लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-१५
- A
- A-
- A+
१.
सप्तरी, बलानविहुल गाँउपालिका-४ बेल्ही
स्थितबाट अवैध लागूऔषध PHENSEDYL-DX-10 पिस, B-COLEN
NS-SYRUP-4 पिस, FLMONT-LC-ICID SYRUP-5 पिस, SUMO-5
पिस, CLOBETA GM-5 पिस, NEUROBION-FORTE-60
पिस, ARISOMOX CV625-40 पिस
र
TIZAN-20 पिस तथा म.प्र.०१-००४ प.४९३५ नम्बरको मोटरसाइकल सहित १
जनालाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी
बलानविहुल गाँउपालिका-४ बेल्ही बस्ने आनन्द ठाकुरको छोरा अन्दाजि वर्ष २४ को रोशन
कुमार ठाकुर रहेका
छन् । प्रहरी चौकी बेल्हीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।