लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-०७
- A
- A-
- A+
१. पर्सा,
विरगंज महानगरपालिका-४ स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १
ग्राम ५०० मिलिग्राम सहित १ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला पर्सा पटेर्वासुगौली नगरपालिका-५ बस्ने बिजय राउतको छोरा
अन्दाजी बर्ष २४ को गौरीशंकर राउत रहेका छन् । वडा प्रहरी कार्यालय बिर्ता,
पर्साबाट खटिएको प्रहरी चेकिङ्ग टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. सिरहा,
कल्याणपुर नगरपालिका-११ कल्याणपुर बजारबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने
पदार्थ ९०० मिलिग्राम सहित १ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ
पर्नेमा जिल्ला सिरहा कल्याणपुर नगरपालिका-०४ बैरिया डरौल टोल बस्ने सबुत नारायण
रायको छोरा अन्दाजि बर्ष २५ को अन्जय राय रहेका छन् । इलाका प्रहरी कार्यालय
कल्याणपुरबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो
। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३. पर्सा,
विरगंज महानगरपालिका-०८ लिंक रोड स्थित समर होटेलबाट अवैध लागूऔषध ट्रामाडोल ३००
पतामा ३०,००० ट्याब्लेट सहित १ जनालाई आईतबार राती प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा देश भारत बिहार जिल्ला मोतिहारी थाना सिकटा भेलाही बस्ने वर्ष २०
को सागर कुमार पटेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी
टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।
४. रौतहट, गौर
नगरपालिका-४ दशगजा क्षेत्रबाट वेवारिसे अवैध लागूऔषध गाँजा २५० किलो ग्राम सोमबार
बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको
प्रहरी गस्ती टोलिले उक्त वेवारिसे लागूऔषध नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।