प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८०-११-१०

  • A
  • A-
  • A+
Share


१.      पर्सा, मिति २०८०/११/९ गते अं. १७:०० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. १६ रजतज्यन्ती चोक स्थितमा प्र.चौ. ईनर्वाबाट खटिएको चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज तर्फ आउँदै गरेको पैदल यात्री भारत बिहार राज्य पुर्वी चम्पारण २ बस्ने चोकट मुखियाको छोरा बर्ष २७ को सुभाष मुखियालाई चेक जाँच गर्दा निजले लगाएको निलो रंगको जिन्स पाईन्टको दाहिने पाकेटमा राखेको सेतो प्लाष्टिकको पुरियामा ला.औ. खैरौ हिरोईन जस्तो देखिने पदार्थ अं. ६५० मिली ग्राम लुकाई छिपाई राखेको अवस्थामा फेला पारी ला.औ. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी वडा प्रहरी कार्यालय विर्तामा पठाइएको ।

२.      सिरहा, मिति२०८०।११।९ गते अं. २०:०० बजेको समयमा जि. सिरहा भगवानपुर गा.पा. ४ ठाडि चोक स्थित प्र.चौ. ठाडीबाट खटिएको प्रहरी गस्ति टोलिले चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदल यात्री ऐ. लहान न.पा. २१ बस्ने गोबिन्द साहको छोरा बर्ष २३ को सोनु कुमार साहलाई चेकजाँच गर्दा निजको साथबाट नाईट्रोजन ९ (थान) एम्पुल, फेनारागन ९ (थान) एम्पुल र क्राफिन ९ (थान) एम्पुल निजको थाईमा टेपले बाँधी लुकाई छिपाई ल्याईरहेको अवस्थामा फेला पारी निजलाई उक्त ला.औ. सहित नियन्त्रणमा लिई  प्र.चौ. ठाडिमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

३.      सप्तरी, मिति २०८०/११/९ गते अं. २२:४० बजेको समयमा जि. सप्तरी रुपनी गा.पा. ६ स्थित भगत पेट्रोल पम्प नजिक रुपनीबाट बिरेन्द्र बजार तर्फ जाँदै गरेको स.१०प. २१४८ नं.को मो.सा.लाई प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा मो.सा. चालक जि.सप्तरी कृष्ण सावरण गा.पा. २ बस्ने सरोज चौधरीको छोरा वर्ष २१ को निरज कुमार चौधरी र  ऐ.ऐ. बस्ने राजेन्द्र प्रसाद चौधरीको छोरा वर्ष २२ को अर्जुन चौधरीको साथबाट Rx promethazine  hydrochloride injection IP ५१ पिस र Buprenophine injection IP lupigesic ४८ पिस गरि जम्मा ९९ पिस ला.औ. सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जि.प्र.का. सप्तरीमा पठाईएको ।

४.      सर्लाही, मिति २०८०।११।१० गते १३:४५ बजेको समयमा जि.सर्लाही मलंगवा न.पा. ८ कार्यालय अगाडी प्र.चौ. गोरखकालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सोनवर्षाबाट मलंगवा तर्फ आउँदै गरेको  दुई जना पैदल यात्रीलाई शंका लागी चेकजाँच गर्दा जि.सर्लाही कोडैना गा.पा. १ बस्ने बर्ष ३० को राकेश पटेलले लगाएको पाईन्टको दाहिने खल्ती भित्र लुकाई छिपाई राखेको PHENERGAN INJECTION-१ पिस, DIAZEPAM INJECTION-१ पिस, BUORENORPHINE  INJECTION २ पिस फेला परेकोले ला.औ. सहित निज र निजसंगै आएको भारत बिहार जिल्ला सितामढी थाना सोनबर्षा ग्राम पंचायत सोनबर्षा वडा ७  बस्ने शशीभुषण राउतको छोरा बर्ष २० को अमन पटेल समेतलाई नियन्त्रणमा लिई प्र.चौ. गोरखकालीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । 

५.      सर्लाही, मिति २०८०।११।१० गते अं. १०:०० बजेको समयमा बागमती न.पा. ३ स्थित नयाँ बस्ती चोक स्थित नयाँ रोड बरहथवा सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आईरहेको बा. प्रदेश ०१-०२६ च ५१५९ नं. को कारलाई बिशेष सुराकीको आधारमा जि.प्र.का. सर्लाहीबाट खटिएको सिभिल टोलीले चेक जाँच गर्दा कार भित्र ला.औ. गाँजा १० पोका फेला पारेकोले उक्त ला.औ. सहित कार चालक जि. नवलपुर गैंडाकोट न.पा. ११ बस्ने प्रकाश परियारको छोरा बर्ष ३० को सुर्य परियारलाई नियन्त्रणमा लिई जि.प्र.का. सर्लाहीमा ल्याई (उक्त गाँजा तौल गर्दा ११६ के.जी. रहेको) थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८२-०१-१४

१.      सर्लाही, मलंगवा नगरपालिका-६ खुटौना स्थित भित्री सडक खण्डमा प्रहरी चौकी खुटौनाबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको BR06CT 2422 नम्बरको मोटरसाईकललाई शंका लागि चेक जाँच गर्दा मोटरसाईकल चालक देश भारत जिल्ला सितामढी थाना कुनौली बस्ने अन्दाजी वर्ष-४० को शम्भु कुमार साहले लुकाइ छिपाइ ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको नेपाली रू. ३२,३५,४४०।- (बत्तिस लाख पैतिस हजार चार सय चालीस रुपैयाँ) र भारतीय रू.२,१४०।– (दुई हजार एक सय चालिस रुपैयाँ) फेला पारी, नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि श्रोत नखुलेको रकम, मोटरसाईकल र चालक सहित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याई अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०८२-०१-१४

१.      धनुषा, जनकपुर उप-महानगरपालिका-४ स्थित मण्डल कुट्टीबाट जिल्ला धनुषा विदेह नगरपालिका-५ बस्ने अन्दाजी वर्ष-३० को संजिव कुमार मण्डल ठगी मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।   २.      धनुषा, नगराईन नगरपालिका-३ स्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सम्मानित जिल्ला अदालत धनुषाबाट ज्यान मार्ने उधोग चालु मुद्धाको अनुसन्धानको सिलसिलामा फरार रहेको प्रतिवादीलाई सोही स्थान बस्ने जोगिन्द्र साहको छोरा अन्दाजी बर्ष-३३ को बेचन साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागु औषध खैरो ब्राउन सुगर सहित मानिस नियन्त्रणमा
२०८२-०१-१०

धनुषा, बिदेह नगरपालिका-१ ठाडिझिझा स्थितबाट लागु औषध खैरो ब्राउन सुगर जस्तो देखिने पदार्थ अन्दाजी-१२ ग्राम सहित मोटरसाईकल चालक जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-८ बस्ने संजय शर्माको छोरा अन्दाजी वर्ष २४ को ओमराज शर्मा र पछाडि सवार जिल्ला महोत्तरी  लोहारपट्टी नगरपालिका- ७ घर भई हाल जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-६ पुलचोक बस्ने जिवछ ठाकुरको छोरा अन्दाजी वर्ष-२३ को रूपेश कुमार ठाकुरलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरी टोलीले कार्यालय अगाडी चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको ज१३प १३३७ नम्बरको मोटरसाईकललाई रोकी चेक जाँच गर्दा हेलमेटमा लुकाई छिपाई राखिएको खैरो ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धाण गरिरहेको छ । 

फरार प्रतिवादी पक्राउ
२०८२-०१-०९

१ सप्तरी, अपहरण तथा शरीर बन्धक बनाई जवरजस्ती करणी मुद्दामा ८ वर्ष कैद सजाय भएको फरार प्रतिवादी जिल्ला सप्तरी सुरुङगा नगरपालिका-५ बस्ने वर्ष-२८ को मो.इम्तियाज अहमदलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले कुशाह स्थितबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत सप्तरीमा बुझाई कारागार चलान गरिएको छ ।   २ सिरहा, जबरजस्ती करणी तथा गर्भपतन सम्बन्धि कसुरको चालु मुद्दाको फरार प्रतिवादी धनगढीमाई नगरपालिका-१ छप्रारी बस्ने बर्ष-२९ को राधेश्याम कामैतलाइ मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेस्तोल सहित मानिस नियन्त्रणमा
२०८२-०१-०८

जिल्ला, सिरहा बरियारपट्टी गाउँपालिका-१ स्थित प्रहरी चौकी  कचनारीको कार्यालय अगाडी  खटीएको प्रहरी चेकीङ् टोलिले नर्गि चौकबाट भारत तर्फ जाँदै गरेको  नम्बर प्लेट नभएको हिरो कम्पनीको मोटरसाइकल रोकी चेक जाँच गर्दा मोटरसाइकल चालक देश भारत जिल्ला मधुवनी ग्रामपंचायत पिपराही वडा नम्बर-२  कमल पुर बस्ने धर्मेन्द्र सिंहको छोरा बर्ष अन्दाजी-१७ को राजिव सिंह पछाडी सवार सोही स्थान बस्ने फुलेश्वर सिंहको छोरा बर्ष अन्दाजी-१४ को प्रिन्स सिंहको कम्मरमा भिरेको कटुवा पेस्तोल थान एक र निजले लगाएको ट्रयाकको गोजीबाट 303  राईफलमा लाग्ने गोली थान एक फेला पारी निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।