प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८०-११-१०

  • A
  • A-
  • A+
Share


१.      पर्सा, मिति २०८०/११/९ गते अं. १७:०० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. १६ रजतज्यन्ती चोक स्थितमा प्र.चौ. ईनर्वाबाट खटिएको चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज तर्फ आउँदै गरेको पैदल यात्री भारत बिहार राज्य पुर्वी चम्पारण २ बस्ने चोकट मुखियाको छोरा बर्ष २७ को सुभाष मुखियालाई चेक जाँच गर्दा निजले लगाएको निलो रंगको जिन्स पाईन्टको दाहिने पाकेटमा राखेको सेतो प्लाष्टिकको पुरियामा ला.औ. खैरौ हिरोईन जस्तो देखिने पदार्थ अं. ६५० मिली ग्राम लुकाई छिपाई राखेको अवस्थामा फेला पारी ला.औ. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी वडा प्रहरी कार्यालय विर्तामा पठाइएको ।

२.      सिरहा, मिति२०८०।११।९ गते अं. २०:०० बजेको समयमा जि. सिरहा भगवानपुर गा.पा. ४ ठाडि चोक स्थित प्र.चौ. ठाडीबाट खटिएको प्रहरी गस्ति टोलिले चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदल यात्री ऐ. लहान न.पा. २१ बस्ने गोबिन्द साहको छोरा बर्ष २३ को सोनु कुमार साहलाई चेकजाँच गर्दा निजको साथबाट नाईट्रोजन ९ (थान) एम्पुल, फेनारागन ९ (थान) एम्पुल र क्राफिन ९ (थान) एम्पुल निजको थाईमा टेपले बाँधी लुकाई छिपाई ल्याईरहेको अवस्थामा फेला पारी निजलाई उक्त ला.औ. सहित नियन्त्रणमा लिई  प्र.चौ. ठाडिमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

३.      सप्तरी, मिति २०८०/११/९ गते अं. २२:४० बजेको समयमा जि. सप्तरी रुपनी गा.पा. ६ स्थित भगत पेट्रोल पम्प नजिक रुपनीबाट बिरेन्द्र बजार तर्फ जाँदै गरेको स.१०प. २१४८ नं.को मो.सा.लाई प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा मो.सा. चालक जि.सप्तरी कृष्ण सावरण गा.पा. २ बस्ने सरोज चौधरीको छोरा वर्ष २१ को निरज कुमार चौधरी र  ऐ.ऐ. बस्ने राजेन्द्र प्रसाद चौधरीको छोरा वर्ष २२ को अर्जुन चौधरीको साथबाट Rx promethazine  hydrochloride injection IP ५१ पिस र Buprenophine injection IP lupigesic ४८ पिस गरि जम्मा ९९ पिस ला.औ. सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जि.प्र.का. सप्तरीमा पठाईएको ।

४.      सर्लाही, मिति २०८०।११।१० गते १३:४५ बजेको समयमा जि.सर्लाही मलंगवा न.पा. ८ कार्यालय अगाडी प्र.चौ. गोरखकालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सोनवर्षाबाट मलंगवा तर्फ आउँदै गरेको  दुई जना पैदल यात्रीलाई शंका लागी चेकजाँच गर्दा जि.सर्लाही कोडैना गा.पा. १ बस्ने बर्ष ३० को राकेश पटेलले लगाएको पाईन्टको दाहिने खल्ती भित्र लुकाई छिपाई राखेको PHENERGAN INJECTION-१ पिस, DIAZEPAM INJECTION-१ पिस, BUORENORPHINE  INJECTION २ पिस फेला परेकोले ला.औ. सहित निज र निजसंगै आएको भारत बिहार जिल्ला सितामढी थाना सोनबर्षा ग्राम पंचायत सोनबर्षा वडा ७  बस्ने शशीभुषण राउतको छोरा बर्ष २० को अमन पटेल समेतलाई नियन्त्रणमा लिई प्र.चौ. गोरखकालीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । 

५.      सर्लाही, मिति २०८०।११।१० गते अं. १०:०० बजेको समयमा बागमती न.पा. ३ स्थित नयाँ बस्ती चोक स्थित नयाँ रोड बरहथवा सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आईरहेको बा. प्रदेश ०१-०२६ च ५१५९ नं. को कारलाई बिशेष सुराकीको आधारमा जि.प्र.का. सर्लाहीबाट खटिएको सिभिल टोलीले चेक जाँच गर्दा कार भित्र ला.औ. गाँजा १० पोका फेला पारेकोले उक्त ला.औ. सहित कार चालक जि. नवलपुर गैंडाकोट न.पा. ११ बस्ने प्रकाश परियारको छोरा बर्ष ३० को सुर्य परियारलाई नियन्त्रणमा लिई जि.प्र.का. सर्लाहीमा ल्याई (उक्त गाँजा तौल गर्दा ११६ के.जी. रहेको) थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
अवैध समान सहित ट्रक नियन्त्रणमा
२०८३-०१-०४

१.      सर्लाही, बागमती नगरपालिका वडा नं. १२ स्थित चेक प्वाईन्टबाट अबैध भन्सार छली ( बिल बिजक भन्दा फरक भएको ) टायर, खेलकुदका सामान, झोला, हार्डवेयर र कपडा लगायतका खुद्रा सामानहरु गरी अन्दाजि मुल्य रु. २८,९९,४६०।- (अठ्ठाइस लाख उनान्सय हजार चार सय साठी) बराबरको समान सहित प्र.२-०३-००१ ख १४१५ नम्बरको ट्रक बिहिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीबाट खटिएको प्रहरी चेकिङ टोलिले बिरगंजबाट मोरङ् तर्फ जाँदै गरेको उक्त  ट्रकलाई चेक जाँच गर्ने क्रममा बिल बिजक भन्दा फरक समानहरु भएकोले सामान सहित उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-३०

१.      पर्सा, विरगंज महानगरपालिका-१६ नगवा फुलबारी टोलबाट अवैध लागूऔषध गाँजा १४ किलो २२६ ग्राम सहित १ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा विरगंज महानगरपालिका-१६ बस्ने शेष मखु मिँयाको छोरा अन्दाजी बर्ष १५ को अर्मान आलम रहेका छन् । वडा प्रहरी कार्यालय बिर्ता, पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      रौतहट, गरुडा नगरपालिका-४ गरुडा बजारबाट अवैध लागूऔषध निट्राजोन ट्याब्लेट - ८५० पिस सहित १ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला रौतहट गढिमाई नगरपालिका ९ घर भई हाल गरुडा नगरपालिका ४ गरुडा बजारमा भाडाको घरमा बस्दै आएका रामभृक्ष रायको छोरा अन्दाजी बर्ष २८ को रुपेश कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय गरुडा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको संयुक्त प्रहरी चेकिङ्ग टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      सिरहा, धनगढीमाई नगरपालिका-१० जिरोमाइल चौक स्थितबाट अवैध लागूऔषध १९ किलो ११० ग्राम, को २ ह ७१९४ नम्बरको अटो र स २ प ९१६९ नम्बरको मोटरसाइकल सहित १ जनालाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सिरहा धनगढीमाई नगरपालिका-९ बस्ने रामकरण दासको छोरा अन्दाजि बर्ष ३३ को राजेश दास रहेका छन् । इलाका प्रहरी कार्यालय धनगढी सिरहा र सुरक्षा वेश सुखिपुर सिरहाबाट खटिएको संयुक्त प्रहरी चेकिङ्ग टोलिले उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      सिरहा, सुखिपुर नगरपालिका-८ महादेव स्थित मोहनपुर जाने बाटोबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९९० मिलिग्राम सहित १ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सिरहा सुखिपुर नगरपालिका-८ बस्ने हरीवती चौधरीको छोरा अन्दाजि बर्ष २३ को सुशिल कुमार चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय सुखिपुर र लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय गोलबजार सिरहाबाट खटिएको संयुक्त प्रहरी चेकिङ्ग टोलिले उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

श्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८२-१२-३०

१.      सर्लाही, ब्रहम्पुरी गाउँपालिका-४ टायल्स कम्पनी नजिकबाट श्रोत नखुलेको नेपाली रु.८,००,०००।– (आठ लाख), म.प्र.०३-०३७ प ७४५० नम्बरको मोटरसाइकल सहित जिल्ला सर्लाही चन्द्रनगर गाउँपालिका-४ बस्ने बिनोद पासवानको छोरा अन्दाजि बर्ष २३ को कृष्ण कुमार पासवान र चन्द्रनगर गाउँपालिका-१ बस्ने बुझाउन महतोको छोरा अन्दाजि बर्ष ४१ को शिव नारायण महतोलाई शुक्रबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले भारतको सोनबर्षाबाट नेपाल तर्फ आउँदै गरेको उक्त मोटरसाइकललाई नियन्त्रणमा लिई चेकजाँच गर्दा निज कृष्ण कुमार पासवानले लुकाई छिपाई ल्याउँदै गरेको श्रोत नखुलेको नेपाली रु. १००० को नोट ६०० पिस, रु. ५०० को नोट ४०० पिस पैसा फेला पारी उक्त रकम सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।