लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-०८
- A
- A-
- A+
१. पर्सा,
विरगंज महानगरपालिका-१६ शखराचार्य गेट श्थितबाट अवैध लागूऔषध गाँजा ६ किलो १२
ग्राम सहित ४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश
भारत बिहार राज्य बेतिया वडा नं. ३३ बस्ने अन्दाजि वर्ष ३५ को सफि आलम, सोही
स्थानमा बस्ने वर्ष ३० को मुकिम मिया, सोही स्थान वडा नं.०९ बस्ने अन्दाजि वर्ष ३३
को बिनय ठाकुर र सोही स्थान वडा नं.२५ बस्ने वर्ष २८ को एकवाल मिया रहेका छन् ।
प्रहरी चौकी इनर्वा, पर्साबाट खटिएको प्रहरी चेकिङ्ग टोलिले उक्त लागूऔषध सहित
निजहरुलाई नेपालबाट भारत तर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।