लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-१४
- A
- A-
- A+
१. धनुषा,
गणेशमान चारनाथ नगरपालिका-२ राधापुर स्थितबाट अवैध लागूऔषध NITRAZAPAM TABLTES- २५० पिस र SPASMO
proxyvon plus-२४ पिस सहित १ जनालाई शुक्रवार साँझ प्रहरीले पक्राउ
गरेको छ । पक्राउ पर्नेमा धनुषा गणेशमान
चारनाथ नगरपालिका-२ बस्ने ईन्दल महराको छोरा अन्दाजि बर्ष २० को दिपेश महरा रहेका
छन् । इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित
निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
।
२. महोत्तरी,
बर्दिबास नगरपालिका-१४ लच्चका स्थितबाट अवैध लागूऔषध Nitrazepam tablets-२५८ पिस र Spasmo Proxyvon Plus-४२ पिस सहित ३
जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला महोत्तरी
बर्दिवास नगरपालिका-४ भप्सी टोल बस्ने जोगेन्द्र साहको छोरा बर्ष ३३ को जितेन्द्र
साह, ऐ.ऐ. नगरपालिका-१४ बस्ने लोकेश पुर्वाछानेको छोरा बर्ष २६ को अनिष पुर्वाछाने
मगर र सोही स्थानमा बस्ने हर्ष बहादुर भुजेलको छोरा बर्ष ३२ को रोशन भुजेल रहेका
छन् । इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरी र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा
कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३. सिरहा,
गोलबजार नगरपालिका-६ गोलबजार टोल स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने
पदार्थ ६ ग्राम ३३० मिलिग्राम सहित १ जनालाई आइतबर राती प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा गोलबजार नगरपालिका-६ बस्ने बेचन साहको छोरा अन्दाजि बर्ष २५
को शेखर कुमार साह रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको
प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।