेकजाँच गर्दा निज राहुल यादवले लगाएको जिन्स पाईन्टको अगाडी पट्टीको दाहिने खल्तीमा लुकाई छिपाई राखीएको उक्त लागूऔषध फेला पारी लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सिरहा, सखुवानान्कारकट्टी गाँउपालिका-०४ सिमरा स्थित बलान खोलाबाट अवैध लागूऔषध गाँजा ९१ किलो २५ ग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा भगवानपुर गाउँपालिका-०४ जमुवा टोल बस्ने अन्दाजि वर्ष ४३ को कलेन्द्र यादव र सोही स्थानमा बस्ने अन्दाजि वर्ष ४५ को ब्रहम यादव रहेका छन् । इलाका प्रहरी कार्यालय लहान र इलाका प्रहरी कार्यालय महेशवारी सिरहाबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले निजहरुलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      सप्तरी, राजगढ गाउँपालिका-०१ कजराहा स्थितमा पश्चिमतर्फ नहरको छेउबाट बेवारिसे अवैध लागूऔषध गाँजा १९० किलो ५२० ग्राम शुक्रबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी झुट्की सप्तरीबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त लागूऔषध फेला निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।